मनहरी गाउँपालिका

रेडियो सरवरद्वारा बनकरियालाई दर

मकवानपुर, १३ भदौ । हेटौंडाबाट संचालित रेडियो सरोबर ९२.५ मेगाहर्जले नेपालकै लोपोन्मुख जातिको रुपमा रहेका बनकरियालाई तिजको दर खुवाइएको छ । रेडियो सरोबले बिहिबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापमा रहेका बनकरियालाई तिजको दर खुवाएको हो । घरजग्गा व्यवसायी संघ मकवानपुरको सहयोगमा करिव २ सय भन्दा बढीलाई दर खुवाएर तिज कार्यक्रम गरिएको रेडियोका स्टेसन […]

मोटरसाईकल त्यागेका वडा अध्यक्षद्वारा ६ महिनाको तलब विद्यालयलाई

मकवानपुर, १३ भदौ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष सिंगलाल प्रजा (चेपाङ) ले आफूलाई राज्यले उपलब्ध गराउने ६ महिनाको तलब विद्यालयलाई हस्तान्तरण गरेका छन् । राक्सिराङ गाउँपालिका ६ सिलिंगेस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा छात्राबास निर्माणका लागि जग्गा खरिद गर्ने प्रयोजनका लागि उनले १ लाख २० हजार रुपियाँ हस्तान्तरण गरेका हुन् । बिहिबार दिउँसो […]

मकवानपुरको हेटौँडासहित दुई स्थानमा दुई जनाको शव फेला

मकवानपुर ११ भदौ । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा दुई जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मकवानुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० राममन्दिर ननिककै आज दिउँसो एक भारतीय नागरिक आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्  । भारत घर भई हाल हेटौँडामा डेरा गरी बस्ने १९ वर्षीय अन्जित शर्मा आज ९बुधबार० दिउँसो करिब […]

मनहरीको पशुपतिनाथ माविले बनायो बालसंरक्षण नीति

मकवानपुर, ८ भदौ । मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविले बालसंरक्षण नीति बनाएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थीको सहभागितामा शुक्रबार र शनिबारको कार्यशालाले बालसंरक्षण नीति बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले जानकारी दिए । प्लान मकवानपुर र सीसीडीएनको सहयोगमा बालसंरक्षण नीति निर्माण गरिएको हो । स्वच्छन्दभैरब मावि चितलाङका शिक्षक नारयणप्रसाद भण्डारीले कार्यशालामा सहजीकरण […]

नेकपा मकवानपुरका सबै स्थानीय तहमा अध्यक्ष र सचिवको नाम टुंगियो

मकवानपुर, ८ भदौ । नेकपा मकवानपुरको आज (आईतबार) बिहान बसेको जिल्ला सचिवालय बैठकले स्थानीय तहमा अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । पार्टी एकिकरण भएपछी मकवानपुरका स्थानीय तहले पनि पार्टीमा अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो । पार्टीका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले नेकपाको हेटौंडा उपमहानगरपालिका कमिटिको अध्यक्षमा रघु आचार्य र सचिवमा […]

नेता बानियाँद्वारा कृष्ण प्रणामी मन्दिरको नवनिर्मित भवन उद्घाटन

मकवानपुर, ७ भदौ । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरेस्थित कृष्ण प्रणामी मन्दिरको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित कृष्ण प्रणामी मन्दिरमा नेता बानियाँको पहलमा प्रदेश सरकारबाट ३० लाख रुपियाँ बजेट विनियोजन गराई भवन निर्माण गरिएको हो […]

मनहरीमा लागूऔषध सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

मकवानपुर, ५ भदौ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बुधबार मनहरी गाउँपालिका वडा नं. ७ स्थित राप्ती डिभिजन वन कार्यालयमा लागूऔषध सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षता तथा मनहरी गाउँपालिकाका अध्यक्ष […]

अवैध रुपमा गिट्टी–बालुवा उत्खनन गर्ने एक्साभेटर चालक मकवानपुरका श्रेष्ठ प्रहरीको नियन्त्रणमा

मकवानपुर, २ भदौ । अवैध रुपमा एक्साभेटर प्रयोग गरी गिट्टी बालुवाको उत्खनन गर्ने एक्साभेटरको चालक मकवानपुरका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गिट्टी बालुवाको उत्खनन गर्ने एक्साभेटरको चालक मकवानपुरको मनहरी गाउँपालिका–८, खरङ्गा बस्ने वर्ष २२ को राकेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । धादिङ गजुरी गाउँपालिका–८, वेलवोटेस्थित वेल्खु खोलामा अवैध रुपमा एक्साभेटर प्रयोग गरी […]

मनहरीको लामिटारमा हस्तकला निर्माण सम्बन्धी निः शुल्क तालिम सुरु

मकवानपुरको मनहरी गाउंपालिकाका वडा नं ३ लामिटारमा हिमालयन मानवअधिकारकर्मी समुह हिमराइट्सको आयोजनामा बांसको हस्तकला सामाग्री निर्माण सम्बन्धी तिन महिने निः शुल्क तालिम सुरु भएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौडाको सहयोगमा शुक्रवार कार्यक्रमको उद्घाटन गरेको हो । हिमराइट्स मकवानपुरको कार्यक्रम संयोजक कुमारी वाइबाको सभाध्यक्षता , मनहरी गाउंपालिकाका उपाध्यक्ष मनिला विष्ट को प्रमुख […]

