राक्सिराङ गाउँपालिका

नागरिकको सूचना हक कार्यान्वयन गर्न राक्सिराङको प्रतिबद्धता

हेटौंडा, १२ फागुन । मकवानपुरको राक्सिराङ गाउँपालिकाले नागरिकको सूचनाको हकलाई पूर्ण रुपमा स्थापित गर्न, सबै प्रकारका आवश्यक सूचना प्रदान गर्न र सूचना पाउने सहज वातावरण निर्माण गर्न प्रतिबद्धता जनाएको छ । आज सोमबार सकिएको दुईदिने सूचनाको हक सम्बन्धी तालिममा गाउँपालिकाले आफ्ना नागरिकलाई संविधानपद्धत नागरिकको मौलिक अधिकार सूचनाको हकलाई पूर्णतः कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको हो । […]

राक्सिराङमा निःशुल्क लोकसेवा तयारी कक्षा

हेटौंडा, २ फागुन । मकवानपुरको राक्सिराङ गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा प्रवेश गर्न चाहाने विद्यार्थीहरुलाई टेवा पुर्याउने उद्देश्यले निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हो । आज शुक्रबार लोकसेवा अभिमुखीकरण तथा तयारी कक्षा सञ्चालन कार्यक्रमको उद्घाटन गरिएको छ । बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङले तयारी कक्षा शुभारम्भ कार्यक्रममा बोल्दै […]

मकवानपुर प्रहरीद्वारा अवैध गाँजा बरामद

हेटौंडा, २९ माघ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ परेवाभिरबाट ३ किलो लागूऔषध गाँजा बरामद गरेको छ । सोमबार साँझ प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले उक्त परिणामको गाँजा बरामद गरेको हो । परेवाभिरबाट मनहरीतर्फ आइरहेका २ जनाले प्रहरीलाई देख्नासाथ झोला फाली फरार भएको प्रहरीले जनाएको छ । बरामद गाँजालाई नियन्त्रणमा लिई फरार व्यक्तिको खोजीकार्य […]

मकवानपुरबाट अवैध गाँजा बरामद

हेटौंडा, २७ माघ । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ च्याम्राङ डाँडाबाट प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ । मकवानपुर प्रहरीले आईतबार राक्सिराङ च्याम्राङ डाँडाबाट करिब ९ किलो बरामद गरेको हो । उक्त गाँजा प्रहरी चौकी चैनपुरबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो । प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले प्लास्टिकको झोला छोडेर फरार भएपश्चात प्रहरीले झोला तालसी गर्दा […]

चमेरोको मासुबाट कोरोना भाइरस सर्ने डरले मकवानपुरमा यस्तो ‘उर्दी’

हेटौंडा, २७ माघ । मकवानपुरको सबैभन्दा बढी चमेरो पाइने राक्सिराङ गाउँपालिकामा चमेरोको मासु नखान स्थानीय सरकारले उर्दी जारी गरेको छ । चमेरोको मासुबाट चीनमा कोरोना भाइरस सरेको पाइएपछि चमेरोको मासु खानबाट स्थानीयबासीलाई रोक्ने प्रयत्न राक्सिराङ गाउँपालिकाले गरिरहेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले चमेरोको मासु नखान स्थानीयलाई आग्रह गरेको बताए । राक्सिराङ गाउँपालिका वडा नं […]

मकवानपुरबाट साढे १७ किलो गाँजा बरामद

हेटौंडा, २४ माघ । मकवानपुर प्रहरीले साढे १७ किलो लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बानकिन टोलबाट १७ किलो ७ सय ग्राम गाँजा बरामद गरेको हो । उक्त गाँजा प्रहरी चौकी चैनपुरबाट खटिएको गस्ती टोलीले बिहिबार बरामद गरेको हो । प्रहरीलाई देखी अपरिचित पुरुषले प्लास्टिकको बोरा छाडी फरार […]

मकवानपुर प्रहरीद्वारा ९० किलो गाँजा बरामद

हेटौंडा, २३ माघ । मकवानपुर प्रहरीले बुधबार ९० किलो लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–५ जिर्खे डाडाँस्थित चौरबाट उक्त परिणामको गाँजा बरामद गरेको हो । सो गाँजा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बरामद गरेको हो । उक्त घटनाको विषयमा मकवानपुर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

