मनहरी गाउँपालिका

मनहरीमा रोपियो १ सय ९६ वटा चाँपको बिरुवा

मकवानपुर, ०२ साउन । ‘बिरुवा रोपौँ, वन जोगाऔँ’ भन्ने मुल नाराका साथ पश्चिम मकवानपुरको मनहरी ६ डिपाडमा रहेको एक सामुदायिक बनमा आज बृक्षारोपन गरिएको छ । मनहरी ६ मा रहेको डिपाड सामुदायिक वन उपभोक्ता समुहले बृक्षारोपन गरेको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिए । इलाका वन कार्यालय मनहरीको बिरुवा ब्यबस्थापनमा १ सय ९६ बोट चाँपको […]

पानीको जारभित्र कमिलाको गुँड, माइचोईस पानी कम्पनीले यसरी गर्दैछ उपभोक्ताको स्वास्थ्यमाथी खेलबाड

बलराम पुडासैनी । मकवानपुर २ साउन । आधुनिक अमेरीकन टेक्नोलोजिद्वारा प्रसोधित शुद्ध पिउने पानि लेखिएको स्टीकर टास्दै दुषित पानी बेच्न पल्केको माई चोईस कम्पनीले जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै आईरहेको छ । उपभोक्ता तथा व्यवसायीसंग पानीको राम्रो मुल्य लिएर बेचेता पनि गुणस्तरमा भने चरम लापरवाहि भएको पाईएको भन्दै हेटौंडाका सर्वसाधारणहरु गुनासो गर्न थालेका छन् । बुधबार हेटौंडामा […]

गाँजा मुद्धामा मनहरीकी एक महिलालाई ६ दिन म्याद थप गरी अनुसन्धान

मकवानपुर, ०२ साउन । गाँजा मुद्धामा गएको असार ३२ गते दिउँसो पक्राउ परेकी मनहरी गाउँपालिकाकी एक महिलालाई ६ दिन म्याद थप गरी अनुसन्धान थालिएको छ । मनहरी गाउँपालिका वडा नम्बर ९ बस्ने बर्ष ४५ की ज्ञानुमाया मोक्तानलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी अनुसन्धान थालिएको हो । उक्त समया जिल्ला प्रहरी […]

मनहरीको खरङ्गा जंगलबाट ज्ञानु पक्राउ

काठमाडौं, ०१ साउन । मकवानपुरको मनहरी गाउँपालिका–९ बस्ने ४० वर्षीया ज्ञानु मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोही ठाउँको खरङगा जङ्गलबाट लागूऔषध गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । खानतलासीका क्रममा उनको साथबाट डेढ किलो गाँजा फेला परेपछि उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

मनहरीमा १ सय ५० घर धुरीलाई बिरुवा वितरण

मकवानपुर, ३२ असार । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा रहेको डिपाट सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्ताहरुलाई विभिन्न प्रजातिका बिरुवाहरु बितरण गरेको छ । ‘एक घर एक बिरुवा रोपौँ ,स्वच्छ वातावरण बनाऔ’ भन्ने मुल नाराका साथ ८ प्रजातिका १ हजार ६ सय ५० वटा बिरुवा वितरण गरिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी […]

मनहरीमा प्याब्सनको गाउँस्तरीय समिति गठन

मकवानपुर ३१ मकवानपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको मनहरी गाउँपालिका स्तरीय समिति शनिबार गठन गरिएको छ । मनहरी गाउँपालिकाभित्र रहेका निजी विद्यालयका सञ्चालक तथा प्रतिनिधिहरु सहभागी भएको भेलाले युनिभर्सल लर्निङ एकेडेमी प्रालिका अध्यक्ष शिवकुमार रिजाल (काशी) को संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा रेड एन्जल एकेडेमीका यदुनाथ श्रेष्ठ, मनहरी बिलिभर्स स्कूलका […]

मनहरीमा ३ सय जनाको स्वास्थ्य परिक्षण, स्वस्थ रहन गाउँपालिका अध्यक्षको जोड

मकवानपुर, २९ असार । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाउँवासीलाई स्वस्थ रहन जोड दिएका छन् । मनहरी गाउँपालिका वडा नम्बर ८ को आयोजनामा आज भएको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले समृद्ध समाज निर्माणका लागि बालकदेखि बृद्धबृद्धासम्मका हरेक नागरीक स्वस्थ हुन आवश्यक रहेको बताएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । […]

