मनहरी गाउँपालिका

मनहरीले गौतमबुद्ध रंगशालालाई सय टिपर गिट्टी, बालुवा दिने

हेटौंडा, २८ माघ । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई गिट्टी, बालुवा र काठ सहयोग गर्ने भएको छ । देशैभरीबाट रंगशाला निर्माणको लागि सहयोग जुटिरहेको अवस्थामा मनहरी गाउँपालिकाले पनि रंगशालालाई ५५ लाख मुल्य बराबरको सामग्री सहयोग गर्ने घोषणा गरेको हो । निर्माणाधीन रंगशालामा जारी धनधाञ्याचल महोत्सवमा पुगेर सोमबार गाँउपालिका अध्यक्ष […]

मकवानपुरको मनहरीमा प्रदेश सरकारले कागज उद्योग स्थापना गर्ने

हेटौंडा, २४ माघ । बागमती प्रदेश सरकारले मकवानपुरको मनहरीमा कागज उद्योग स्थापना गर्ने भएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मनहरी गाउँपालिका–८ मा कागज उद्योगको स्थापना गर्ने भएको हो । मन्त्रालयले उक्त उद्योग २ अर्ब रुपैयाँको लागतमा बनाउन लागेको जनाएको छ । कागज उद्योग सञ्चालन गर्नका लागि मन्त्रालयका सचिव शिव वाग्लेको संयोजकत्वमा […]

घर बनाउने भन्दै मनहरी खोला दोहन, निकुञ्ज कर उठाउँदै

हेटौंडा, २२ माघ । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी खोलामा अवैध उत्खनन् भइरहेको पाइएको छ । मंगलबार जिल्ला अनुगमन समितिले मनहरी खोलामा व्यापाक नदीजन्य पदार्थ अवैध तरिकाले उत्खनन् गरिरहेको भेटाएको हो । सुमदायको नाममा घर बनाउन भन्दै मनहरी खोला दोहन गरेर क्रसरमा नदीजन्य पदार्थ थुपार्ने काम भइरहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा अनुगमन समिति संयोजक […]

पशुपतिनाथ माविलाई ४० लाख दिने नेता बानियाँको घोषणा

हेटौंडा, १८ माघ । बागमती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियँले  मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविलाई ४० लाख रुपैयाँ दिने घोषणा गरेका छन् । नेता बानियाँले शुक्रबार उक्त विद्यालयमा अभिभावक भेलाको उद्घाटन गर्दै आगामी बर्षको सांसद विकास कोषको ४० लाख रुपैयाँ पशुपतिनाथ माविको ब्याबसायिक भवन निर्माणका लागि प्रदान गर्ने घोषणा गरेका हुन् । उनले […]

सुनको सिक्री लुट्ने मकवानपुरका राईसहित दुई जना पक्राउ

मकवानपुर, १६ माघ । काठमाडौंको नयाँ बसपार्कस्थित सडकबाट सुनको सिक्री लुट्ने मकवानपुरका एक जनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको मनहरी गाउँपालिका–३ घर भई बालाजु बस्ने ३१ वर्षीय सुविना राई र लम्जुङ्गको सुन्दरवजार नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२६ मित्रनगर बस्ने २७ वर्षीय मनबहादुर घर्ती रहेका छन् । घर्ती र राईलाई बाग्लुङ्गको […]

मकवानपुरले राष्ट्रवादी र जनप्रेमी नेता गुमायोः कमल थापा

हेटौंडा, १४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मकवानपुरे राष्ट्रवादी र जनप्रेमी नेता गुमाएको बताएका छन् । आज राप्रपा मकवानपुरका नेता तथा समाजसेवी स्वर्गीय गोविन्द रिजालको हेटौंडामा आयोजित श्रद्धाञ्जली सभालाई संबोधन गर्दै पुर्व उपप्रधानमन्त्री थापाले रिजालको निधनले एक सच्चा राष्ट्रवादी र जनप्रेमी व्यक्तित्व जिल्लाले गुमाएको बताए । अत्यन्तै असहज अवस्थामा पनि विचार […]

