मकवानपुरगढी गाउँपालिका

हेटौँडा, भिमफेदी र गढीका गरि ३ युवक पक्राउ

मकवानपुर, २४ माघ । मकवानपुरका विभिन्न गाउँपालिका तथा नगरपालिकाका गरि ३ युवकहरु मकवानपुरमा पक्राउ परेका छन् । प्रहरीले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय राजकुमार घलान, भिमफेदी गाउँपालिका वडा नम्बर ९ बस्ने १७ वर्षीय सुनिल लामा र हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा बस्ने १८ वर्षीय जनक सुवेदीलाई पक्राउ गरेको हो । उनीहरुका […]

आमभञ्ज्याङका युवक पक्राउ

मकवानपुर, २३ माघ । मकवानपुरको आमभज्याङ बस्ने २४ बर्षीय राजकुमार घलानलाई लागूऔषध गाँजा ५ किलो ४ सय ग्राम सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा खटिएको प्रहरीले काठमाडौँबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको ना.५ ख २७७० नम्बरको बसलाई जाँच गर्दा घलानको साथबाट उक्त गाँजा बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले […]

सरकारी अनुदान रकम लिन भुकम्प प्रभावितलाई झण्झट, दिक्क भए मकवानपुरका भूकम्प पिडीत

मकवानपुर, १७ माघ । मकवानपुरका भुकम्प पीडितले सरकारले प्रदान गर्ने अनुदान समयमा नपाएको गुनासो गरेका छन् । मकवानपुरको मकवानपुरगढी–२ स्थित शिखरकट्टेरीमा बुधबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले यस्तो गुनासो गरेका हुन् । रेडियोको आठौँ वार्षिकोत्सवका अवसर पारेर ट्रान्सपरेन्सी इन्टरनेशन नेपाल र रेडियो मकवानपुले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा प्रभावितहरुले प्राविधिकहरु ढिला आउँदा समस्या व्यहोर्नु परेको बताए […]

रेडियो मकवानपुर आठौँ वर्षमा, विभिन्न कार्यक्रम हुँदै

हेटौँडा, १६ माघ । हेटौँडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१.३ मेगाहर्ज आठौँ वर्षमा प्रवेश गरेको छ । रेडियोले आफ्नो आठौँ वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । वार्षिकोत्सवका अवसरमा रेडियोले साहित्यकारहरुसँग अन्तरक्रिया, भुकम्पपछिको अवस्थाको बारेमा सार्वजनिक सुनुवाई, साम्ुदायिक सम्मान कार्यक्रम गर्ने भएको हो । वार्षिक उत्सवकै अवसरमा रेडियोले मंगलबार शहिदको योगदानः साहित्यमा […]

मकवानपुरकी मानकुमारीलाई जनपक्षीय पत्रकारिताका लागि सम्मान

मकवानपुर, १५ माघ । माओवादी जनयुद्धका समयमा लामो समय भूमिगत भई जनतालाई सुशुचित गराउन युद्ध पत्रकार बनेका मकवानपुरकी मानकुमारी पाख्रिन नेपालीलाई जनपक्षीय पत्रकारिता गरेकोमा सम्मान प्रदान गरिएको छ । प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौँमा प्रेस सेन्टर नेपाल महिला विभागद्वारा आयोजित कार्यक्रममा जनयुद्धका समयमा पत्रकारिताका माध्यमबाट उनले पुराएको योगदानको कदर […]

मैले ‘ब्याक’ मा बसेर मजुवा खानी बन्द गराएको हैन : अध्यक्ष हुमागाई

मकवानपुर ९ माघ । मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष विदुर हुमागाईले हेटौंडा सिमेन्टले कच्चा पर्दाथ उत्खनन्का लागि प्रयोग गर्न चाहेको मजुवा खानी आफुले ब्याकमा बसेर बन्द गराएको भनी सार्वजनिक समाचार प्रति आपत्ति जनाएका छन् । आज मंगलबार तु खबरमा यसबारे समाचार सार्वजनिक भएको थियो । हेटौंडा सिमेन्टले उद्योगको लागि आवश्यक कच्चा पदार्थ सोही मजुवा खानीबाट उत्खनन् तथा […]

