मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी–३ मा निःशुल्क महिला शिविर

मकवानपुर, २५ पुस । मकवानपुरगढी गाउँपालिका वडा ५ भालुखोलामा रहेको श्रीकृष्ण मन्दिर परिसरमा निःशुल्क महिला स्वास्थ्य शिविर भएको छ । नेपाल ज्योतिष परिषद् मकवानपुरको आयोजनामा भएको शिविरमा महिलाको स्तन र पाठेघरको परिक्षण गरिएको थियो । शिविरमा १७८ जना महिलाहरुले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । जसमध्ये ३ जनामा समस्या देखिएको र ८७ जनामा पाठेघरमा मातृसुरक्षा […]

कौडा खेलिरहेको अवस्थामा मकवानपुरका ६ जना पक्राउ

मकवानपुर, २१ पुस । मकवानपुर प्रहरीले मकवानपुगढी गाउँपालिका वडा नं. १ लेनडाँडाबाट कौडा खेलिरेहको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति पक्राउ गरेको हो । मकवानपुर प्रहरीले पक्राउ परेका उनीहरुको नाम भने खुलाएका छैनन् । प्रहरीले उनीहरुको साथबाट कौडा र नगदसहित पक्राउ गरेको […]

मकवानपुरगढी–८ मा ल्होछार साँस्कृतिक कार्यक्रम हुने

हेटौँडा, १५ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ८ बुढीचौरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । मकवानपुरगढी–८ को आयोजनामा  माघ २५ गते ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको हो । सोमबार मकवानपुरढी–८ का वडाध्यक्ष कुमार घिसिङको सभाध्यक्षतामा बसेको बैठकमा ल्होछारका अवसरमा सास्कृतिक कार्यक्रम गर्ने जानकारी गराएको कार्यक्रम संयोजक निर्कश गोलेले जानकारी दिए ।

तु खबर समाचार प्रभावः विद्युत् चोरी गर्ने ठेकेदारमाथि प्राधिकरणको ‘एक्सन’

हेटौंडा– मकवानपुरगढी गाउँपालिका वडा नं. ५ भालुखोला र वडा नं. ३ कालिखोला जोड्ने पुल निर्माणको क्रममा निर्माण कम्पनीले विद्युत चोरी गरेपछि विद्युत प्राधिकरण हेटौंडाले ‘एक्सन’ लिएको छ । प्राधिकरणले कम्पनीलाई कारबाहीको दायरामा ल्याउने भएको छ । तु खबर डटकममा निर्माण कम्पनीले विद्युत चोरी गरी पुल बनाउँदै आएको समाचार प्रकाशित भएको २ घण्टा नबित्दै प्राधिकरण हेटौंडा […]

विद्युत् चोरेर मकवानपुरगढीमा पुल बनाउँदै ठेकेदार

हेटौंडा– मकवानपुरगढी गाउँपालिका वडा नं. ५ भालुखोला र वडा नं. ३ कालिखोला जोड्ने पुल निर्माण सुरु भएको तीन बर्ष बितीसक्यो । करिब डेढवर्ष अघि नै पुल निर्माण सकाउनु पर्ने जिम्मेवारीका साथ काम सुरु गरेको निर्माण कम्पनी नागार्जुन÷शंकरमाली जेभीले अहिलेसम्म पनि आधा काम सकाएको छैन् । सम्झौता उलङ्घन गर्दै आएको निर्माण कम्पनीले पुल निर्माणको क्रममा बदमासी […]

मकवानपुरमा रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता हुने

हेटौंडा, १० पुस । मकवानपुरगढी गाउँपालिकामा पुस २८ गतेदेखि शहिद रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता २०७६ हुने भएको छ । १७ औं स्मृती दिवस पारेर शहिद रुद्र पाख्रिन स्मृती पार्कको आयोजनामा मकवानपुरका १० वटै स्थानीय तहहरुबाट प्रतिनिधित्व हुने गरी फुटसल प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगितामा ११ वटा टिमको सहभागितामा हुने आयोजकले जनाएको […]

हेटौँडामा आजबाट बीपि कप सुरु, उद्घाटन खेलमा बकैया गापा र हेटौँडा– १ बिच प्रतिस्प्रधा हुने

