बकैया गाउँपालिका

मकवानपुरको धियालमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा, ९ माघ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ धियालमा बिहिबार बिहान ट्रयाक्टर दुर्घटना भएको छ । धियालमा ना ६ त ६१८३ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । सो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक बाराको निजगढ नगरपालिका वडा नम्बर ३ का ३४ […]

मकवानपुरमा बालिकाकै सूचनाले रोकियो बालविवाह

हेटौंडा, २ माघ । मकवानपुरको बकैया गाउँपालिकामा २ वटा बालविवाह हुनबाट रोकिएको छ । सिबिन बालहेल्पलाइनको पहलमा वडा कार्यालय र हात्तिसुढे प्रहरी चौकीको सहयोगमा बालविवाह रोकिएको हो । बकैया–७ मा १७ वर्षीय बालक र १६ वर्षीया बालिकाको विवाह गर्न लागिएको सूचना आएपछि गैरकानुनी विवाह हुनबाट रोकिएको हो । २० वर्ष भन्दा कम उमेरमा हुने विवाहलाई […]

खोलामा माछा नहुँदा मकवानपुरका माझीको माघेसंक्रान्ति रोकियो

हेटौंडा, १ माघ । खोलामा माछा नभएकाले मकवानपुरका माझी समुदायको दुवाली छेकेर माघेसंक्रान्ति मनाउने चलन यो वर्ष रोकिएको छ । माझी समुदाय बसोबास गर्ने क्षेत्रको सिमात र बकैया खोलामा माछा नभएकाले दुवाली छेकेर माघेसंक्रान्ति मनाउने परम्परा रोकिएको हो । ‘पहिले पहिले खोलामा करेन्ट र विष हालेर माछा मारिन्थ्यो,’ बकैया गाउँपालिका ६ जुइनाका कृष्ण माझीले भने, […]

बकैयामा प्रमुख सूचना आयुक्तले भने – सूचनाको हक कार्यान्वयन गर्न स्थानीय सरकार प्रतिवद्ध हुनुपर्छ

मकवानपुर, १९ पुस । प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकको कार्यान्वयनका लागि स्थानीय सरकार प्रतिवद्ध हुनुपर्ने बताएका छन् । लोकतन्त्रको मेरुदंड नै नागरिकको सूचना पाउने अधिकार भएकाले त्यसको उपयोग र प्रचलनमा गाउँपालिका अर्थात् स्थानीय सरकार जिम्मेवार र प्रतिवद्ध हुनुपर्ने बताएका हुन् । बकैया गाउँपालिकाको आयोजनामा आज शनिबार भएको स्थानीय सरकार संचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा […]

बकैयामा वनले समातेको एक्साभेटर छोड्न सेनाको ‘दवाव’

हेटौंडा, १३ पुस । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिका–७ स्थित कत्लेखोलामा जिल्ला वन कार्यालय मकवानपुरको टोली र नेपाली सेनाबीच लफडा भएको छ । कत्लेखोलामा अवैधरुपमा एक्साभेटरले खोला दोहन गरिरहेको सूचनाको आधारमा पुगेको जिल्लावनको टोली र बाराको बागदेव गुल्मका नेपाली सेनाबीच भनाभन र झडपको स्थित सिर्जना भएको जिल्ला वन कार्यालयल मकवानपुरले जनाएको छ । निमार्णाधिन दु्रतमार्गमा […]

दोश्रो वी.पी कप फुटवल : हेटौँडा–१ को विजयी सुरुवात

हेटौंडा, १० पुस । हेटौँडा–४, हुप्राचौरमा आजबाट सुरु भएको दोश्रो वी.पी. कप फुटवल प्रतियोगितामा हेटौँडा–१ ले विजयी सुरुवात गरेको छ । नेपाल राष्ट्रिय लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा आजबाट सुरु भएको प्रतियोगितामा ट्राईब्रेकरमा साविक विजेता बकैयालाई २–१ ले हराउँदै हेटौंडा १ ले विजयी सुरुवात गरेको हो । पुस १६ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुरका ७ […]