मनहरी–५ मा शुभकामना आदान–प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

मकवानपुर । मकवानपुरको मनहरी गाँउपलिका वडा नं ५ मा शुभकामना आदान–प्रदान तथा बृहत साँस्कुतिक कार्यक्रम सम्पन्न भएको छ । शनिबार ह्याङला तामाङ समाजको आयोजनामा तामाङ समुदायको २८५६ औ सोनाम ल्होसारको अवसरमा शुभकानमा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । संस्थाको अध्यक्ष मिनबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य राजाराम स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो […]

मउवा संघ पश्चिमी क्षेत्रका सभापति गोविन्द रिजालको निधन

हेटौंडा, ६ माघ । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजालको निधन भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । क्यान्सर रोगबाट पीडित रिजालको आइतबार बेलुकी भरतपुरमा उपचारका क्रममा निधन भएको हो । रिजाल उत्तरी मकवानपुरका सामाजिक अभियन्ता एवं राजनैतिक व्यक्तित्वको रुपमा परिचित थिए । उनको नेतृत्वमा पश्चिम मकवानपुरको आर्थिक केन्द्रको […]

मनहरीमा बसको ठक्कबाट स्याङतानको मृत्यु

हेटौंडा, ५ माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ स्थित गएराति बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय भीमराज स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको […]

मनहरीमा हात्तीको यस्तो रजाईं (९ तस्बिरमा हेर्नुहोस्)

हेटौंडा, ३ माघ । मनहरीमा केही दिनदेखि जंगली हात्तीले रजाईं गरिरहेको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट मनहरीको वस्तीतर्फ छिरेर आतंक मच्चाउँदै आएको हात्तीले एक वृद्धको ज्यान लिएको छ । हात्ती आतंकले एक महिला घाइते भएकी छिन् भने राजमार्गमा गुडिरहेको अटोमाथि क्षति पुर्याएको थियो । अटो चालकले भने भागेर ज्यान जोगाए । हात्ती खेद्ने अभियानमा मनहरीबासी […]

हात्ती पस्यो मनहरीको लामिटार, २ सय ५० घरपरिवार त्रासमा

हेटौंडा, ३ माघ । यो साता मनहरीमा आतंक मच्चाउँदै आएको जंगली हात्ती अहिले साँझबाट मनहरी गाउँपालिकाको वडा नं. ३ लामिटार छिरेको छ । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार लामिटारका २ सय ५० घरधुरी त्रसित छन् । उनले १५ मिनेट अगाडि मनहरीको वडा नं. ५ रन्चेडाँडाबाट लामिटारतर्फ छिरेको तु खबरलाई जानकारी दिए । ‘भर्खरै साँझ […]

मनहरीमा वितण्डा मच्चाउने हात्ती कहाँ पुग्यो ?

हेटौंडा, ३ माघ । मनहरी गाउँपालिकामा यो साता जंगली हात्तीले वितण्डा मच्चायो । हात्तीको आक्रमणमा परी एक वृद्धको ज्यान गयो, एक महिला घाइते भइन् । हिजो साँझ मुख्य राजमार्गमा गुडिरहेको अटोमाथि नै हात्तीले आक्रमण गर्यो । हात्ती आएको देखेपछि अटो राजमार्गमै छोडेर चालक भागे जस्ले गर्दा उनको ज्यान भने जोगियो । हात्ती खेद्ने अभियानमा मनहरीबासी […]

मनहरीमा जंगली हात्तीको आक्रमणबाट अटोमा क्षति

मकवानपुर, ३ माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. २ र ३ को सिमानास्थित ठाडोखोलामा बिहिबार जंगली हात्तीको आक्रमणबाट अटोमा क्षति पुगेको छ । हात्तीको आक्रमणबाट प्रदेश नं. ३–०३–००१  ह २३९ नम्बरको अटोमा क्षति पुगेको हो । हात्तीको आक्रमणबाट मानबीय क्षति भने नभएको जिल्ला प्रंहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, जंगलबाट हात्ती आएको […]

