कैलाश गाउँपालिका

काँग्रेस मकवानपुरको ३ गाउँपालिकामा सभापति चयन, भीमफेदीमा श्रेष्ठ

हेटौंडा, २४ मंसिर । नेपाली काँग्रेस मकवानपुरले मकवानपुरका ३ गाउँपालिका सभापत चयन गरेको छ । केन्द्रीय प्रतिनिधि एवम् निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले स्थानीय तहअन्तरगत सभापति चयन गर्न बाँकी ५ गाउँपालिका मध्ये ३ गाउँपालिकाको सभापति चयन गरिएको जानकारी दिए । समायोजनसंगै नेपाली काँग्रेस क्षेत्र नम्बर २ को भीमफेदी गाउँपालिका सभापतिमा सञ्जिव श्रेष्ठ, कैलाश गाउँपालिका सभापतिमा सूर्यबहादुर […]

कैलाश गाउँपालिकाको भवन बन्दै

हेटौंडा, २३ मंसिर । मकवानपुरको कैलाश गाउँपालिकाले आफ्नै भवन निर्माण गर्न लागेको छ । गाउँपालिकाको कार्यालय अहिले अरुको भवनमा बस्दै आएकोले आफ्नै भवन निर्माण गर्न लागिएको हो । उक्त भवन दुई वर्षभित्रमा निर्माण गर्ने तयारी रहेको छ । कुल चार करोड २५ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी […]

मकवानपुरको कैलाशमा हाइटेक नर्सरी निर्माण हुँदै

मकवानपर, २० मंसिर । मकवानपुरको कैलाश गाउँपालिकाको सबै वडामा २० वटा हाइटेक नर्सरी निर्माण हाइटेक नर्सरी निर्माण हुने भएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले हरेक तरकारी उत्पादनका लागि हाइटेक नर्सरी निर्माण गरेर १ सय जना युवालाई गाउँमै रोजगारी दिने लक्ष लिएको अध्यक्ष टंक मोक्तानले जानकारी दिए । हरेक नर्सरी निर्माणमा गाउँपालिकाले ५ लाख रुपैयाँका […]

चेपाङ गाउँमा बिजुली कार्यक्रम

मकवानपुरको अतिविकट तथा सीमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको राक्सिराङ गाउँपालिकामा विद्युतीकरणका लागि विशेष योजना लागू गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले क्षेत्रीय कार्यालय हेटौंडामार्फत ‘चेपाङ गाउँमा बिजुली’ कार्यक्रम लागू गर्ने भएको हो । अनुसार चालू आर्थिक वर्ष र आगामी आवमा विकट बस्तीमा विद्युत् पुर्‍याइने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘ राक्सिराङ, कैलाश तथा मनहरी गाउँपालिकासहित मकवानपुरका […]

मकवानपुरमा दुई एकीकृत बस्ती बन्ने

मकवानपुर, १७ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिले थप तीन वटा एकीकृत बस्ती विकासको प्रारम्भीक योजना स्वीकृत गरेको छ । समितिले रसुवाको एउटा र मकवानपुरका दुई वटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको हो । प्राधिकरणका अनुसार रसुवाको आमाछोदिङमो–२ को सानो हाकु टोलका ४६ विस्थापित घरधुरीले सोही गाउँपालिकाको पाङलिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा […]

प्रसारण लाइनविरुद्ध मकवानपुरका स्थानीय

मकवानपुर । आफूहरूलाई सुकुम्बासी बनाउने गरी मकवानपुरको हेटौंडादेखि नुवाकोटको बेलकोटगढी नगरपालिकाको सव–स्टेसनसम्म जोड्ने गरी प्रसारण लाइन विस्तार गर्न लागेको भन्दै स्थानीयहरूले विरोध गरेका छन् । उनीहरूले सव–स्टेसन निर्माणका लागि बनाइएको रेखांकनप्रति असन्तुष्टि जनाउँदै तत्काल यस विषयमा गम्भीर हुन सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराएका छन् । हेटौंडा–११, थानाभ¥याङमा रहेको सव–स्टेसनबाट हेटौंडा–३, १, १९ नम्बर वडा हुँदै कैलाश, […]

