साहित्य

 कथा : टेक्नोलोजिकल ड्रग्स  

सिएम रिमाल    मकवानपुर २९ मंसिर । कुनै एउटा गाउँ थियो । त्यो गाउँ नजिकै कलकल बग्ने खेला आफ्नै गतिमा रफ्तार पहिल्याउँदै यात्रारत् थियो । खोलाको सङ्गीतमा चराहरुले आफ्नो स्वर मिसाइ रहेका थिए । त्यो स्वरलाई सार्थक बनाउन रुखहरु आतुर भएर नाचिरहेका थिए । त्यस गाउँ नजिकै एउटा विद्यालय थियो । गाउँ वरपरका बालबालिकाहरुलाई शिक्षा […]

‘गौ-प्राणि’ को साइकल-चिन्तन

साइकल-चिन्तन गर्दै ‘गौ-प्राणि’ ले सोचे, “जीप र कारमा सवार गर्नेहरुले एकछिन फुर्तिलगाउनको लागि त स्वाद लेलान्, तर तिनीहरुका कठिनाई झन् टीठलाग्दो छ। एक त किन्नकै लागि ठूलो पूँजि खन्याउनुपर्ने, अर्को त्यस्लाइ मेण्टेन गर्न महाकठिन। मरम्मत-सम्हारको हिसाबले मात्र हैन राखनधरन र जतनको हिसाबले समेत् धेरै चाँजोपाजो र बन्दोबस्त मिलाउनुपर्ने। जीप र कारमा सवार हुनेहरुले आफ्ना इष्टमित्र, […]

बढ्दो विकृतिको यथार्थ चित्रण : पबजी र फ्रि फायर

सिएम रिमाल मकवानपुर २२ मङ्सिर ।  १० वर्षीय सुबोध उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको हातमा मोबाइलफोनको चार्ज घटिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल पपजी खेल्न थालेका थिए । लौ ? मैले जित्नै लागेको थिएँ, म त मरेँ,” उनी सुमन नाम गरेका साथीलाई भन्छन् । पाँच कक्षाका यी सहपाठी […]

सुत्रकथा :- विडम्बना

एसके निधन १. लोग्ने – डार्लिङ किन उता फर्केकी ? आज म मुडमा छु। -तर मलाई …. -के भनेकी ? तिम्रो मुड त म बनाईदिई हाल्छु नि । -कुरो त्यसो होईन । -अनि के त ? रिसाएर ठुस्किएकी ? -हजुर सङ्ग किन रिसाउनु । कस्तो चिलाई रहेको छ । कुनै यौनरोग लाग्या हो कि ? […]

कविता : अन्तरविरोध

सधैं सधैं सर भन्नुहुन्थ्यो तिमीले यो पटक पनि फस्ट हुनुपर्छ मैले कहिल्यै दोस्रो हुनुपरेन । रुख असाध्यै मनपर्ने म रुखजस्तै बन्न चाहन्थें लटरम्म फल्ने सितल छायामा बसेर भूँईबाट टप्प टप्प टिप्न मिल्ने । बाबाको नाक काटिन मामुको वचन पनि खेर फालिन आफन्तको स्याबासी छिमेकीको रुवाबासी जब अाँख्ला हाल्दै हाल्दै गए मैले कहिल्यै जमिनतिर हेरिन । […]

योगमायालाई मदन पुरस्कार, मानन्धरलाई जगदम्बा श्री

काठमाडौँ । मदन पुरस्कार गुठीले यस बर्षको मदन पुरस्कार यागमाया कृतिका लागि नीलम कार्की निहारिकालाई प्रदान गर्ने निर्णण गरेको छ । यस्तै जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गर्ने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दिक्षीतले जानकारी दिएका छन् । २०७४ सालमा प्रकाशित पुस्तकहरुमध्ये योगमाया छनौट भएको गुठीले जानकारी दिएको छ । यस अघि गुठीले २०७४ […]

शनिबार ६ जनालाई पुरस्कार, महालक्ष्मी साहित्य पुरस्कार पोखरेललाई प्रदान गरिने

हेटौँडा, ७ भदौ । यही भदौ ९ गते शनिबार विभिन्न व्यक्तित्वलाई सम्मान गरिने भएको छ । महालक्ष्मी साहित्य पुरस्कार तथा अन्य विविध विधामा सम्मान गरिन लागिएको हो । मातृभुमी साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंक लिमिटेडले प्रदान गर्दै आएको १६ औ महालक्ष्मी साहित्य पुरस्कार विराटनगरका साहित्यकार विवश पोखरेललाई प्रदान गर्न लागिएको हो । मातृभुमी […]