२० किलो चरेशसहित मकवानपुरका चार जना पक्राउ

मकवानपुर, २१ माघ । बेनिघाट रोराङ गाउँपालिका–४ बाट चरेशको खरिद विक्रीको मोलमोलाई हुँदै गरेको अवस्थामा प्रहरीले मकवानपुरका चार जनासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सीराङ गाउँपालिका–९ स्थायी घर भइ हाल बेनिघाट रोराङ गाउँपालिका–२ काफलफेदी बस्ने सुकलाल गोम्वो, भीमलाङ गोम्वो, पासाङ तामाङ, कान्छामान स्याङतान र म्याग्दीको मालिका गाउँपालिका–२ दरवाङ बस्ने तिलक विश्वकर्मा […]

राक्सिराङ गोल्डकपको उपाधि ३ नम्बर वडालाई

हेटौंडा, १८ माघ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आयोजना गरेको दोस्रो राक्सिराङ गाउँपालिका गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन ३ नम्बर वडाले जितेको छ । गोल्डकपको फाइनलमा ४ नम्बर वडालाई ०–१ गोलले पराजित गर्दै दोस्रो पटक ३ नम्बर वडाले उपाधि उचालेको हो । खेलमा सुजनकुमार ओझाले निर्णायाक गोल गरे । खेलमा ४ नम्बर वडाले गोल गर्ने थुप्रै अबसरलाई […]

अवैध गाँजासहित मकवानपुरका दुई जना पक्राउ

हेटौंडा, १२ माघ । अवैध लागूऔषध गाँजासहित मकवानपुरका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. २ बस्ने ४२ कान्छाराम मुक्तान र सोही गाउँपालिका वडा नं. ९ बस्ने ३५ वर्षीय ज्ञान बहादुर प्रजा रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पहरी सहायक निरीक्षक दमन तामाङको कमाण्डमा […]

हेटौंडामा दोस्रो सोनाम ल्होसार महोत्सव सम्पन्न

हेटौंडा, १२ माघ । तामाङ समुदायको महान पर्व २८५६ औं सोनाम ल्होछारको अवसरमा हेटौँडामा दोस्रो सोनाम ल्होसार सम्पन्न भएको छ । हेटौंडाको टिसिएन चौर (भुटनदेबी पार्क) मा शुक्रबारबाट सुरु भएको महोत्सव शनिबार सम्पन्न भएको हो । महोत्सवको पहिलो दिन सातौ सेलो नृत्य प्रतियोगिता भएको थियो भने दोस्रो दिन नेपाल झाक्री संघको महिला झाक्रीहरुको विशेष प्रस्तुति […]

राक्सिराङ–६ का बृद्धबृद्धा तथा अशक्त व्यक्तिलाई सिरक वितरण

मकवानपुर, १० माघ । मकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ गाउँपालिका वडा नं ६ को वडा कार्यालयले वडाभित्र रहेका बृद्धबृद्धा तथा शारीरिक अशक्त भएका व्यक्तिलाई सिरक वितरण गरेको छ । वडा कार्यालयले गाउँसभाबाट बिनियोजित बजेट बमोजिम वडाभित्रका १२२ जना ज्येष्ठ नागरिक तथा पूर्र्ण अपाङ्गता भएका व्यक्तिहरुलाई सिरक वितरण गरेको ६ नम्बर वडाध्यक्ष सिंगलाल चेपाङले जानकारी दिए । […]

काँग्रेस राक्सिराङ गापाको सभापतिमा जिम्बा, सहसभापतिमा प्रजा

हेटौंडा, ६ माघ । नेपाली काँग्रेस राक्सिराङ गाउँपालिकाको सभापतिमा बिरेन्द्र जिम्बा र सहसभापतिमा जितन प्रजा चयन भएका छन् । मकवानपुरको संघिय क्षेत्र नम्बर २ को प्रदेश ख अन्र्तगत रहेको राक्सिराङ गाउँपालिकाको कांग्रेस सभापतिमा जिम्बा र सहसभापतिमा जितनलाई चयन गरेको केन्द्रीय प्रतिनिधि एवं निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । उनीहरुलाई काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय […]