गाउँपालिका अध्यक्षनै ‘ब्याक’ मा बसेर हेटौंडा सिमेन्टको खानी बन्द गराउँदै

मकवानपुर, ९ माघ । हेटौंडा सिमेन्ट उद्योगको कच्चा पदार्थ मजुवाखानीबाट उठाउन नदिएपछि त्यहाँ मजुवाखानी उत्खनन्का लागि ३ महिनाअघिदेखि मेसिन तथा औजार अलपत्र छ । हेटौंडा सिमेन्टले कानून अनुसार, कच्चा पदार्थ उत्खनन्को लागि बानियाँ/ओम साई जेभीलाई अनुमति दिइसकेको छ । टेन्डर प्रकृयामार्फत् अनुमति पाएपनि बानियाँ/ओम साइ जेभीले कच्चा पदार्थ उत्खनन् र ढुवानी गर्न सकिरहेको छैन । […]

मजुवाखानीमा स्थानीयको अवरोधपछि टेण्डर प्राप्त संस्था दैनिक लाखौँको घाटामा

मकवानपुर, ८ माघ । हेटौँडा सिमेन्ट उद्योगको मजुवाखानीमा स्थानीयले उत्खनन् कार्य रोकेपछि उत्खनन गर्न अनुमति प्राप्त संस्थालाई दैनिक रुपमा लाखौँको घाटा परेको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले सो विषयमा ध्यानाकर्षण भएको जनाएको छ । संघको सदस्य संस्था बानियाँ÷ओम साई जेभीले हेटौँडा सिमेन्ट उद्योगसँग मजुवाखानीबाट चुनढुङ्गा उत्खनन् तथा ढुवानीको लागि मिति २०७४ कात्तिक ६ गते प्रचलित […]

मकवानपुरको मनकामना जाने पर्यटकहरु भन्छन् “धर्म गर्न जाँदा लडेरै मरिने डर भो”

–बलराम पुडासैनी मकवानपुर, ८ माघ । मकवानपुरको मकवानपुृरढी अन्तर्गत पर्ने चर्चित धार्मिक तथा पर्यटकीयस्थल मनकामनासम्म जाने बाटो निकैनै जोखिमपुर्ण छ । आन्तरीक तथा बाह्य पर्यटकहरु हेटौँडादेखिको शोही बाटो हुदैं मककामना मन्दिरर सम्मको यात्रा गर्छन् । तर बाटोको अवस्था हेर्दा एकपटक यात्रा गरेपछि फर्केर सोही बाटो हुँदै जान जो कोहि पनि रुचाउँदैनन्् । स्थानीय बासिन्दाहरु त […]

मकवानपुरगढीमा बालबालिकाको वस्तुगत तथ्याङ्क सार्वजनिक

मकवानपुर, २० पुस । मकवानपुरगढी गाँउपालिकाको वडा ५ र ६ साविक आमभञ्ज्याङको बालबालिकाको वस्तुगत विवरण तथ्याङ्क प्रस्तुत कार्यक्रम बुधबार भएको छ । ‘हामी सबैको ज्ञान, बालमैत्री मकवानपुर गढी गाउँपालिका साझा अभियान’ भन्ने नाराका साथ गढी गाउँपालिकालाई बालमैत्री बनाउनको लागि सुरु गरिएको गढी ५ र ६ को वस्तुगत तथ्याङ्क प्रस्तुत गरिएको हो । प्रस्तुत गरिएको कार्यपत्रमा […]

मकवानपुरगढी आमभञ्ज्याङमा गरियो यस्तो प्रतिबद्धत्ता !

मकवानपुर, १२ पुस । मकवानपुरगढी गाउँपालिका आमभञ्ज्याङ्मा बालविवाह, वहुविवाह, बालश्रम, मानव बेचविखन,बालयौन दुव्र्यवहार तथा महिला हिंसा विरुद्घ क्रियाशील रहने सामुहिक प्रतिबद्घता जनाइएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, आमभञ्ज्याङ्को आयोजना तथा प्लान इन्टरनेशनल नेपाल मकवानपुरको सहयोग र बाल कल्याण समाज मकवानपुरको प्राविधिक सहयोगमा आमभञ्याङ्को बागदलीमा आयोजित पुरुष वर्गलाई लक्षित गरेर लैङ्गिक हिंसा अन्त्यका लागि […]