मनहरीमा कृषि सम्बन्धी ५ दिने अभिमुखीकरण सुरु

मकवानपुर, २८ असार । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको वडा नम्बर ८ मा आजदेखि कृषि सम्बन्धी ५ दिने अभिमुखीकरण तालिम सुरु भएको छ । कृषकहरुलाई आधुनिक कृषि प्रणालीको बारेमा जानकारी दिई कृषि क्रान्तिमा सहयोग पुराउने उदेश्यले अभिमुखीकरण तालिम गरिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । कृषकहरुले अझै परम्परागत खेती प्रणलीको प्रयोग गरी खेती तथा […]

मनहरीमा बाढीबाट बस्ती जोगाउन भङ्गालो नियन्त्रण

मकवानपुर, २७ असार । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुर बस्ती पछाडी रहेको राप्तीखोला प्रतापपुर बस्तीमा पस्ने संभावना बढेपछि आजबाट भङ्गालो नियन्त्रण कार्य सुरु भएको छ । गत साल गएको बाढीले प्रतापपुरको बाँध नजिकै रहेको भङ्गालो प्रतापपुर बस्तीपट्टि पारेको थियो । वर्षातको समय सुरु भएलगत्तै त्यहाँका स्थानीयहरु त्रसित भइरहेको अवस्थामा भङ्गालो नियन्त्रण थालिएको […]

आगलागी पीडितलाई मकवानपुर कोरिया मञ्चको सहयोग

मकवानपुर, २६ असार । मकवानपुर कोरिया मञ्चले मकवानपुरको मनहरी गाउँपालिका १ गोगनपानीका आगलागी पिडीत परिवारलाई आर्थिक सहयोग गरेको छ । मञ्चका कार्यबहाक अध्यक्ष किशोर ब्लोन नियोग र सदस्य हेन्सल लामाको सक्रियतामा दक्षिण कोरियामा संकलित ९५ हजार २ सय २३ रुपैँया रकम आगलागी पिडीत अकिलमान घलानलाई हस्तान्तरण गरिएको हो । रकमलाई एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष एकराज […]

मनहरीको मसिनेमा भिरबाट लडेको अवस्थामा बेवारिसे शव फेला

मकवानपुर, २५ असार । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिने बरडाडीमा बेवारिसे शव फेला परेको छ । हाल नामथर नखुलेको र भिरबाट लडेको बेवारिसे अवस्थामा अन्दाजी ४०–४५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले उचाई ५ फिट भएको गोरो वर्ण र तामाङ समुदायको […]

मनहरीमा पोलियो थोपा खुवाउने एफआइटीभी विधि बारे तालिम

मकवानपुर, २४ असार । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ इलाका वन सेक्टरको कार्यालयमा पोलियो थोपा खुवाउने एफ आई टि भी विधी सम्बन्धि एक दिने तालिम आज सम्पन्न भएको छ । जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा तालिम भएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । तालिममा मनहरी ,राक्सिराङ र कैलाश गाउँपालिकाको ४५ […]

मनहरीमा नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम सम्पन्न

मकवानपुर २३ असार । पश्चिम मकवानपुरको मनहरीमा नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम शुक्रबार सकिएको छ । बुधबारदेखि शुरु भएको तीन दिने कार्यक्रमको नमुना युवा संसदको प्रयोगात्मक अभ्यासको प्रद्धर्शन गर्दै सम्पन्न गरिएको हो । युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्, काठमाडौंको सहयोग, मनहरी गाउँपालिकाको व्यबस्थापनमा जिल्ला युवा समितिको कार्यालय मकवानपुरले कार्यक्रम आयोजना […]

विप्लव माओवादीका दुई नेता छाडे पार्टी

हेटौडा, २२ असार ।  नेकपा (विप्लव) नेतृत्वको पार्टीमा मकवानपुरको सचिवालय सदस्यको जिम्मेवारी रहेका मनहरी गाउँपालिका वडा न. ३ का सुरेन्द्र घलान र सोही जिम्मेवारीमा रहेका हेटौडा उपमहानगरपालिका वडा न. १९ का विज्ञान स्याङतानले आजको मितिबाट पार्टीका सबै जिम्मेवारी परित्याग गरी साधरण सदस्य समेत नरहनेगरी स्वतन्त्र रहेको एक विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् । उनीहरुले शुक्रवार एक […]