‘अब जनप्रतिनिधिले नतिजा देखाउने बेला आएको छ’ : वडाध्यक्ष खड्का

मकवानपुर २१ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष ध्रुव खड्काले चालू आर्थिक बर्ष २०७६/७७ का लागि ४ वटा मात्रै योजना निर्माण गरेका छन् । वडाध्यक्ष खड्काका अनुसार, न्यौपाने टोल ऋषेश्वर बाटो र बाँधका लागि ३० लाख, दीपावली टोल तटबन्धनका लागि २० लाख, ट्वाङ्ग्रा खोला पक्की पुलका लागि ५० लाख र ट्वाङ्ग्रा […]

अवैध लागूऔषध गाँजा १४ केजीसहित हेटौंडाबाट ३ जना पक्राउ

मकवानपुर २० साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध गाँजा १४ किलो ९ सय ग्रामसहित हेटौंडाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८, देउकोट बस्ने १९ वर्षीय जिवन मोक्तान, पर्साको बिरगंज महानगरपालिका वडा नं. १०, रानिघाटका २४ वर्षीय राजेश पटेल र १९ वर्षीय मुन्ना अन्सारी रहेका छन् […]

मकवानपुरका ११ सय महिलाले गरे सुरक्षित गर्भपतन

मकवानपुर १९ साउन । गत आर्थिक वर्ष २०७५–०७६ मा मकवानपुरमा एक हजार ९९ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४–०७५ मा ८ सय ९९ जना महिलाले सुरक्षित गर्भपतन लिएकामा गत जेष्ठसम्म एक हजार ९९ जनाले सुरक्षित गर्भपतन सेवा उपलब्ध गरेका हुन् । हाल मकवानपुरमा सूचीकृत […]

हेटौंडामा सवारी दुर्घटना, मोटरसाईकल चालक घाईते

मकवानपुर १९ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा चोकस्थित आज (आईतबार) बिहान ६ बजेर १५ मिनेट जाँदा सवारी दुर्घटना भएको छ । बिहान पुष्पलालबाट सानोपोखरातर्फ जाँदै गरेको ना ५३ प ७७४२ नम्बरको मोरटासाईकल र पिप्लेबाट बजारतर्फ आउँदै गरेको ५२ प ९२८० नम्बरको मोटरसाईकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनाबाट ना […]

मनहरी गाउँपालिकाद्वारा बोटे बालबालिकालाई शैक्षिक सामग्री र पोशाक वितरण

मकवानपुर १७ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ७ रमौलीमा बसोबास गर्दै आइरहेका बोटे समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा पोशाक प्रदान गरेको छ । बोटे समुदायका ५४ जना बालबालिकालाई कापीकलम तथा पोशाक बितरण गरिएको हो । गाउँपालिकाले गरिब र विपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने कार्यक्रम अन्तर्गत बस्तीमै पुगेर हस्तान्तरण गरिएको गाउँपालिका उपाध्यक्ष […]

मकवानपुरमा बन्दको प्रभाव, हेटौंडाको चार स्थानमा शंकास्पद वस्तु फेला

मकवानपुर, १५ साउन । विप्लव नेतृत्वको नेकपाले गरेको मध्य कमाण्ड बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको चार स्थानमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिएको छ । गएराति हेटौंडाको थानाभर्याङ, चौकिटोल, पारिजातपथ र हुप्राचौरको क्वीक ट्वान्टी नजीकै शंकास्पद बस्तुहरु फेला परेको थियो । सो स्थानहरुमा फेला फरेको शंकास्पद वस्तुमा […]

मकवानपुरको मनहरीमा निःशुल्क विद्युत मिटर वितरण

मकवानपुर १४ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ का स्थानीयहरुलाई निःशुल्क बिद्युत मिटर वितरण गरेको छ । मनरही गाउँपालिकाको ७ नम्बर वडा भित्र रहेका गरिब विपन्न वर्गहरुलाई विद्युत मिटर, तार तथा जडानका लागि आवश्यक सामाग्री वितरण गरेको हो । कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद ओम बहादुर घलानले गाउँपालिका भित्र रहका विपन्न वर्ग, […]

मनहरीका दुई विद्यालयमा शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण

मकवानपुर १३ साउन । हिमालयन मानव अधिकारकर्मी समुह (हिमराइट्स) मकवानपुरको आयोजनामा मनहरी गाउँपालिकाभित्र रहेका श्री प्रजा आधारभुत विद्यालय र श्री सगरमाथा आधारभुत विद्यालयमा सिमान्तकृत समुदायकको शिक्षा तथा नेतृत्व विकास कार्यक्रमअन्तरगत आर्थिक वर्षका लागि शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । कोर इन्टरनेशनल क्यानडाको सहयोग र मनहरी गाउँपालिकासँगको सहकार्यमा वडा नम्बर ३ […]

अपडेट : गोली हानाहानमा राक्सिराङका स्याङतान पक्राउ

मकवानपुर ५ साउन । प्रहरी र गाँजा तस्करबीच गोली हानाहानमा प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं. १ बस्ने बर्ष ४३ को कुमार स्याङतानलाई पक्राउ गरेको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार, उनलाई केही बेरपछि प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ । यो पनि पढ्नुहोस् । मकवानपुर प्रहरी र गाँजा तस्करबीच गोली हानाहान  

मकवानपुर प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

मकवानपुर ५ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९, रजैयाको राप्तिखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । गएराति गाँजा बोकेको ५–६ जनाको समूह र मकवानपुर प्रहरीबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ शुरु गरेको थियो । प्रहरीबाट […]

प्रदेश–३ को योजना आयोगका उपाध्यक्ष डा. देवकोटाले दिए राजीनामा

मकवानपुर ३१ असार । प्रदेश नम्बर ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले पदबाट राजीनामा दिएका छन् । डा. देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री डोरमणि पौडेल लगायतले राजीनामा फिर्ता लिन अनुरोध गरे पनि आफ्नो व्यक्तिगत कारण राजीनामा फिर्ता नलिएको उनले बताएका छन् ।