मकवानपुरगढीबाट शिकारी पक्राउ

मकवानपुर, ४ पुस । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–४ मा शिकार खेल्न खेल्न गएका एक जना मानिसलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार मकवानपुरगढी–४ मनकामना बस्ने ६३ वर्षीय राम बहादुर गोलेलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । उनलाई जंगलमा शिकार खेल्नको लागि भरुवा बन्दुक बोकी हिंडिरहेको अवस्थामा फेला पारी […]

हेटौँडादेखि मनकामनासम्म विद्यार्थीले गरे सरसफाई

मकवानपुर, २९ मंसिर । हेटौँडा ५ मा रहेको रिलायन्स इङ्गलिस बोर्डिङ स्कुलका विद्याथीहरुले मकवानपुरगढी गाउँपालिकामा रहेको मनकामनासम्म पुग्ने बाटो सरसफाई गरेका छन् । उक्त विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले मकवानपुर गढी गाउँपालिकामा रहेको धार्मिक स्थल मनकामना जाने बाटोको सरसफाई गरेका हुन् । विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबमा आवद्ध विद्यार्थीहरुले […]

गढीको मनकामनामा ४ सय भन्दा बढी मतदान

मकवानपुर, २१ मंसिर । मकवानपुरको क्षेत्र नम्बर १ अन्तर्गत मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित मनकामना मावि मतदान केन्द्रमा ४ सय १० जनाले मतदान गरेका छन् । दिउँसो साढे १२ बजेसम्म ४ सयभन्दा बढी मत खसेको मतदान अधिकृत उत्तमबहादुर थापाले जानकारी दिए । ९ सय १७ जना मतदाता रहेको केन्द्रमा २ सय १ जना […]

चुनावको बेला डोजर दौडाएर विकास हुन्न : विरोध खतिवडा

हेटौंडा,१५ मंसिर/ बाम गठबन्धनले मकवानपुर गढी गाउँपालिकास्थित आमभञ्ज्याङमा शुक्रबार चुनावी सभा गरेको छ । सभामा बोल्दै मकवानपुर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिरोध खतिवडाले गठबन्धनको पक्षमा उर्लिएको जनसागरका कारण पञ्चहरु अत्तालिएको बताए । चुनावको बेला गाउँ गाउँमा डोजर दौडाएर विकास नहुने भन्दै मतदाताले भ्रमको खेती बुझिसकेको उनको भनाई छ । सभामा बोल्दै बाम गठबन्धनक मकवानपुर […]

यतिराज सापकोटालाई जिताउन आमभञ्याङमा भेला

मकवानपुरगढी, ५ मंसिर । आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको लागि मकवानपुर क्षेत्र नम्वर २ क का प्रदेश सदस्य उम्मेदवार आमभञ्याङ निवासी यतिराज सापकोटालाई जिताउन भन्दै सोमबार आमभञ्याङमा क्रियाशील कार्यकर्ताको भेला भएको छ । साविक आमभञ्याङमा गाविस स्तरीय भएको भेलाले आगामी मंसिर ९ गते हुने आमसभाको तयारीको लागि नेपाली काँग्रेसको भातृ संगठन […]

बाम गठबन्धनको आमभञ्ज्याङमा कोणसभा, हेटौँडामा प्रचारप्रसार कार्यालय उद्घाटन

मकवानपुर, ३० कात्तिक । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ को चुनाबी कोण सभा बुधबार आमभञ्ज्याङमा सम्पन्न भएको छ । क्षेत्र नम्बर २ प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरु माओवादी केन्द्रका विष्णु विष्ट, प्रकाश पाण्डे, नेकपा एमालेका पार्वती राना, विदुर हुमागाई,जित बहादुर घिमिरे लगायत रहेका थिए । सभालाई सम्बोधन गर्दै उम्मेदवार […]

मकवानपुरगढी गाउँपालिका परिचय

समावेश भएका साविक गा.वि.स. र न.पा.हरु  : मकवानपुरगढी, आम्भञ्ज्याङ, सुकौरा, बुढीचौर गा.वि.स. जनसंख्या : २५३२२ क्षेत्रफल : १४८.७२ वर्ग  कि.मि. केन्द्र : साविक मकवानपुरगढी गा.वि.स.को कार्यालय वडा संख्या  : ८ सिमाना : पूर्व : ललितपुर जिल्ला पश्चिम : बकैया गाउँपालिका उत्तर : हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिका दक्षिण : हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिका वडा विभाजन : वडा नम्बर समावेश भएका साविक गा.वि.स./न.पा.हरु […]