राक्सिराङ गाउँपालिका

स्थानीयको गुनासो सुन्दै राक्सिराङ गाउँपालिका

मकवानपुर ३० चैत्र । गाउँपालिकाले प्रदान गरेको सेवा सुविधा, विकास निर्माणको कामबारेको प्रतिक्रिया साथै समस्या र स्थानीयको गुनासो सुन्न मकवानपुरको राक्सिराङ गाउँपालिकाले शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ८ मा वडा नं. ५ र वडा नं. ७ का बासिन्दाको समेता सहभागितामा सार्वजनिक सुनुवाई गरिएको हो । राक्सिराङ गाउँपालिकाको […]

एसइई परिक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण

मकवानपुर ८ चैत्र । यही चैत्र १० गतेदेखि सुरु हुने एसइई परीक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ हेटौंडाले जनाएको छ । १० गतेदेखि सुरु हुने परिक्षाको लागि मकवानपुरबाट ५ […]

७८ किलो गाँजासहित मकवानपुरका प्रजा पक्राउ

मकवानपुर ४ चैत्र । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक पवन कुमार झासहितको प्रहरी टोलीले ७८ किलो ५०० ग्राम लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ७ बस्ने २० वर्षिय दिपसन भनिने सर्गलाल प्रजा रहेका छन् । उनलाई ६ वटा बोरा र सानो १ वटा प्लास्टिकको […]

मकवानपुर केन्द्रविन्दु भएर गयो भुकम्प

मकवानपुर,४ चैत्र । मकवानपुरमा केन्द्रविन्दु भई आज बिहान ४.१ रेक्टर स्केलको भुकम्प गएको छ । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भई २०७२ साल बैशाख १२ गतेको भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँसहित मकवानपुर, धादिङ्ग, नुवाकोट र काभ्रेमा पनि महशुस भएको छ ।

लागुऔषध अफिमसहित मकवानपुरका एक जना पक्राउ

मकवानपुर, २१ फागुन । लागुऔषध तयारी अफिमसहित प्रहरीले मकवानपुरको एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बस्ने ४९ वर्षीय भक्तबहादुर ब्लोन रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक पवन कुमार झासहितको टोलीले ब्लोनको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा ब्लोनलाई […]

काँग्रेसको देविटारमा साधारण सदस्यता वितरण

मकवानपुर, २१ फागुन । नेपाली कांग्रेस मकवानपुरले पश्चिमी क्षेत्र राक्सीराङ–८, देविटारमा मंगलबार क्रियाशिल सदस्यता एवं साधारण सदस्यता वितरण गरिएको छ । नेपाली कांग्रेस ८ नम्बरका वडा सभापति राजकुमार स्याङतानको सभाध्यक्षता एवं जिल्ला सचिव, राक्सीराङ गाउँपालिका संयोजक बुद्ध लामाको प्रमुख आतिथ्यतामा साधारण सभा वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा ५५ जनाको क्रियाशिल वितरण तथा ३५ जना […]

नेपाल राष्ट्रिय शिक्षक संगठन राक्सिराङको गाउँपरिषद सम्पन्न

मकवानपुर १९ फागुन । नेपाल राष्ट्रिय शिक्षक संगठन राक्सिराङ गाउपालिकाको गाउँपरिषद शनिबार सम्पन्न भएको छ । शिक्षक संगठन प्रदेश नं ३ का सचिवालय सदस्य मोहन शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठन गाउँपालिका अध्यक्ष श्री बहादुर भ्लोनको अध्यक्षतामा सम्पन्न भएको हो । परिषदमा संगठनले सम्पन्न गरेको गत वर्षको कार्य समीक्षा एवम् आगामी वर्षको कार्ययोजना प्रस्तुत गरिएको […]

