कैलाश गाउँपालिका

हतियार र चरेश धुलोसहित मकवानपुरका मोक्तान पक्राउ

मकवानपुर २२ माघ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुर तथा प्रहरी चौकी भार्ता मकवानपुरबाट खटेको प्रहरी टोलीले हातहतियासहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं.४, देउराली डाँडाँका ३३ वर्षिय देवाङ सिङ मोक्तानलाई हातहतियारसहित सोमबार पक्राउ गरेको जिल्ला प्रहरीले कार्यालय मकवानपु्ले जनाएको छ । निजको घर पछाडी घर छाउने […]

६५ किलो गाँजासहित मकवानपुरको एक जना पक्राउ

मकवानपुर २१ माघ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले लागूऔषत गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ८ स्थित चामे सिंह मोक्तान रहेका छन् । मोक्तानलाई लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा उनको घरमा रित पुर्वक खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको […]

मकवानपुरको कैलाशमा गाउँ जागरण अभियान

हेटौंडा, २० माघ । प्रगति लेखक सङ्गठनले कैलाश गाउँपालिकामा गाउँ जागरण अभियान गरेको छ । शनिबार गाउँपालिका–२ बैकुण्ठमा एक कार्यक्रमको आयोजना गर्दै सङ्गठनले अभियानको अन्तिम श्रृङ्खला सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष टङ्कबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश तीनका प्रदेशसभा सदस्य ओमबहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडाबाट गएका साहित्यकारहरुले कैलाश गाउँपालिकाको वस्तुस्थित […]

नेता बानियाँद्वारा कैलाश–४ का १ सय ७० परिवारलाई कम्वल वितरण

मकवानपुर, १९ माघ । हरेक वर्ष मनाईने गरेको शहिद दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नं. प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कैलाश गाउँपालिका वडा नं. ४ का १ सय ७० चेपाङ तथा प्रजाका घरपरिवारलाई न्यानो कपडा कम्बल वितरण गरेका छन् । जाडोको समयमा चेपाङका परिवारहरु कठ्याङ्ग्रिएर बस्न नपरोस् भन्दै नेता बानियाँले […]

प्रदेशसभाबाट पाएको सुविधा सामाजिक काममा खर्च गर्न बाँनिया पुगे कैलाश गाउँपालिका

मकवानपुर १९ माघ । प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बाँनियाले आज मकवानपुरको कैलाश गाउँपालिकामा निशुल्क कम्बल वितरण गर्ने भएका छन् । प्रदेशसभाबाट प्राप्त गरेको सबै सुविधा सामाजिक काममा खर्च गर्ने भन्दै बाँनियाले जाडो महिनाको अवसर पारेर कैलाश गाउँपालिका –४ घुस्राङ देउरालीमा निशुल्क कम्बल वितरण गर्ने भएका हुन् । उनले तु खबरसंग […]

पश्चिमी मकवानपुरमा ठकुरी सजमा गठन

हेटौंडा, ६ माघ । मकवानपुरको पश्चिमी क्षेत्रमा ठकुरी समाज गठन भएको छ । कैलाश र राक्सिराङ गाउँपालिकामा बसोबास गर्दै आएका ठकुरीहरुको भेलाले कमिटि गठन गरेको छ । शनिबार राक्सिराङमा भएको भेलाले प्रकाश रंगालीको अध्यक्षतामा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा गोमा शाह, सचिव दिपेन्द्र मल्ल, कोषाध्यक्ष जीवन ठकुरी, सह–सचिव पुरन शाह रहेका छन् । […]

मकवानपुरको कैलाशमा खोटोसहित ट्रक नियन्त्रणमा

मकवानपुर ३० पौष । मकवानपुरको कैलाश गाउँपालिकामा भइरहेको सल्लाको खोटो संकलन तथा निकासी कार्यप्रति गाउँपालिकाले चासो देखाएको छ । गाउँपालिकासँग समन्वय नगरीकन अनाधिकृत रुपमा खोटो संकलन भएको भन्दै गाउँपालिकाले प्रहरीसँग समन्वय गरी एउटा ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । गाउँपालिकामा सुचिकृत नभइकनै खोटो संकलनकर्ताले जथाभावी खोटो संकलन गरिरहेको पाइएपछि आइतबार खोटो लोड भएको एउटा […]