हाम्रो माया प्रेमलाई पनि कर लगाएको छ

संबिधान बन्यो तर विकास कहिले हुन्छ? यो समृद्धि नेपालको,आभास कहिले हुन्छ? राष्ट्रपति,प्रधानमन्त्री र अर्थमन्त्रीलाई प्रश्न, यो बेरोजगार मुक्त देश,खास कहिले हुन्छ? हाम्रो माया प्रेमलाई पनि कर लगाएको छ, हो,हामी ढुक्कले जिउने,सास कहिले हुन्छ? मलाई प्रहरीले बलात्कार गर्यो प्रियाले भनी राजा यो देशमा यिनको,नास कहिले हुन्छ? विदेशिएका युवाहरुलाई स्वदेशमै रोजगारको, व्यवस्था भई उचित,बसोबास कहिले हुन्छ? -राजकुमार […]

हेटौँडाको सालक पार्कमा पर्यावरण विषयक काव्य गोष्ठी

मकवानपुर, २७ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ मा अवस्थित सालक पार्कमा शनिबार पर्यावरण विषयक काव्य गोष्ठी सम्पन्न भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको २२७ औँ साहित्य श्रृङ्खला अन्तगर्त गोष्ठी भएको हो । चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष अर्जुन दाहालको प्रमुख आतिथ्य तथा झर्ना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको उक्त […]

राजधानीमा ‘प्रेम वर्षा’

काठमाडौँ २० साउन । प्रवासमा रहेर पनि साहित्यमा समर्पित काभ्रेली चेली देवकुमारी गौतमद्वारा लिखित उपन्यास प्रेमवर्षा’को आज राजधानीमा लोकार्पण गरिएको छ । विशेष कारणले लेखिका उपस्थित हुन नसकेपनि उनकी आमा हिरादेवी गौतमको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सो उपन्यासको वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ कथाकार माया ठकुरी, साहित्यका डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, डा. गार्गी […]

१६ जनालाई उछिन्दै हेटौँडाकी प्रसिद्धिका प्रथम

हेटौँडा, १९ साउन । लोक कवि गणेशलाल श्रेष्ठको १ सय ७ औं स्मृतिमा कविता प्रतियोगिता शनिबार हेटौंडामा गरिएको छ । नेपाल भाषाः खलः मकवानपुरले आयोजना गरेको प्रतियोगितामा १७ जना प्रतिष्पर्धी थिए । प्रतियोगितामा प्रसिद्धिका लम्साल प्रथम, दुर्गाकुमारी पुडाशैनी दोस्रो, पवन शाक्य तेस्रो तथा प्रिन्सा प्रधान र नविन मिश्र सान्त्वना भएका थिए । प्रथम, दोश्रो, तेश्रो […]

साहित्य सन्ध्या सम्मान २०७५ बाट साहित्यकार पौडेल सम्मानित हुने

मकवानपुर १९ साउन । चर्चित साहित्यकार तथा विश्लेषक आनन्दराम पौडेल साहित्य सन्ध्या सम्मान २०७५ बाट सम्मानित हुने भएका छन् । साहित्य क्षेत्रमा सक्रिय साहित्य सन्ध्याले भदौ २ गते उनलाई सम्मान गर्ने भएको हो । संस्थाका अध्यक्ष राम विनयको अध्यक्षतामा बसेको आजको बैठकले पौडेललाई सो सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको हो । साहित्यकार पौडेल लामो समय […]

देश आफै बन्दछ

कविता –राजबाबु श्रेष्ठ ‘सागर’ जताततै ढुङ्गा मुढा बर्सिन थाले भत्किए पौवा पाटी अनि सडकमा लगाइएका बारहरु रोडमा ठिङ्ग उभिएका मुर्कुट्टा झैँ मक्किएका काठका खामोहरुमा माकुरोको जालो जेलिए जस्तै सपनाका ती नाङ्गा तारहरु एक हुल आएर अचानक हल्लाउन थाल्द छ र ढाल्द छ ती मक्किएका आस्थाका पोलहरु अनि गरिबका सपनाका महलहरु गुन्जिन्छ नाराहरु जिन्दावाद, मुर्दावाद/ मुर्दावाद, […]