मकवानपुरमा हटेन भीर पार गर्नुपर्ने पीडा

मकवानपुर । मकवानपुरको पश्चिमी ३ गाउँपालिका जोड्न आधा दर्जन मुख्य सडक निर्माण भएका छन् । तर स्थानीयवासी भने हिउँदमा खोला र वर्षातमा भीरबाट यात्रा गर्न बाध्य छन्। निर्माण गरिएका सडक ब्यवस्थित नहुँदा दैनिक करिब एक हजार यात्रुलाई मनहरी खोला र भीरबाट जोखिमपूर्ण यात्रा गर्नुको विकल्प छैन। मनहरी खोला हिउँदको समयमा कुनै ब्यस्त राजमार्ग जस्तै देखिन्छ। […]

बालिकालाई जबरजस्ती करणी गर्ने मकवानपुरका एक जना पक्राउ

मकवानपुर, २६ कात्तिक । भीमफेदी गाउँपालिका वडा नं. ९ घर भई हाल हेटौँडा–१ चौकीटोल बस्ने एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा पालुङ प्रहरीले कैलाश गाउँपालिका वडा नं. २ बस्ने २० बर्षीय दिपेश भन्ने अनिश प्रजालाई पक्राउ गरेको हो । बालिकालाई ललाइ […]

अर्काकी श्रीमतीसँग ओच्छ्यानमै पक्राउ परे मकवानपुरका कार्की

मकवानपुर, २० कात्तिक । अर्काकी श्रीमतीसँग यौनसम्पर्क गर्दागर्दै थाहाका सुदर्शन कार्की पक्राउ परेका छन् । कार्की मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ को एक घरको ओच्छ्यानबाटै पक्राउ परेका हुन् । विवाहित महिलालाई आफ्नो मायाजालमा पारेर यौनसम्पर्क राख्दै गर्दा उनलाई स्थानीयले ओच्छ्यानबाटै पक्राउ गरेको हो । कार्कीलाई राति १२ बजेको समयमा पक्राउ गरेको प्रहरी चौकी डाँडाखर्कका […]

मकवानपुरमा डेंगु रोगको प्रभाब बढ्दै

हेटौँडा, ८ कात्तिक । मकवानपुर जिल्लामा अहिले जाडोको मौसम सुरुवात भएपनि डेंगु रोगका बिरामीको संख्या बढ्दै गएको छ । मकवानपुरमा आज (शुक्रबार) अपराह्न सम्ममा २ हजार १ सय ४५ जना डेंगु रोगीका बिरामीहरुको पहिचान भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्लाको सिमानामा पर्ने प्रदेश नं. २ बारा जिल्लाको अमलेखगञ्जबाट डेंगु रोगबाट प्रभाबित भई […]

भरुवा बन्दुकसहित मकवानपुरका मोक्तान पक्राउ

मकवानपुर, ३० असोज । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ५ स्थित थानेडाँडाबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिगएको प्रहरी टोलिले भरुवा बन्दुकसहित स्थानीय ५६ वर्षीय रामबहादुर मोक्तानलाई पक्राउ गरेको हो । प्रहरीले मोक्तानको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारेपछि निजलाई पक्राउ […]

बल्खु र कोटेश्वरको टिकट काउन्टरबाट बढी भाडा लिने मकवानपुरका सिन्तानसहित ५ जना पक्राउ

काठमाडौँ, १२ असोज । बल्खु र कोटेश्वरको टिकट काउन्टरबाट बढी भाडा लिने मकवानपुरका एक जनासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ट्राफिक महाशाखाका अनुसार बढी भाडा लिने १४७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मकवानपुरको कैलाश गाउँपालिका – १० का २७ वर्षीय श्रीराम सिन्तान, बारा माहागढीमाई नगरपालिका–३ का २४ वर्षीय चन्दन साह कलवार, […]

मकवानपुरमा डेंगु रोगका बिरामी दिन प्रतिदिन बढ्दै, बिरामीको संख्या १ हजार चार सय पुग्यो