हेटौँडामा आजबाट बीपि कप सुरु, उद्घाटन खेलमा बकैया गापा र हेटौँडा– १ बिच प्रतिस्प्रधा हुने

मकवानपुर, १० पुस । मकवानपुरको हेटौँडा–४ हुप्राचौरमा आजबाट बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुदैछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको फुटबल प्रतियोगिताको बिहिबार (आज) बिहान ११:३० बजे उद्घाटन हुने आयोजकले जनाएको छ। आज हुने उद्घाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा– १ बिच प्रतिस्प्रधा हुने […]

मकवानपुरको बकैया खोला तर्ने क्रममा लडेर केसीको मुत्यु

मकवानपुर, ८ पुस । मकवानपुरको पुर्वि क्षेत्र बकैया गाउँपालिका वडा नं. ५ मा खोला तर्ने क्रममा लडेर ध्रुब केसीको मृत्यु भएको छ । गाउँपालिका ५ स्थित बकैया खोला तर्ने क्रममा लडेर ६५ वर्षीय केसीको घटनास्थलमै मृत्यु भएको हो । सोमबार साँझ घर जाने क्रममा बकैया खोला तर्ने क्रममा चिप्लिएर लड्न पुग्दा बकैया ५ निवासी केसीको […]

जनयुद्वमा हराएका मकवानपुरका २५ जनाको खोजी जारी

हेटौंडा, ७ पुस । १० वर्षे जनयुद्वको क्रममा हराएका मकवानपुरका २५ जनाको हमलसम्म पत्ता लाग्न सकेको छैन् । २०५४ सालदेखी जनयुद्वको क्रममा विभिन्न समयमा जिल्लाका २५ जना बेपत्ता भएका थिए । बेपत्ता भएको दुई दशकभन्दा धेरै भैसक्दा पनि उनीहरुको पत्ता लाग्न नसकेको छानबिन आयोगले जनाएको छ । आयोगका अनुसार, उनीहरुको खोजी कार्य जारी रहेको छ […]

योजनाको तालमेल नहुँदा मकवानपुरको बकैयामा प्रधानमन्त्री कार्यक्रम प्रभावित

हेटौंडा, ७ पुस । मकवानपुरको बकैयाँ गाउँपालिकामा योजनाका तालमेल नबन्दा प्रधानमन्त्री रोजगार कार्यक्रम योजना पेस गर्न मुस्किल भएको जनाएको छ। कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ मा व्यववस्था भए बमोजिम पुँजीगत २५ प्रतिशत र मानव संसाधनतर्फ ७५ प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था रहेको छ। तर, गाउँपालिकामा सञ्चालन हुने योजनाहरूमा मानव संसाधन […]

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घर निर्माण

हेटौँडा, ६ पुस । मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घरहरु निर्माण भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आईतबार (आज) हेटौंडामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रमका यसबारेमा जानकारी दिइएको हो । जिल्लामा पहिचान भएका कुल लाभग्राही भुकम्प पीडित ३४ हजार ३ सय १९ परिवार मध्येमा […]

मकवानपुरमा २० वटा योजना निमार्णका लागि १५ करोड

हेटौंडा । मकवानपुर जिल्लाको विकासका लागि केही दिन अगाडी मात्र १५ करोड २७ लाख रुपैयाँको २० वटा योजना निर्माण गर्ने गरी बजेट छुट्टीएको छ । जिल्लामा सडक निर्माण, खानेपानी, विद्यालय लगायतका विकासका काममा संघीय सरकारले व्बजेट निकासा गर्न लागेको हो । अतिरिक्त बजेट अन्तरगत संघीय सरकारले यो बजेट पठाउन लागेको हो । बजेट भाषणामा राखिएका […]

नेकपा मकवानपुरद्वारा जिम्मेवारी बाँडफाड

हेटौंडा, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको तेस्रो बैठकले पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाड गरेको छ । बैठकले पार्टीे मकवानपुरको प्रतिनिधि सभा, प्रदेश सभाका निर्वाभन क्षेत्र, १० वटै स्थानीय तह, विभागिय जिम्मेवारी र संगठन तर्फको जिम्मेवारी समेत बाँडफाड गरेको सोमबार पत्रकार सम्मेलनमार्फत नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिएकी हुन् । कार्यक्रममा नेकपाका केन्द्रीय […]