मेरो देश नेपाल

कविता –अभिलाषा धिताल जीएस निकेतन, हेटौँडा ४ सँस्कृति छुट्टै चिनारी बेग्लै नेपाली मनको सम्यक देश अनौठो भेष वीर यी जनको नवको शशी प्रफुल्ल देखे मयूर नाचेको नेपाली दुःख सुखमा पनि मिलेर बाँचेको भ्रातृत्व राख्छ शेर्पाली यहाँ मुसुक्क हाँस्दछ पाल्पाली पनि मुसुक्क हाँसी प्रीत त्यो गाँस्दछ लेक र बेँसी तराई फाँट सुन्दरता अनन्त भाष्कर शशी जसरी […]

वातावरणको चरित्र

कविता -ऋचा कोइराला, हेटौँडा एकेडेमी, हेटौँडा ११ हो सबैको जीवनकी आधार गर्नुभएन कसैले यसको हेला र तिरस्कार हामी जन्मछाँै यही मछाँै यही त के यसलाई बिगार्नु हाम्रो काम मै हो त्यही हाम्रो काम त हो यसको पवित्रता मनका राखी राम्रो भाव यसप्रति बदलौँ आफ्नो चरित्रता हामीलाई लाउनदेखि खान त्यसैको आवश्यकता त्यसैले हाम्रो कर्तव्य त हो […]

समाज सुधारौँ अब

कविता –सरिता शाही ठकुरी अमर मावि हेटौँडा १० समाजमा हत्याहिंसा बलात्कार गर्ने यिनै हुन् समाजलाई तड्पाएर मार्ने । धुम्रपान र मध्यपान, सेवन गर्ने भए नेपाल आमा यही विकृतिले सधँै रुने भए घुसखोरी र भ्रष्टाचारी, देशमा बढ्दै जाँदा सोझासाझा बिचल्लीमा परे धेरै आज । छुवाछुतको कुरा सुन्दा, मनै हुन्छ खिन्न यस्तो भेद्भाव गर्नेलाई, आजै राखौँ भिन्न […]

हेटौँडामा स्थलगत कविता प्रतियोगिता गर्दै भानुभक्त आचार्यको सम्झना

हेटौंडा, २९ असार । आदिकवि भानुभक्त आचार्यको २ सय ५ औँ जन्मजयन्तीको उपलक्ष्यमा शुक्रबार हेटौंडामा प्रथम जिल्ला व्यापी अन्तर विद्यालय स्थलगत कविता प्रतियोगिता आयोजना गरेको छ । हेटौँडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामामा ३ जना उत्कृष्ट घोषित भएका छन् । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकामा रहेका ६ संस्थागत तथा […]

भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती देशभर मनाइदै

मकवानपुर २९ असार । नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती आज देशभर मनाईदै छ । उनको शालिकमा माल्यापर्ण गर्दै उनको सम्झनामा मकवानपुरमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरीएको छ । त्यसैगरी भानुजयन्तीका अवसरमा आजै मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलन आयोजना समेत हुँदैछ । प्रधानमन्त्री […]

भानु जयन्तीमा हेटौँडामा स्थलगत कविता प्रतियोगिता हुने

मकवानपुर, २८ असार । हेटौँडा ४ कमल डाँडामा अवस्थित नवोदय शिशु सदनले भानु जयन्तीको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । विद्यालयले २०५ औँ भानु जयन्ती विशेष कार्यक्रम अन्तर्गत असार २९ गते बिहान ‘प्रथम जिल्ला व्यापी अन्तर विद्यालय स्थलगत कविता प्रतियोगिता २०७५’ को आयोजना गर्न लागेको शिक्षक सिएम रिमालले जानकारी दिएका छन् ।

खेल्दै गरेको छोरा हठात बन्दुक माग्न थाल्छ

गजल –केशब खड्का ठिक भन्यौ तिमीले म जस्ताको भर हुँदैन र यस्ता मुसाफिरहरुको केही रहर हुँदैन । आत्मदाह गर्न ठिक्क परेको मान्छे बडो आत्तिएछ हेर्छ, कोठाका सन्दुकमा राखेको जहर हुँदैन । खेल्दै गरेको छोरा हठात बन्दुक माग्न थाल्छ जब उसलाई उ आफैसँग कुनै डर हुँदैन । बेहिसाब बाँचिरहने आशिर्वाद नदिनुहोस मलाई थाहा छ आमा, मान्छे […]