मकवानपुर प्रहरीद्वारा ८४ किलो ४०० ग्राम लागूऔषध गाँजा बरामद

मकवानपुर १४ फागुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको पहरी निरिक्षक पवन कुमार झाको नेतृत्वमा खटिएको प्रहरी टोलीले ८४ किलो ४ सय ग्राम लागूऔषत गाँजा बरामद गरेको छ । सोमबार विशेष सूचनाको आधारमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ६ स्थित जित बहादुर स्याङ्तानको घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले उक्त लागूऔषत बरामद गरेको हो । […]

मकवानपुरको राक्सिराङबाट १३७ केजी लागूऔषध गाँजा बरामद

मकवानपुर १३ फागुन । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ ढुंखेलस्थित कुमार स्याङ्तानको घरबाट आइतबार प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा रातो प्लास्टिक र बोराहरुमा राखिएको १३७ केजी लागूऔषध गाँजा फेला पारी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक पवन कुमार झाको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उक्त लागूऔषत गाँजा बरामद […]

चेपाङलाई युवा नेता नवराज थिङले गरे आर्थिक सहयोग

मकवानपुर २९ माघ । दुर्घटनामा परेर खुट्टा काट्न बाध्य भएका नेपाली कांग्रेसका साविक राक्सिराङ गाविस सभापति जितन चेपाङलाई तरुण दल मकवानपुरका युवा नेता नवराज थिङले आर्थिक सहयोग गरेका छन् । खुट्टा काटेर अस्पतलमै उपचारको क्रममा रहेका चेपाङलाई भेटेर थिङले नगद ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । यसअघि उपचारको लागि भन्दै प्रदेश नम्बर ३ का […]

मकवानपुर प्रहरीद्वारा १ सय ५२ किलो लागूऔषध गाँजा बरामद

मकवानपुर २८ माघ । ३ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधु कुमार थापाको नेतृत्वमा खटिएको संयूक्त प्रहरी टोलीले १ सय ५२ किलो लागूऔषत गाँजा बरामद गरेको छ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. २ सुनारीसौडास्थित केही घरगोठहरुमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा उक्त […]

गाउँपालिकामा मनलाग्दी : आधिकारिक धारणा कस्ले राख्ने हो ?

मकवानपुर । गाउँपालिकाहरुले आफ्ना कार्यालयको आधिकारिक धारणा को मार्फत् सार्वजनिक गर्ने भन्ने निक्र्यौल नगर्दा अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य सबैले मनलाग्दी बोल्दै हिड्न थालेपछि यसले अन्यौल सिर्जना गरेको छ । गाउँपालिकाभित्र दीर्घकालिन असर पर्ने विषयहरुमा समेत निर्वाचित जति सबैले आफूलाई लागेको कुरा बोल्दै हिड्न थालेका छन् । गाउँपालिकाको धारणा कसले सार्वजनिक गर्ने हो, अहिले पनि अन्यौलै […]

मकवानपुरमा ७७ हजारले गराए स्वास्थ्य विमा

मकवानपुर २७ माघ । मकवानपुर जिल्लामा ७७ हजार जनाले स्वास्थ्य विमा गराएका छन् । स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत जिल्लाको १३ हजार ४ सय १२ परिवारका ७७ हजार २ सय ८७ जनाले बीमा गराएका स्वास्थ्य विमा कार्यक्रमका जिल्ला संयोजक नरबहादुर खड्काले जानकारी दिए । जिल्लामा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकामा विमा भएको छ । स्वास्थ्य विमा […]

भोलि शैक्षिक हड्ताल : ज्वाला

मकवानपुर । विप्लवले नेतृत्व गरेको नेकपाको विद्यार्थी संगठनले भोलि देशभरि शैक्षिक हड्ताल गर्ने भएको छ । मकवानपुर पार्टी संयोजक ज्वालाले बताए अनुसार, मकवानपुरमा पनि विद्यार्थी संगठनले शैक्षिक हड्ताल गर्नेछ । विप्लव आवद्ध विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्दू विकलाई झुठा मुद्धा लगाई पक्राउ गरिएको आरोप सो पार्टीनिकट विद्यार्थी संगठनको छ । यससँगै एनसेलले कर छली गरेकोमा […]