मनहरीमा ३ दिने नमुना युवा संसद शुरु

मकवानपुर, २० असार । मकवानपुरको मनहरीमा नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम बुधबारदेखि शुरु भएको छ । तीन दिने कार्यक्रमको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बुधबार मनहरीमा उद्घाटन गरेका हुन् । युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्, काठमाडौंको सहयोग, मनहरी गाउँपालिकाको व्यबस्थापनमा जिल्ला युवा समितिको कार्यालय मकवानपुरले कार्यक्रम आयोजना गरेको हो । […]

‘बोल्न सक्ने भएँ, पार्टीले उम्मेदवार बनायो’

‘स्थानीय तहको चुनावमा उम्मेदवार पनि भएको थिएँ तर जित्न चैँ पाइनँ,’ मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ लामिटारकी विष्णुमाया बलले भनिन्, ‘गाउँको हाइस्कुलको व्यवस्थापन समितिमा पनि छु, पहिला पर्सा वन्यजन्तु आरक्ष अन्तर्गतका उपभोक्ता समितिमा पनि बसेर काम गरेको हुँ ।’ विष्णुमायाजस्तै स्थानीय महिला आवद्ध समूह हो गाउँ सुधार स्वालम्बन समूह । समूहमा सचिव छिन् विष्णुमाया […]

विद्युत अवरोध भएपछि झाडी फाँड्दै मनहरी गाँउपालिका अध्यक्ष उप्रेती

मकवानपुर १७ असार । मनहरी गाउँपालिकाका विभिन्न वडाहरुमा विद्युत सेवा अबरोध पु¥याउने गरी बढेको झाडी तथा रुखका हाँगाहरु काटिएको छ । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अगुवाईमा मनहरी ८ रजैयादेखि मनहरी ९ ज्यामिरेसम्म झाडी सफाई गरिएको हो । अध्यक्ष उप्रेती आफै हँसिया लिएर युवाहरुलाई हौसला प्रदान गर्दै झाडी सफाइमा होमिएका थिए । उनलाई साथ दिँदै […]

मकवानपुरको मनहरीमा बाल समुह योजना तर्जुमा गोष्ठी

मकवानपुर १६ असार । मकवानपुरको मनहरी गाउँपालिकामा बाल समुह योजना तर्जुमा गोष्ठी गरिएको छ । गाउँपालिकालाई बालमैत्री बनाउने उद्देश्यलाई सहयोग गर्न श्रृजनशील युवा क्लबले कार्यक्रम आयोजना गरेको हो । गाँउपालिका उपाध्यक्ष मनिला बिष्टको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा साबिक हाँडीखोला र मनहरीका बालक्लबका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको थियो । असार १० गते बिहिवार गाउँसभाले नीति […]

काँग्रेस नेता न्यौपानेले गरे हाँडीखोलाका विद्यार्थीलाई सहयोग

मकवानपुर, १५ असार । नेपाली काँग्रेस मकवानपुरका नेता शंकर न्यौपानेले हाँडीखोलामा अवस्थित सीता माविका विद्यार्थीहरुलाई छात्रवृत्ति वापत रकम सहयोग गरेका छन् । तामाङ समुदायका बालबालिका अध्ययनरत मनहरी गाउँपालिका–२ भुन्द्रुङ टाँडीमा रहेको सीता माविमा शुक्रबार एक कार्यक्रमकाबीच गरिब विद्यार्थीको लागि छात्रवृत्ति स्वरुप उनले २५ हजार रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् । गत स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट […]

मकवानपुर मनहरीका चेपाङ बालबालिकालाई पोशाक र ब्याग

मकवानपुर १४ असार । मनहरी–४ चिसापानीस्थित चेपाङप्राविमा अध्ययनरत् सीमान्तकृत चेपाङ बालबालिकालाई पोशाक, शैक्षिक सामग्री र स्कूलव्याग बितरण गरिएको छ । सीसीएस ईटलीको सहयोगमा विकासका लागि सहकार्य नेपाल (हेल्प को.डे.नेपाल) को पहलमा हिजो अतिविपन्न चेपाङ विद्यार्थीलाई सहयोग हस्तान्तरण गरिएको हो । मनहरी गाउँपालिका ४ का वडाअध्यक्ष ध्रुब खड्काले बालबालिकालाई विद्यालय सामगी्र हस्तान्तरण गरेका हुन् । सहयोग […]