ईन्द्रसरोवर गाउँपालिका

अपडेट– मकवानपुरकी नीराको गलामा सलको पासो…

मकवानपुर १८ चैत । आज मंगलबार मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ स्थित नागमारामा १ किशोरी मृत अवस्थामा फेला पर्नुभयो । दिउँसो १ बजे १३ बर्षीया नीरा गोले आफ्नै घरको माथिल्लो तल्लामा मृत अवस्थामा फेला पर्नुभएको हो । उहाँको गलामा सलको पासो कसिएको अवस्थामा छ । सल घरको दलिनमा बाँधिएको छ र सोही सलमा […]

मकवानपुरकी १३ बर्षीया गोले आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला

मकवानपुर १८ चैत । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ नागमारा निबासी १३ बर्षीया नीरा गोले आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पर्नुभएको छ । उहाँको शव घरको माथिल्लो तल्लामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले तु खबरलाई जानकारी दिएको छ । घटनाको प्रारम्भीक अनुसन्धानबाट आत्महत्या गरिएको जस्तो देखिएको भएपनि हत्या […]

मकवानपुरको कुन स्थानीय तहमा विदेशबाट आउनेको संख्या कति ?

मकवानपुर १५ चैत । मकवानपुरमा हालसालै विदेशबाट आउनुभएका नेपालीहरुको तथ्याङ्क सार्वजनिक   गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुरको १० वटै स्थानीय तहमार्फत् उक्त तथ्याङ्क संकलन गरी    सार्वजनिक गरेको छ । उहाँहरुलाई कोरोना भाइरसको संक्रमणको जोखिम उच्च हुने भएकोले उहाँहरुको स्वास्थ्य अवस्था हेरेर सामान्य भए होम क्वारेन्टाइनमा र शंकास्पद भए हेटौँडा अस्पतालको व्यवस्थापनमा स्थानीय […]

पत्रकार शिवकुमारले देख्नुभएको थियो हिरा लुट्ने समूहलाई

मकवानपुर १० चैत । हिजो आइतबार करिब ३ः३० बजेको थियो, गोरखापत्र दैनिकमा आवद्ध पत्रकार शिवकुमार काशी, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान र छटु साह (प्राविधिक) मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ५ मा यात्राको क्रममा पुग्नुभएको थियो । उहाँहरुले चौकीटार भन्ने ठाउँमा पुगेपछि ४ जना मान्छे देख्नुभयो । अघिपछि गाउँमा कहिल्यै नदेखेको मान्छे देखेपछि उहाँहरुले आपसमा […]

हेटौंडा–कुलेखानी सुरुङमार्ग निर्माणको लागि टेन्डर अह्वानको तयारी

हेटौँडा, ९ चैत्र । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले मदन भण्डारी राजमार्ग अन्र्तगत पर्ने हेटौँडा–कुलेखानी सुरुङमार्गको निर्माणको लागि टेन्डर आह्वान गर्ने कार्य तीब्रताका साथ अघि बढिरहेको बताउनुभएको छ । मन्त्री फुँयालले प्रदेशका १३ वटै जिल्लामा हरितनगरको पूर्वाधार विकासको गुरुयोजना तयार भइरहको उल्लेख गर्नुहुँदै हेटौंडा–कुलेखानी सुरुङमार्ग निर्माणको लागि बैशाखको तेस्रो हप्ताभित्रै टेन्डर […]

मकवानपुरको इन्द्रसरोवरलाई ‘नयाँ सहर’ बनाइने

हेटौंडा, २४ फागुन । काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या चाप नियन्त्रण गर्न सरकारले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकालाई नयाँ सहर बनाउने भएको छ । मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र इन्द्रसरोवरलाई सरकारले १० वटा नयाँ सहर निर्माण गर्ने योजनाको सूचिमा राखेको छ । केही वर्षदेखि काठमाडौं उपत्यकाको जनसंख्या बढ्दै गएकाले सीमा जोडिएका जिल्लामा आधुनिक सहरको विस्तार गर्ने योजना सरकारको छ । […]