मकवानपुरको दुई स्थानमा एकीकृत बस्ती निर्माण हुँदै

हेटौंडा, १ माघ । मकवानपुरका दुई स्थानमा एकीकृत वस्ती निर्माण गरिने भएको छ । जिल्ला आयोजना इकाई भवन कार्यालयले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमार्फत एकीकृत वस्ती निर्माण गर्न लागेको हो । राक्सिराङ गाउँपालिका–५ का सकुम्बासी लाभग्राही र कैलाश गाउँपालिका—१० म्याङसेदुङस्थित जोखिम बस्तीका १० जना लाभग्राहीलाई एकीकृत वस्ती निर्माण गरिने जनाइएको छ । राक्सिराङका १० घर लाभग्राहीलाई मनहरी […]

मकवानपुर प्रहरीद्वारा ५२ किलो लागूऔषध गाँजासहित चार जना पक्राउ

हेटौंडा, १९ पुस । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे र चुरियामाईबीच जंगलस्थित पूर्व–पश्चिम लोकमार्गको सडकखण्डबाट गएराति प्रहरीले ३२ किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भई हाल मोतिहारी पूर्वी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने ३७ वर्षीय दिलिप कुमार सिंह, रघुनाथपुर बस्ने १८ वर्षीय उज्जल कुमार ठाकुर र […]

लागूऔषध रोगथाम तथा नियन्त्रणको दोस्रो चरणको अभियान जारी : दोस्रो दिन १२ बिगाहा गाँजा फडानी

मकवानपुर, ११ पुस । मकवानपुर प्रहरीले गाँजा तथा अफिम फडानी एवं लागूऔषधको रोकथाम तथा नियन्त्रणको लागि संचालन गरेको दोस्रो चरणको दोश्रो दिन १२ बिगाहामा लगाईएको गाँजा  खेती फडानी गरी नष्ट गरिएको छ । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं. ८ को ६ बिगाहामा लगाईएको लागूऔषध गाँजा खेती फडानी गरेको छ । प्रहरी सहायक निरीक्षक श्याम […]

मकवानपुर प्रहरीद्वारा ११ बिगाहाको गाँजा तथा अफिम फडानी

मकवानपुर । मकवानपुर प्रहरीले गाँजा तथा अफिम फडानी एवं लागूऔषधको रोकथाम तथा नियन्त्रणको लागि विशेष अभियान अन्तर्गतको दोस्रो चरणको काम सुरु गरेको छ । मकवानपुर प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट ११ बिगाहामा लगाएको गाँजा तथा अफिम खेती नष्ट गरिएको छ । जसअनुसार, मकवानपुर प्रहरीेले ७ बिगाहामा लागाएको गाँजा र ४ बिगाहा लगाएको अफिम […]

हेटौँडामा आजबाट बीपि कप सुरु, उद्घाटन खेलमा बकैया गापा र हेटौँडा– १ बिच प्रतिस्प्रधा हुने

मकवानपुर, १० पुस । मकवानपुरको हेटौँडा–४ हुप्राचौरमा आजबाट बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुदैछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको फुटबल प्रतियोगिताको बिहिबार (आज) बिहान ११:३० बजे उद्घाटन हुने आयोजकले जनाएको छ। आज हुने उद्घाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा– १ बिच प्रतिस्प्रधा हुने […]

आज नेपालसहित विश्वभर क्रिसमस डे मनाइँदै

इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ । ‘क्रिसमस डे’ भनिने आजको दिनमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट […]

मकवानपुरका अग्निपीडितको गुनासो : बाटोमै सकिन्छ राहत रकम

मकवानपुर । मकवानपुरको दुर्गम गाउँका एक अग्निपीडितको राहत रकम सदरमुकाम आउजाउ गर्दा नै सकिएको छ । जिल्ला प्रशासनबाट लिएको राहत रकम उनले घरसम्म पु¥याउन सकेनन्। मकवानपुरको कैलाश गाउँपालिका–४ धुसाराङका सोमनानसिंह चेपाङको घर गत मंसिर १७ मा जलेर नष्ट भयो । त्यसयता छिमेकीको छाप्रोको पेटीमा सातजनाको परिवार आश्रय लिएर बसेका छन्। घर जलेकालाई सरकारले राहत रकम […]