राक्सिराङ गाउँपालिका

हेटौंडाबाट अवैध लागूऔषध अफिमसहित थिङ पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङबाट अवैध लागूऔषध अफिमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ बस्ने ३५ वर्षीय पदमबहादुर थिङ रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लागूऔषध अफिम १ केजी ९ सय ५९ ग्रामसहित आइतबार […]

मकवानपुरका ५० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै

मकवानपुर । मकवानपुर जिल्लामा आजबाट ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको प्रदेश स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयले आजबाट खुवाउन सुरु गरिएको भिटामिन ‘ए’ र जुकाको औषधी जिल्लाको १० स्थानीय तहका ५० हजार २ सय बालबालिकालाई खुवाउने लक्ष्य रहेको जनाएको छ । त्यसको लागि जिल्लाको […]

वर्षामा परेवा भीरकै पिरलो

मकवानपुर । पहाडै पहाडको परेवा भिर अनि त्यहिँ मुनि उर्लीरहेको मनहरी खोलाको बिचबाट हिड्नु पर्ने बाध्यता राक्सिराङ र कैलाश गाँउपालिकाका स्थानीयलाई छ । कयौं सरकार फेरिए कयौं पटक चुनाव भए हरेक पटकको निर्वाचनमा परेवा भिरबाट मोटरबाटो चल्ने आश्वासन आइरह्यो तर पनि सडकै सडक मनहरी बजार आउने स्थानीयको रहर भने अझै पूरा हुन सकेन । राक्सिराङ […]

पूर्वाधार विकासमा राक्सिराङको नीति तथा कार्यक्रम – प्रत्येक वडामा मूल सडक, घरघरमा धारा र उज्यालो गाउँपालिका

मकवानपुर । राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएको छ । जनताले अनुभूति गर्नसक्ने र विकासका प्रतिफल प्राप्त हुने गरी रणनीति अवलम्वन गरेर महत्वपूर्ण र स्थायी संरचनाको विकास गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् । “कृषि, विद्युत, पर्यटन र पूर्वाधार, राक्सिराङ विकासको आधार” भन्ने नाराका साथ विकासका […]

मकवानपुरका १० स्थानीय तह – नीति तथा कार्यक्रम र अनुमानित बजेट यस्तो

मकवानपुर । मकवानपुरका ९ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि अनुमानित बजेट, वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र ७ वटा गाउँपालिकाले हिजो बुधबार अनुमानित बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । बागमती गाउँपालिकाले भने असार २० गते मात्रै सार्वजनिक गर्ने गाउँपालिकाका अध्यक्ष सर्केश […]

राक्सिराङको बजेट ५१ करोड १५ लाख, हेर्नुहोस् नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कूल ५१ करोड १५ लाख, २० हजार २ सय ७७ रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । आज बसेको सातौँ गाउँसभाको अधिवेशन बैठकमा अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । संघीय सरकारबाट ३६ करोड ७० लाख ९७ हजार २ सय […]

विरामीलाई उद्धार गर्न राक्सिराङको सबै वडामा हेलिप्याड

मकवानपुर । राक्सिराङ गाउँपालिकाका नागरिकले समयमै स्वास्थ्य सुविधा पाउन भन्नका लागि ९ वटै वडामा हेलिप्याड बनाउने गरी काम तीब्र गतिमा अघि बढाएको छ । ७ वटा वडामा हेलिप्याड बनिसकेको छ । अब २ वटा वडामा हेलिप्याड बनाउने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिएका छन् । भौगोलिक रुपमा विकट रहेको राक्सिराङमा नागरिकहरु […]

बानियाँद्वारा मृतकका परिवारलाई किरिया खर्च, घाइतेलाई उपचार खर्च सहयोग

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापती इन्द्रबहादुर बानियाँले हावाहुरीका कारण ज्यान गुमाएका र घाइते भएकाहरुको परिवारलाई राहत स्वरुप रकम हस्तान्तरण गरेका छन् । आफु सोही क्षेत्रको निर्वाचित प्रदेश सांसद भएकोले प्रदेश सरकारबाट आफुलाई प्राप्त हुने सेवा सुबिधा बापतको केही रकम मृतकको परिवारलाई किरिया खर्च स्वरुप र घाइतेलाई उपचार खर्च […]