भीमफेदी–कुलेखानीको जोखिम सडक फराकिलो पारिँदै

हेटौंडा, २३ फागुन । हेटौंडा–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत् भीमफेदी–कुलेखानी सडक खण्ड फराकिलो बनाउने काम तीव्र गतिमा भइरहेको छ । दुर्घटनाको अति नै जोखिमयुक्त भीमफेदी र कुलेखानी जोड्ने १६ किलोमिटर सडकलाई १ वर्षभित्र सम्पन्न गर्ने गरी सडक स्तरोन्नती गर्ने काम भइरहेको छ । यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले प्रदेश राजधानी र केन्द्रीय राजधानी जोड्ने सबैभन्दा छोटो […]

मकवानपुर प्रहरीद्वारा अवैध मासु बरामद

मकवानपुर, १९ फागुन । प्रहरी चौकी फाखेल मकवानपुरबाट खटिएको चेकिङ टोलीले पिकअप गाडीमा क्वारेन्टाईन कागजजात बिना ल्याएको अवैध मासु बरामद गरेको छ । आईतबार हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा १० च ३७९४ नम्बरको पिकअप गाडीमा ६० पोका खसीको मासु र ९ पोका भैंसीको मासु बरामद गरेको प्रहरीले जनाइएको छ । प्रहरीका अनुसार, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका […]

मकवानपुरकी एक महिला झुुण्डिएको अवस्थामा फेला

हेटौंडा, २२ माघ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ स्थित झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । बुधबार दिउँसो स्थानीय ६४ वर्षीया एक महिलाको शव आफ्नै घरको तेस्रो तल्लामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, स्थानीय सुनमाया घलानको शव झुण्डिएको अवस्थामा फेला परेको हो । […]

मकवानपुरमा व्यवसायिक प्याराग्लाइडिङका लागि निजी क्षेत्रको खोजी

हेटौंडा, २० माघ । मकवानपुरको प्रमुख पर्यटकीय स्थल मानव निर्मित इन्द्रसरोवर ताल परिसरमा प्याराग्लाइडिङका लागि निजी क्षेत्रको खोजी गरिएको छ । इन्द्रसरोबर गाउँपालिकाले व्यवसायिक प्याराग्लाइडिङका लागि निजी कम्पनीहरुको खोजी गरेको हो । निजी क्षत्रले प्याराग्लाइडिङ उडानका लागि अग्रसरता लिएमात्रै सम्भव हुने इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले बताए । गाउँपालिकाले इन्द्रसरोवरमा व्यवसायिक प्याराग्लाइडिङ उडान भर्दै पर्यटनमा […]

भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउने

हेटौंडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बाग्मती प्रदेश सरकारले अग्रसरता देखाएको छ । प्रदेश सरकारले अहिले सो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम गरिरहेको छ । सुरुङमार्ग निर्माणका लागि यसै वर्ष नै ठेक्का दिने तयारी गरिरहेको छ । सुरुङमार्ग निर्माणको अनुमति पाएको निजी क्षेत्रका नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) ले अहिलेसम्म सिन्कोसमेत भाँच्न नसक्दा […]

मकवानपुरको मार्खु–चित्लाङमा पर्यटकको भिड

मकवानपुर, २१ पुस । नयाँ वर्ष २०२० नजिकिएसँगै मकवानपुरको पर्यटकीय क्षेत्र मार्खु र चित्लाङ क्षेत्रमा पर्यटक बढेका छन् । पर्यटकीय क्षेत्र मार्खु र चित्लाङमा दैनिक पाँच सयभन्दा बढी पर्यटक आइरहेको इन्द्रसरोवर गाउँपालिका–४ का वडाध्यक्ष जमानसिं लामाले जानकारी दिए । पर्यटकका लागि लक्ष्य गरी गाउँपालिकाले प्याराग्लाइडिङ र राष्ट्रिय कलाकारहरूको उपस्थितिमा विशेष साँस्कृतिक कार्यक्रम गर्ने तयारीसमेत गरिरहेको वडाध्यक्ष लामाले […]

इन्द्रसरोवरमा प्याराग्लाइडिङको योजना अलपत्र

हेटौंडा, १६ पुस । मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य इन्द्रसरोवर गाउँपालिकामा २ पटक प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । विगतमै गाउँपालिकाको व्यवसायिक उडान भर्ने योजना अलपत्र परेको छ । २०७६ वैशाखमै गाउँपालिकाले मार्खुस्थित कुलेखानी जलविद्युत् आयोजनाको ताल इन्द्रसरोवरमाथि गुम्बा डाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको थियो । हिजो मंगलबार पुनः प्रदेश ३ सरकारले इन्द्रसरोबरमा प्याराग्लाइडिङको परीक्षण गर्दै […]