‘अब १५/२० दिनमा दमकल आउँछ ’ : मेयर महत

मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर हरिबोल महतले अबको १५/२० दिनभित्र नयाँ दमकल आउने बताएका छन् । तु खबरसँग कुराकानी गर्दै मेयर महतले केही काम बाँकी भएकाले सो पूरा गरी ढिलोमा २० दिनभित्र हेटौंडा उपमहानगरपालिकामा नयाँ दमकल आउने बताएका हुन् । एउटा गतिलो दमकल नहुँदा हेटौंडा उपमहानगरपालिकावासीलाई निकै समस्या पर्ने गरेको छ । केही समय अघि […]

काँग्रेसका नेता बानियाँले गरे राक्सिराङका २ महिने बालकलाई उपचारको लागि आर्थिक सहयोग

मकवानपुर १४ माघ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिका–२, कुँडुलेका २ महिने बालकको उपचारको लागि सोमबार आर्थिक सहयोग गरेका छन् । बिगत १० दिनदेखि निमोनियाबाट पीडित भई आर्थिक अभावका कारण विचल्लीमा परेका राक्सिराङ्ग–२, कुडुलेका दुई महिने बालक योशेफ प्रजालाई उपचारमा सहज होस् भन्दै नेता […]

मकवानपुरको दुई स्थानमा चट्याङबाट १० जना घाइते

मकवानपुर १२ माघ । मकवानपुर जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा शुक्रबार राति र शनिबार बिहान परेको चट्याङबाट १० जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ९ भदौरेमा शनिबार विहान चट्याङ लागेर पाँच जना घाइते भएका छन् भने पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङका कारण शुक्रबार साँझ पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले […]

पश्चिमी मकवानपुरमा ठकुरी सजमा गठन

हेटौंडा, ६ माघ । मकवानपुरको पश्चिमी क्षेत्रमा ठकुरी समाज गठन भएको छ । कैलाश र राक्सिराङ गाउँपालिकामा बसोबास गर्दै आएका ठकुरीहरुको भेलाले कमिटि गठन गरेको छ । शनिबार राक्सिराङमा भएको भेलाले प्रकाश रंगालीको अध्यक्षतामा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा गोमा शाह, सचिव दिपेन्द्र मल्ल, कोषाध्यक्ष जीवन ठकुरी, सह–सचिव पुरन शाह रहेका छन् । […]

राक्सिराङका चेपाङहरुलाई ४६५ थान कम्वल वितरण

राक्सीराङ, १७ पौष । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले राक्सीराङ १,२,३ र ४ नम्बर वडाका ४ सय ६५ थान चेपाङहरुलाई बुधबार कम्बल वितरण गरेको छ । जाडोको समयमा चेपाङका परिवारहरु कठ्याङ्ग्रिएर बस्न नपरोस् भन्दै सभापति बानियाँले राक्सीराङका ४ वटा वडाका चेपाङ परिवारलाई […]

रामबहादुर बम्जन उर्फ लिटिल बुद्धले के के मच्चाए बितण्डा ?

मकवानपुर १३ पौष । बारा जिल्लाको रतनपुर गाविसमा रहेको सामुदायिक बनमा तपस्या गरेर आफु ‘लिटिलबुद्ध’ हुँ भन्दै जनतालाई भ्रममा पार्दै आइरहेका रामबहादुर बम्जन विरुद्ध उजुरी परेको छ । मकवानपुरका २ जनालाई बेपत्ता पारेको भन्दै उनीविरुद्ध मकवानपुर प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले उनलाई खाजेर पक्राउ गर्ने प्रयास गरिरहेको छ । सुरुवाती चरणमा तपस्या गरेर बसेका भनिएका […]