मकवानपुर, १० पुस । मकवानपुरको हेटौँडा–४ हुप्राचौरमा आजबाट बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुदैछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको फुटबल प्रतियोगिताको बिहिबार (आज) बिहान ११:३० बजे उद्घाटन हुने आयोजकले जनाएको छ। आज हुने उद्घाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा– १ बिच प्रतिस्प्रधा हुने […]

मकवानपुरमा विमान दुर्घटना भएको आशंका मात्रै

मकवानपुर, ९ पुस । मकवानपुरको मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकाको सीमामा रहेको जंगलमा विमान दुर्घटना नभएको प्रहरीले पुष्टि गरेको छ । बुधबार (आज) बिहान मकवानपुरगढी, भीमफेदी गाउँपालिका र ठिंगन गाउँपालिकाको सिमानामा रहेको बतासे डाँडाको खोँचमा धुँवाको मुस्लो देखिएपछि विमान दुर्घटना  भएको हुन सक्ने आशंका गरिएको थियो । विमान दुर्घटना भएको खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल […]

जनयुद्वमा हराएका मकवानपुरका २५ जनाको खोजी जारी

हेटौंडा, ७ पुस । १० वर्षे जनयुद्वको क्रममा हराएका मकवानपुरका २५ जनाको हमलसम्म पत्ता लाग्न सकेको छैन् । २०५४ सालदेखी जनयुद्वको क्रममा विभिन्न समयमा जिल्लाका २५ जना बेपत्ता भएका थिए । बेपत्ता भएको दुई दशकभन्दा धेरै भैसक्दा पनि उनीहरुको पत्ता लाग्न नसकेको छानबिन आयोगले जनाएको छ । आयोगका अनुसार, उनीहरुको खोजी कार्य जारी रहेको छ […]

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घर निर्माण

हेटौँडा, ६ पुस । मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घरहरु निर्माण भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आईतबार (आज) हेटौंडामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रमका यसबारेमा जानकारी दिइएको हो । जिल्लामा पहिचान भएका कुल लाभग्राही भुकम्प पीडित ३४ हजार ३ सय १९ परिवार मध्येमा […]

मकवानपुरमा २० वटा योजना निमार्णका लागि १५ करोड

हेटौंडा । मकवानपुर जिल्लाको विकासका लागि केही दिन अगाडी मात्र १५ करोड २७ लाख रुपैयाँको २० वटा योजना निर्माण गर्ने गरी बजेट छुट्टीएको छ । जिल्लामा सडक निर्माण, खानेपानी, विद्यालय लगायतका विकासका काममा संघीय सरकारले व्बजेट निकासा गर्न लागेको हो । अतिरिक्त बजेट अन्तरगत संघीय सरकारले यो बजेट पठाउन लागेको हो । बजेट भाषणामा राखिएका […]

मकवानपुरका ब्लड क्यान्स पीडित ४ वर्षीय बालकलाई आर्थिक सहयोग गर्न परिवारको आग्रह

मकवानपुर, ४ पुस । मकवानपुरका ब्लड क्यान्सर पीडित ४ वर्षीय बालक सुबोध आले मगर यतीखेर काठमाडौंको महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा उपचारार्थ छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ३ बस्ने सन्तोष आले मगरका छोरा सुबोधलाई गत कात्तिकदेखि चेकजाँच गर्दाखेरी ब्लड क्यान्सर भएको पत्ता लागेको हो । उनको हेटौँडामा उपचार हुन नसकेपछि थप उपचारका लागि कान्ति बाल […]

समुदाय प्रहरी साझेदारी विद्यालय सम्पर्क कार्यक्रम

मकवानपुर, ३ पुस । मकवानपुरगढी गाउँपालिका वडा नं. २ स्थित वंश गोपाल माध्यमिक विद्यालय, कुर्लेदमारमा समुदाय प्रहरी साझेदारी विद्यालय सम्पर्क कार्यक्रम भएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा उक्त माविको संयुक्त आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत महिला हिंसा, साइबर क्राईम, लागूऔषध विरूद्ध सचेतना तथा ट्राफिक सचेतनाका विषयमा विद्यालय सम्पर्क कार्यक्रम भएको हो […]

नेकपा मकवानपुरद्वारा जिम्मेवारी बाँडफाड

हेटौंडा, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको तेस्रो बैठकले पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाड गरेको छ । बैठकले पार्टीे मकवानपुरको प्रतिनिधि सभा, प्रदेश सभाका निर्वाभन क्षेत्र, १० वटै स्थानीय तह, विभागिय जिम्मेवारी र संगठन तर्फको जिम्मेवारी समेत बाँडफाड गरेको सोमबार पत्रकार सम्मेलनमार्फत नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिएकी हुन् । कार्यक्रममा नेकपाका केन्द्रीय […]