हेटौँडा, १२ असोज । मकवानपुर जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपनगरपालिकाको विभिन्न वडामा डेंगु रोगलाई नियन्त्रण गर्ने प्रयास भइरहेको पनि डेंगु रोगको बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । मकवानपुर जिल्लामा आज (आईतबार) अपराह्नसम्ममा १ हजार चार सय जना डेंगु रोगका बिरामीहरुको पहिचान भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ती डेंगु रोगका […]

तरुण दल कैलाश गाउँपालिकाको अध्यक्षमा मुक्तान

मकवानपुर, ११ असोज । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल कैलाश गाउँपालिकाको अध्यक्षमा बिनोदकुमार मुक्तान चयन भएका छन् । शुक्रबार भएको भेलाले मुक्तानको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति गठन गरिएको हो । जसमा उपाध्यक्ष विजय लोप्चन र बीरबहादुर थिङ, सचिव राजकुमार लामा, सहसचिवमा भुवन नेगी रहेका छन् । त्यस्तै सदस्यहरुमा किशोर गोले, रामलाल गोले, […]

मकवानपुरको सरकारी कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने

मकवानपुर, ६ असोज । मकवानपुरको सरकारी कार्यालयका कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक तथा टुईटर चलाउन नपाउने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आईतबार बसेको ५० औं बोर्ड बैठकले सो निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । यस्तै बैठकले आउँदै गरेको बडा दशै, तिहार, छठलगायतका पर्वका […]

लागूऔषध गाँजा र चरेशसहित मकवानपुरबाट ५ जना पक्राउ

मकवानपुर, २९ भदौ । प्रहरीले मकवानपुरको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजा र चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित सडकखण्डबाट १० पोका लागूऔषध चरेशसहित ३ जना र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ४ स्थित कालिका दोभानबाट लागूऔषध गाँजा १२ केजी ४०० ग्रामसहित २ जना गरी ५ जनालाई पक्राउ […]

मकवानपुर जिल्लामा डेंगु रोगीको बिरामी बढ्दो

मकवानपुर, २६ भदौ । मकवानपुर जिल्लाको विभिन्न गाउँपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र डेंगु रोगको प्रभाब घट्नुको सट्टा बढ्दै गएको छ । हेटौँडा उपनगरपालिकाको विभिन्न वडा र भीमफेदी, मनहरी, राक्सिराङ, कैलाश, मकवानपुरगढी र बकैया गाउँपालिकामा गरी हालसम्म कुुल ७ सय ९१ जना बिरामीहरु डेंगु संक्रमणबाट प्रभावित भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो तथ्याङक बिहिबार […]

वडाध्यक्ष मुक्तानले गरे वडा कार्यालयलाई १५ धुर जग्गा हस्तान्तरण

मकवानपुर, २१ भदौ । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर १० का वडा अध्यक्ष माणिकलाश मुक्तानले आफ्नो वडा कार्यालयलाई १५ धुर जग्गा दान गरेका छन् । वडा अध्यक्ष मुक्तानले कैलाश गाउँपालिका वडा नम्वर १० को भवन बनाउन १५ धुर जग्गा दान गरेका हुन् । उनले उक्त जग्गा पास गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको वडा सचिव रामचन्द्र शिवाकोटीले […]

नेकपा मकवानपुरका सबै स्थानीय तहमा अध्यक्ष र सचिवको नाम टुंगियो

मकवानपुर, ८ भदौ । नेकपा मकवानपुरको आज (आईतबार) बिहान बसेको जिल्ला सचिवालय बैठकले स्थानीय तहमा अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । पार्टी एकिकरण भएपछी मकवानपुरका स्थानीय तहले पनि पार्टीमा अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो । पार्टीका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले नेकपाको हेटौंडा उपमहानगरपालिका कमिटिको अध्यक्षमा रघु आचार्य र सचिवमा […]

लागूऔषध गाँजासहित मकवानपुरका लामा र मोक्तान पक्राउ

मकवानपुर ३० साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिका वडा नम्वर ६ बस्ने बर्ष २० को भिमसेन मोक्तान र सोही गाउँपालिका वडा नम्वर ६ बस्ने बर्ष २६ को रोशन लामा रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ५९ किलो ५८० ग्राम, गाँजा बरामद गरेको हो […]