फाइल तस्बिर

मकवानपुर सुमो दुर्घटनाः मृतक सबैको सनाखत, २ दम्पतीको मृत्यु

हेटौंडा, ११ पुस । मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं। ३ ओखरेडाँडा नजिकै शुक्रबार टाटासुमो दुर्घटना भएको छ । सुमो दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् । काठमाडौंबाट चन्द्रनिगाहापुरको लागि हिँडेको शिखरापुर यातायात प्रालीद्धारा सञ्चालित ना १ ज ३४३३ नम्बरको टाटासुमो अनियन्त्रित भई दुर्घटनामा परेको हो । मध्यान्ह १२ः३० बजे टाटासुमो अनियन्त्रित भइ सडकबाट २ […]

फाइल तस्बिर

मकवानपुरमा सुमो दुर्घटनाः मृतकको संख्या ५ पुग्यो, ३ जनाको सनाखत

हेटौंडा, ११ पुस । मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ ओखरेडाँडा नजिकै शुक्रबार टाटासुमो दूर्घटना भएको छ । सुमो दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् । काठमाडौंबाट चन्द्रनिगाहापुरको लागि हिँडेको शिखरापुर यातायात प्रालीद्धारा सञ्चालित ना १ ज ३४३३ नम्बरको टाटासुमो अनियन्त्रित भई दुर्घटनामा परेको हो । मध्यान्ह १२ः३० बजे टाटासुमो अनियन्त्रित भइ सडकबाट २ […]

इन्द्रसरोवर दूर्घटना अपडेट : तीन जनाको मृत्यु, ५ जना घाईते

हेटौँडा, ११ पुस । मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ ओखरे डाँडा नजिकै आज शुक्रबार भएको सुमो दूर्घटनामा परी तीन जनाको मृत्यु भएको छ  । चन्द्रनिगापुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३४३३ नं. को सुमो अन्दाजी ३ सय मिटर तल खसी दूर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको भीमफेदी प्रहरीले जनाएको छ । मृतकको सनाखत […]

मकवानपुरको इन्द्रसरोवरमा सुमो दूर्घटना

हेटौँडा, ११ पुस । मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ ओखरे डाँडा नजिकै आज शुक्रबार सुमो दूर्घटना भएको छ । काठमाडौंबाट तराईतर्फ जान आइरहेको नम्वर नखुलेको सुमो करिब ३०० मिटर तल खसी दुर्घटना भएको रासस मकवानपुरका समाचारदाता कृष्णराम परियारले जानकारी दिए । सिस्नेगरी प्रहरी, भीमफेदी प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी घटनास्थलतर्फ जाँदै […]

हेटौँडामा आजबाट बीपि कप सुरु, उद्घाटन खेलमा बकैया गापा र हेटौँडा– १ बिच प्रतिस्प्रधा हुने

मकवानपुर, १० पुस । मकवानपुरको हेटौँडा–४ हुप्राचौरमा आजबाट बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुदैछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको फुटबल प्रतियोगिताको बिहिबार (आज) बिहान ११:३० बजे उद्घाटन हुने आयोजकले जनाएको छ। आज हुने उद्घाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा– १ बिच प्रतिस्प्रधा हुने […]

जनयुद्वमा हराएका मकवानपुरका २५ जनाको खोजी जारी

हेटौंडा, ७ पुस । १० वर्षे जनयुद्वको क्रममा हराएका मकवानपुरका २५ जनाको हमलसम्म पत्ता लाग्न सकेको छैन् । २०५४ सालदेखी जनयुद्वको क्रममा विभिन्न समयमा जिल्लाका २५ जना बेपत्ता भएका थिए । बेपत्ता भएको दुई दशकभन्दा धेरै भैसक्दा पनि उनीहरुको पत्ता लाग्न नसकेको छानबिन आयोगले जनाएको छ । आयोगका अनुसार, उनीहरुको खोजी कार्य जारी रहेको छ […]

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घर निर्माण

हेटौँडा, ६ पुस । मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घरहरु निर्माण भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आईतबार (आज) हेटौंडामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रमका यसबारेमा जानकारी दिइएको हो । जिल्लामा पहिचान भएका कुल लाभग्राही भुकम्प पीडित ३४ हजार ३ सय १९ परिवार मध्येमा […]