नगर सभापति पराजुलीले गरे १ सय ५० विद्यार्थीलाई न्यानो कपडा वितरण

भार्ता,२९ पौष । मकवानपुरको विकट कैलाश गाउँपालिका वडा नं. ८ भार्ता ल्वाङ्गास्थित सुन्दरकाली प्रा.वि.का १ सय ५० विद्यार्थीलाई आईतबार न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरिएको छ । विद्यालय व्यवसथापन समितिका अध्यक्ष सिताराम थिङ्गको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा जाडोमा लाउने न्यानो कपडा स्वीटर, टोपी र स्टेसनरी सामाग्रीहरु वितरण […]

रामबहादुर बम्जन उर्फ लिटिल बुद्धले के के मच्चाए बितण्डा ?

मकवानपुर १३ पौष । बारा जिल्लाको रतनपुर गाविसमा रहेको सामुदायिक बनमा तपस्या गरेर आफु ‘लिटिलबुद्ध’ हुँ भन्दै जनतालाई भ्रममा पार्दै आइरहेका रामबहादुर बम्जन विरुद्ध उजुरी परेको छ । मकवानपुरका २ जनालाई बेपत्ता पारेको भन्दै उनीविरुद्ध मकवानपुर प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले उनलाई खाजेर पक्राउ गर्ने प्रयास गरिरहेको छ । सुरुवाती चरणमा तपस्या गरेर बसेका भनिएका […]

मकवानपुरको कैलाश गाउँपालिकामा कृषि प्रदर्शनी मेला शुरु

हेटौंडा ७ पौष । मकवानपुरको कैलाश गाँउपालिका–३, कालिकामाईमा दुई दिने कृषि प्रदर्शनी मेला शुरु भएको छ । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा दुई दिने कृषि प्रदर्शन मेला आजदेखि शुरु भएको हो । कृषकलाई कृषि क्षेत्रमा आकर्षित गर्ने प्रबद्धनमा सहयोग पुग्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

निर्माण व्यवसायी संघ मकवानपुरले गर्यो कैलाश गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर

मकवानपुर २१ मसिंर । ११ औं निर्माण दिवसको अवसर पारी निर्माण व्यवसायी संघ मकवानपुरले मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर १० मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कैलाश गाउँपालिकाको कुमलटार बेतीनीमा शिविर सञ्चालन गरिएको संघका अध्यक्ष स्याम ढकालले जानकारी दिए । उनले दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर गर्दा प्रभावकारी हुने र जनताको स्वास्थ्य अवस्थामा समेत […]

१४ बर्षदेखि हेटौंडाको वाशुदेव सभागृह बेरोजगार ! प्रदेश सरकार किन लाचार ?

बलराम पुडासैनी मकवानपुर १२ मसिंर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा रहेको वाशुदेव सभागृह १४ बर्षदेखि बेरोजगार छ । वि.स. २०६० सालमा हेटौंडा नगरपालिकाका तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा निर्माण शुरु गरिएको वाशुदेव सभागृह अहिलेसम्म पनि निर्माणाधिन अवस्थामै छ । त्यसबेला विभिन्न कार्यक्रम वा सभासम्मेलन गर्नका लागि सभाहलको आवश्यकता महशुस भएपछि तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा सभागृह […]

धमाधम गाँजा फडानी गर्दै मकवानपुरको प्रहरी

मकवानपुर १२ मंसिर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा तथा अफिम खेती नष्ट गर्ने दोस्रो चरणको अभियानअन्र्तगत राक्सिराङ र कैलाश गाउँपालिकामा धमाधम गाँजा फडानी गरिरहेको छ । हेटौंडाबाट मंसिर ९ गते आइतबार खटिएको प्रहरी टोलीले राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा रोपिएको लागूऔषत गाँजा र अफिम खेती फडानी गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका […]

नख्खुजेल तोडेका मकवानपुरका लामा अहिले पाटन अस्पतालमा, सरकार मौन !