मकवानपुरको राक्सिराङमा थप ५० बेर्डको क्वारेन्टाइन निर्माण

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा थप ५० बेर्डको क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ । भारतलगायत विदेशबाट आएका गाउँवासीहरुलाई मध्येनजर गर्दै वडा नम्बर ३ को सुर्योदय माविमा थप ५० बेर्डको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । उनका अनुसार, अध्यक्ष मल्लका अनुसार अहिले भारतबाट आएका १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उक्त क्वारेन्टाइनमा […]

मकवानपुरका कुन स्थानीय तहलाई कति बजेट (हेर्नुहोस् विवरण)

मकवानपुर । सरकारले हिजोको बजेट वक्तब्य मार्फत् मकवानपुरका स्थानीय तहलाई अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् रकम उपलब्ध गराउने भएको छ । मकवानपुरका १० वटै स्थानीय तहलाई वित्तीय हस्तान्तरण माफत् रकम उपलब्ध गराइएको हो । हेटौंडा उपमहानगरपालिकालाई ९९ करोड, थाहा नगरपालिकालाई ४० करोड, इन्द्रसरोबर गाउँपालिकालाई २१ करोड, कैलाश गाउँपालिकालाई २६ करोड, बकैया गाउँपालिकालाई ३९ करोड, बग्मती गाउँपालिकालाई […]

रुखले थिचेर मकवानपुरको राक्सिराङमा २ जनाको मृत्यु

मकवानपुर । आज मंगलवार आएको हावाहुरीको कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रुखले थिचेर २ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ले तु खबरलाई जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुनेमा राक्सिराङ् गाउँपालिका वडा नम्वर ५ का ५० बर्षकी बीरमाया प्रजा र वडा नम्वर ३ को बर्ष ६ का आयुस मगर रहेका छन् । मृतक प्रजाको […]

युनिलिभर फिडरमा जेठ २ गतेदेखि तीन दिनसम्म विद्युत कटौती हुने

मकवानपुर । नेपाल विद्युत प्राधिकरण हेटौंडाले युनिलिभर फिडर पुनः विद्युत कटौती गर्ने भएको छ । प्राधिकरणले युनिलिभर फिडर अन्तरगत पर्ने बसामाडी, मनहरी, हाँडीखोला र राक्सिराङलगायतका स्थानमा विद्युत कटौती गर्ने भएको हो । हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरका अनुसार, उक्त स्थानहरुमा भोली जेठ २ गतेदेखि तीन दिनसम्मका लागि बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म विद्युत […]

मकवानपुरको दुई गाउँपालिकामा दादुराको प्रकोप, १५ वर्षसम्मका बालबालिकालाई रुवेला खोप लगाइने

मकवानपुर । मकवानपुर जिल्लाको दुई वटा गाउँपालिकामा दादुराको प्रकोप देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ । निर्देशनालय हेटौंडाका निर्देशक रमेश प्रसाद अधिकारीका अनुसार, मकवानपुरको कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा यस रोगको प्रकोप देखा परेको हो । दादुराको प्रकोप देखापरेकाले दादुरा रुवेलाविरुद्धको खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी […]

राहत वितरणको लागि राक्सिराङ गएका कटुवालको मृत्यु

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ सिलिङमा राहत वितरणको लागि गएका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा धनकुटा प्रखिबास बस्ने अन्दाजी ५०–५५ वर्षीय खडक बहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिए । उनका अनुसार, दिगो विकासका लागि एकता नेपाल नामक संस्थाबाट […]