मकवानपुरको बकैयामा जनप्रतिनिधि महिला र पत्रकार महिलाबीच अन्तरक्रिया

मकवानपुर, २२ मंसिर । बकैया गाउँपालिकाका महिला जनप्रतिनिधि र महिला पत्रकारबीच आईतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बकैया गाउँपालिकाले आयोजना गरेको लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत बकैया गाउपालिकाका महिला जनप्रतिनिधि र महिला पत्रकारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रम बकैया गाउँपालिका उपाध्यक्ष सरला वोलखेको सभाध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा […]

काँग्रेस मकवानपुरको प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहको सभापति चयन, हेटौँडामा पराजुली

मकवानपुर, ५ मंसिर । नेपाली काँग्रेस मकवानपुरको दुई प्रतिनिधिसभा, चार प्रदेशसभा र ५ वटा स्थानीय तहको सभापति चयन गरिएको छ । समायोजनसँगै नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल र २ नम्बर क्षेत्रीय सभापतिमा यतिराज सापकोटा चयन भएका छन् । त्यसैगरी क्षेत्र नम्बर १ को प्रदेशसभा क मा डिल्लीप्रसाद घोरासैनी, क्षेत्र नम्बर […]

बकैयाका १ सय ५५ जना नेकपामा प्रवेश

मकवानपुर, ५ मंसिर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ६ का १ सय ५५ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमबीच कांग्रेस तथा राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी १ सय ५५ जना नेकपामा प्रवेश गरेको नेकपा बकैयाकी कार्यालय सदस्य तथा बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले जानकारी दिईन् । नेकपा […]

बकैया आँखा शिविर : पहिलो दिन १ सय ७२ जनाले लिए सेवा

मकवानपुर, ४ मंसिर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा निःशुल्क आँखा शिविर सुरु भएको छ । मंगलबारबाट सुरु भएको निःशुल्क आँखा शिविरको पहिलो दिन १ सय ७२ जनाले आँखा परीक्षण गारएका छन् । बकैया गाउँपालिका वडा नं. ४ र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमान्डौको आयोजनामा सञ्चालित उक्त शिविरमा बिहिबार […]

मकवानपुरको बकैयामा सवारी दुर्घटना हुँदा २ जना घाइते

मकवानपुर, ३ मंसिर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ र हेटौंडा उपमहानगरपालिका वडा नं. १८ को बिचमा पर्ने फुर्केचौर जगंलमा सवारी दुर्घटना हुदाँ दुई जना घाईत भएका छन् । घाईते हुनेहरुमा काठमाडौ १४ कलंकी बस्ने ४८ वर्षका कमल थापा र किर्तिपुर २ बस्ने ४१ वर्षका बलराम ढकाल रहेका छन् । फुर्केचौरबाट ठुलोदमार आउँदै गरेको […]

बकैयाको एक घरमा आगलागी हुँदा ५० हजार बराबरको धनमाल जलेर नष्ट

मकवानपुर, २ मंसिर । मकवानपुरको बकैया गाउँपालिका– १२, धत्रेमा गएराति एक घरमा आगलागी हुँदा ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय राजकुमार जिम्बाको घरमा आगलागी हुँदा उक्त धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार, जिम्बाका ५ वर्षका छोरा बिनोदले घरमा आगो खेलाउँदा अचानक आगो सल्किँएर […]

मकवानपुरको बकैयाँमा निःशुल्क आँखा शिविर हुने

मकवानपुर, १ मंसिर । मकवानपुरको बकैयाँ गाउँपालिका वडा नं. ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा निःशुल्क आँखा शिविर हुने भएको छ । स्वास्थ्य केन्द्र छतिवनमा आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म निः शुल्क आँखा शिविर हुने भएको हो । बकैया गाउँपालिका वडा नंबर ४ र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमान्डौको आयोजनामा आँखा शिविर हुन लागेको […]