मकवानपुर ११ मसिंर । लामो समय राजनितिक जिवन बिताएका विरबहादुर लामा अहिले स्वास्थ्य अवस्थाका कारण अस्पतालमा छन् । २०३३ सालमा नख्खुजेल तोडेका लामा अहिले जिवन र मरणको अवस्थामा छन् । केहि दिनदेखि उनी काडमाडांैको पाटन अस्पतालमा उपचाररत छन् । उनको आर्थिक अवस्था निकैनै नाजुक छ । उनी अहिले उच्च रक्तचाप मधुमेय, तथा मृगौला सम्बन्धी रोगका […]

यस्तो कथा छ मकवानपुरकी १३ बर्षीया गर्भवती बालिका गंगामायाको …

बलराम पुडासैनी मकवानपुर ४ मसिंर । १३ बर्षिया गर्भवती बालिका गंगामाया चेपाङको माईती मकवानपुरको राक्सिराङ गाउँपालिकामा हो । उनको घर कैलाश गाउँपालिका ७ मा पर्छ । उनी १२ बर्षकै उमेरमा गर्भवती बनिन् । उनको उमेर भर्खरै १३ लागेको उनका परिवारले जनाएका छन् । उनी सानै उमेरमा गर्भवती भएको र उनको परिवारको आर्थिक अवस्था कमजोर रहेकोले […]

थाहा कला केन्द्रले ५ विधामा सम्मान गर्ने

थाहानगर १८ कात्तिक । कला, संस्कृतिको सम्बद्र्धन, प्रवद्र्धन गर्ने मूल उद्देश्यले उत्तरी मकवानपुरमा स्थापना भएको साथै विस्तारै लोक प्रियता जमाउँदै गईरहेको थाहा कला केन्द्रले विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याएको व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । कला केन्द्रले कैशाल गाउँपालिका वडा नम्बर–६ पकनीमा आयोजना गर्न लागेको तिहार विशेष बृहत सांस्कृतिक तथा सम्मान कार्यक्रमको अवसर पारी ५ […]

कैलाश ६ पकनीमा सांस्कृतिक तथा सम्मान कार्यक्रम

थाहानगर १८ कात्तिक । मकवानपुरको उत्तरीभेगमा रहेको थाहा कला केन्द्रले तिहार विशेष वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्ने भएको छ । कला–संस्कृति देशको पहिचान, यसको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको थाहा कला केन्द्रले हरेक बर्ष झैँ यस वर्ष पनि कार्यक्रमको आयोजना गरेको थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिए । […]

मकवानपुरको कैलाशबाट गाँजासहित एक जना पक्राउ

मकवानपुर, १६ कात्तिक । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ४ बाट लागुऔँषध गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीले १ सय ४ केजी गाँजासहित वडा नम्बर ४ देउतीमा बस्ने ४३ वर्षीय रामबहादुर वाईबालाई शुक्रबार पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी नायव निरिक्षक मोहन थापा क्षेत्री र प्रहरी चौकी भार्ताबाट सयुक्त रुपमा […]

मिस नेपालको पहलमा मकवानपुरमा निशुल्क स्वास्थ्य शिविर

 मकवानपुर १० कात्तिक ।मकवानपुरको कैलाश गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मिस नेपाल २०१८ शृङ्खला खतिवडाको पहलमा शिविर सम्पन्न भएको हो । दुई सय ७० जनाले स्वास्थ्य परिक्षण गराएको शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको थियो । शिविरमा भरतपुर आँखा अस्पतालकी डा। पुष्पा गिरी, चुरेहिल अस्पतालका डा. सुन्दर श्रेष्ठ, मकवानपुर सहकारी अस्पतालका डा. […]

तामाङ घेदुङ मकवानपुरद्वारा ‘ताम्सालिङ जागरण अभियान’ प्रारम्भ

मकवानपुर, ०६ असोज । नेपाल तामाङ घेदुङ मकवानपुरले ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान प्रारम्भ गरेको छ । घेदुङ मकवानपुरको शनिबार बसेको बैठकले मकवानपुरका विभिन्न स्थानीय तहमा ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान सञ्चालन गर्ने कार्यक्रमको कार्यतालिका समेत तय गरेको नगर घेदुङ सचिव सुवाश घिसिङले जानकारी दिए । बैठकको निर्णय अनुसार यही असोज १९ गते […]