मनहरीमा जंगली हात्तीले आतङ्क मच्चाएपछि स्थानीयमा यस्तो सूचना

हेटौंडा, २ माघ । मध्यवर्ती उपभोक्ता समिति मनहरीले केही दिनदेखि मनहरीका ३ वटा वडामा जंगली हात्ति आएपछि स्थानीयबासीमा सूचना जारी गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीले आतंक मच्चाउन थालेपछि मध्यवर्ती क्षेत्रका गाउँका बासिन्दाहरु रातभर अनिदो बस्न बाध्य भएका छन् । मनहरी गाउँपालिका वडा नं २ स्थित ठाडोखोला र गोगनघारी क्षेत्रका दुई सय […]

‘मनहरीको बालमैत्री घोषणासभा नै बालमैत्री छैन’– मुख्यमन्त्री पौडेल

हेटौंडा, २८ पुस । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार र सडकको मात्रै विकास ठान्ने परिपाटीलाई अन्त्य गर्नुपर्ने बताएका छन् । आज सोमबार मकवानपुरको मनहरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन भएको गाउँपालिकाको रुपमा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले विकास देखिने खालको मात्रै नभएको स्पष्ट पारे । उनले मनहरी गाउँपालिकाको बालमैत्री घोषणासभा नै […]

मकवानपुरकी ८० वर्षीया वृद्धाको हात्तीको आक्रमणबाट मृत्यु

मकवानपुर, २८ पुस । हात्तीको आक्रमणबाट मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ मेलडाँडाकी ८० वर्षीया वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मैया थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको । सोमबार बिहान घरभन्दा २–३ किलामिटर पश्चिम तर्फ रहेको पर्सा बन्यजन्तु आरक्षण जंगलमा गएकी उनको जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । […]

मनहरी बालमैत्री घोषणा कागजमै सीमित नहोस्ः उपप्रधानमन्त्री पोखरेल

हेटौंडा, २८ पुस । सरकारका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलले बाल बचाउ, बाल विकास र बाल सहभागिताको क्षेत्रमा देशका ३ तहकै सरकारले ध्यान दिनुपर्ने बताएका छन् । आज सोमबार मकवानपुरको मनहरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन भएको गाउँपालिकाको रुपमा घोषणा गर्दै मन्त्री पोखरेलले बालबालिकाको क्षेत्रमा ३ तहकै सरकारले प्राथमिकता साथ काम गर्नुपर्ने बताएका […]

मनहरी देशमै पहिलो बालमैत्री गाउँपालिका घोषित

हेटौंडा, २८ पुस । मकवानपुरको मनहरी गाउँपालिकालाई आज देशमै पहिलो बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन भएको गाउँपालिकाको रुपमा घोषणा गरिएको छ । सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले घोषणा पत्र पढेर देशभरका ४ सय ६० गाउँपालिका मध्य मनहरीलाई पहिलो बालमैत्री गाउँपालिका घोषणा गरेका हुन् । उनले गाउँपालिकाले घोषणा गरेपछि पनि अभियानलाई निरन्तरता दिनुपर्ने बताए । […]

अवैध बुद्धचित्त र रुद्राक्ष मालासहित तीन जना मकवानपुर प्रहरीको नियन्त्रणमा

हेटौंडा, २८ पुस । मकवानपुर प्रहरीले अवैध बुद्धचित्त र रुद्राक्षसहित तीन जनालाई नियन्त्रण्मा लिएको छ । प्रहरीले १ हजार ७ सय ७० थान बुद्धचित्त माला र १ सय ४४ थान रुद्राक्षको मालासहित उनीहरुलाई आईतबार मनहरी गाउँपालिका वडा नं. ७ स्थितबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा भारत देश बिहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रेको […]

मनहरी आज देशकै पहिलो बालमैत्री गाउँपालिका घोषण हुँदै

हेटौंडा, २८ पुस । मकवानपुरको मनहरी गाउँपालिकालाई आज देशमै पहिलो बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन भएको गाउँपालिकाको रुपमा घोषणा गर्न लागिएको छ । उनले घोषणा पूर्वका सबै तयारी सकिएको तु खबरलाई जानकारी दिए । अध्यक्ष उप्रेतीले देशभर रहेका ४ सय ६० वटा गाउँपालिकामध्ये मनहरी गाउँपालिकाले पहिलोपटक बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्न लागेको बताएका छन् […]