मनकामना मन्दिरलाई २२ थान डस्टबिन सहयोग

मकवानपुर, २९ मंसिर । मोबाइल एसोसियसन अफ नेपाल मकवानपुरले मनकामना मन्दिरलाई २२ थान डस्टबिन हस्तान्तरण गरेको छ । मोबाइल एसोसियसन मकवानपुरले शनिबार एक कार्यक्रको आयोजना गरी मकवानपुरगढी गाउँपालिका–४ स्थित मक्रान्चुलीमा रहेको धामिर्क तथा पर्यटकीय स्थल मनकामना मन्दिरलाई २२ थान डस्टबिन हस्तान्तरण गरेको हो। मोबाइल एसोसिएसन मकवानपुरले मकवानपुर गढी गाउँपालिका अध्यक्ष विदुर प्रसाद हुमागाई र गढी […]

शिक्षक संघ मकवानपुरगढीको अध्यक्षमा घिमिरे

हेटौँडा, २८ मंसिर । मकवानपुरगढी गाउँपालिकामा नेपाली कांग्रेस निकट शिक्षकको संगठन नेपाल शिक्षक संघको अध्यक्षमा प्रल्हाद घिमिरेले चयन भएका छन् । शिक्षक संघ मकवानपुरगढी अध्यक्ष यादवराज बरालको अध्यक्षता तथा नेपाल शिक्षक संघ ३ नम्बर प्रदेशका बरिष्ठ उपाध्यक्ष दीपकलाल खतिवडाको प्रमुख आतिथ्यतामा भएको संघको भेलाले नयाँ पदाधिका चयन गरेको हो । त्यस्तै भेलाले संघको उपाध्यक्ष (महिला) […]

मकवानपुरको हेटौँडासहित दुई स्थानमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, दुई घाईते

मकवानपुर, २५ मंसिर । मकववानपुरको हेटौँडा उपमहानगरपालिका र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । गएराति हेटौँडा बजारबाट मकवानपुरगढी तर्फ जाँदै गरेको बा ४ ख ६३५५ नम्बरको टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी–४, मक्रान्चुली नजिककै टिपरले […]

‘उम्किन्छन्’ काम नगर्ने ठेकदार

मकवानपुर । प्रदेश ३ का विभिन्न जिल्लामा करोडौंका आयोजना अलपत्र छन्। ठेकदार सम्पर्कमै नआएपछि कतिपय ठाउँमा नयाँ सम्झौता गरिएको छ । तर, राजनीतिक आडमा ठेक्का लिएर काममा लापरवाही गर्ने ठेकदारलाई कारबाही नभएको सिन्धुलीको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतको दुखेसो छ। सिन्धुलीमा मदन भण्डारी लोकमार्गअन्तर्गत कमला नदी, मध्यपहाडी लोकमार्गअन्तर्गत बहादुर खोला र खाङसाङको सोखु खोलामा पुल […]

मकवानपुरगढी–४ स्थित जंगलमा पाख्रिनको शव फेला

मकवानपुर, १७ मंसिर । मकवानपुरगढी गाउँपालिका वडा नं. ४ स्थित जंगलमा एक महिलाको शव फेला परेको छ । मंगलबार (आज) मकवानपुरगढी गाउँपालिका–४ बस्ने सोमबहादुर पाख्रिनको श्रीमती अन्दाजी ३९–४० वर्षीया प्रितिमाया पाख्रिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंसिर १४ गते बेलुका घरबाट हराई बेपत्ता भएका उनको आफन्तले खोजतलास गर्ने क्रममा आज […]

पुल अलपत्र बनाउने कम्पनीलाई प्रदेश ३ सरकारले कालोसूचीमा राख्ने

मकवानपुर । पटकपटक समय थप गर्दा पनि निर्माण पूरा नगरी पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई प्रदेश ३ सरकारले कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । मकवानपुरका विभिन्न पाँच स्थानमा निर्माण नसकिएका र तोकिएको समयभित्र सन्तोषजनक प्रगति नदेखिएका कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सरकारले अगाडि बढाएको हो । समय थपका लागि ती कम्पनीले निवेदन दिए पनि आफूहरूले […]