राक्सिराङ गाउँपालिकाले सामाजिक दुरी कायम गरेर विकास निर्माणको कार्य अघि बढाउने

मकवानपुर ९ बैशाख । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सामाजिक दुरी कायम गरेर विकास निर्माणको कार्य सूचारु गर्ने जनाएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लेले विज्ञप्ती जारी गर्दै लकडाउनको अवधिमा सामाजिक दुरी कायम राखेर विकास निर्माणको काम अघि बढाइने जानकारी दिए । त्यसैगरी गाउँपालिकाले गाउँघरमा कृषि उपजहरुको उत्पादनका लागि आवश्यक मलखाद, बीउबिजन, औषधी तथा खाद्यान्नहरुको नियमित आपूर्तिका […]

नेता बानियाँद्वारा राक्सिराङ र मनहरी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ३ लाख सहयोग

मकवानपुर २६ चैत । नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले मकवानपुरको राक्सिराङ गाउँपालिकालाई २ लाख र मनहरी गाउँपालिकालाई १ लाख सहयोग गर्नुभएको छ । गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा उहाँले सहयोग गर्नुभएको हो । मकवानपुर क्षेत्र नम्बर २ ख का सांसद समेत रहनुभएका बानियाँले केहीदिन अघि विज्ञप्ती जारी गर्दै घोषणा गरे बमोजिम राक्सीराङ गाउँपालिकाका अध्यक्ष […]

कोरोना संक्रमित भनिएका भारतीय नागरिक मकवानपुरको राक्सिराङमा भएको आशंका, अनुहार मिलेपछि स्थानीय त्रसित भए–अध्यक्ष मल्ल

मकवानपुर २५ चैत । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ मा १ जना भारतीय नागरिक फेला पर्नुभएको छ । आफ्नो नाम मात्रै बताउनसक्ने उहाँ किन र कति समयका लागि आउनुभएको हो भन्नेबारे कसैलाई पनि जानकारी छैन । भारतीय मिडियाले कोरोना संक्रमण देखिएपछि उपचार गराइरहेका एक जना नागरिक अस्पतालबाटै बेपत्ता भएको भन्दै बेपत्ता हुने नागरिकको खोजी […]

राक्सिराङका जनताको सेवामा खटिएका छौँ – प्रमुख प्रशासकीय अधिकृत आचार्य

मकवानपुर २५ चैत । मकवानपुरको राक्सिराङ गाउँपालिकाले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विभिन्न सचेतनाका कार्यक्रमहरु गरिरहेको छ । भौगोलिक रुपमा विकट राक्सिराङ गाउँपालिकाका जनताले लकडाउनको समयमा भोकै बस्न नपरोस भनेर गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य लगायत अन्य कर्मचारी र जनप्रतिनिधिहरु जनताको समस्याको सम्बोधन गर्न सक्रिय भइरहनु भएको छ । गाउँपालिकाले […]

विपन्नको सहारा बन्दै तरुण नेता भेटवाल

मकपानपुर २२ चैत । कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि सरकारले देशैभर लकडाउन गरेको छ । लकडाउनको समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्बाह गर्नेहरु विहान बेलुका हातमुख कसरी जोड्ने भन्ने चिन्तामा छन् । विशेषगरी मकवानपुरको राक्सिराङ गाउँपालिका भौगोलिक दृष्टिकोणले विकट मानिन्छ । दैनिक ज्यालादारी नगरीकन छाक टार्न नसक्ने परिवारको संख्या राक्सिराङमा मात्र करिब १ हजार […]

भक्तपुरको ईट्टा भट्टामा अलपत्र पर्नुभएका मकवानपुरका ७५ जनाको उद्दार

मकवानपुर १७ चैत । भक्तपुर नगरपालिका वडा नम्वर ९ स्थित हनुमान क्राफ्ट इट्टा उद्योगमा अलपत्र पर्नुभएका ७५ जनाको उद्वार गरिएको छ । नेपाली काँग्रेस बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँको पहलमा उहाँहरुलाई घरसम्म ल्याइएको हो । कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि सरकारले देशैभर लकडाउन गरेको थियो । जसका कारण मकवानपुरको राक्सिराङ् गाउँपालिका घर […]