मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढीको महायज्ञमा उठ्यो १३ लाख, कस्को कति दान ? (नामसहित)

हेटौंडा, १४ फागुन । मकवानपुरगढी गाउँपालिकाको ५, ३ र ६ नम्बर वडाको संगमस्थलमा जारी श्रमद्तारतम सागर श्रीमद्भागवत ज्ञान महायज्ञमा करिब १३ लाख रुपैयाँ सहयोग रकम संलकन भएको छ । ५ नम्बर वडास्थित सुन्दरधाममा निर्मार्णाधिन श्रीकृष्ण प्रणामी मन्दिर निर्माण सहयोगार्थ जारी महायज्ञमा १२ लाख ७२ हजार ८ सय ७१ रुपैयाँ संकलन भएको छ । मंगलबार एकै […]

शारदा उच्च माविका विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसनीसम्बन्धी सचेतनामुलक प्रशिक्षण

हेटौंडा, १४ फागुन । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित रहेको शारदा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागूऔषध दुर्व्यसनी तथा कानुनी प्रावधानसम्बन्धि सचेतनामुलक प्रशिक्षण दिइएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मकवानपुरगढी र शारदा उच्च माविको संयुक्त आयोजनामा उक्त विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो । कार्यक्रममा […]

मकवानपुरगढीको विकास गर्न लागिपरेको छुः सांसद खतिवडा

हेटौंडा, ९ फागुन । मकवानपुरका प्रतिनिधिसभा सांसद विरोध खतिवडाले मकवानपुरगढीको विकासको लागि आफू लागि परेको बताउनु भएको छ । मकवानपुरगढी–५ सुन्दरधाममा आज शुक्रबारदेखि सुरु श्रीमद् तारतमसागर तथा श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटन गर्नु हुँदै सांसद खतिवडाले मकवानपुरगढीको विकासमा थुप्रै बजेट बिनियोजित गरेको बताउनु भएको छ । मकवानपुरगढीलाई विकासमा पछाडि पर्न नदिने उहाँको भनाई थियो । […]

मकवानपुरमा एक सातामै रोकियो आठ जोडीको बालविवाह

हेटौंडा, ९ फागुन । मकवानपुरमा एक साताको अवधिमा आठ जोडीको बालविवाह रोकिएको छ । जिल्लाको भीमफेदी, बकैयाँ, मकवानपुरगढी र हेटौंडा उपमहानगरपालिकामा गरी आठ जोडीको बालविवाह रोकिएको हो । भीमफेदी गाउँपालिकाका ५ जना बालिका/२ जना बालक/२ जना युवक गरी ९ जना, बकैया गाउँपालिकाका १ जना बालिका/१ जना बालक/१ जना युवक गरी ३ जना, मकवानपुरगढी गाउँपालिकाका १ […]

नेपाल शिक्षक संगठन मकवानपुरद्वारा ६ विद्यालय अवलोकन

हेटौंडा, ९ फागुन । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको एक दिने अवलोकन सम्पन्न गरेको छ । संगठन सवलीकरणको पाँच महिने अभियानअन्तर्गत गाउँपालिकाभित्रका अमरसिंह प्रावि, आधारभूत प्राथमिक विद्यालय, शारदा मावि, ईश्वरी प्रावि, बंशगोपाल मावि, र चण्डिका मावि गरि ६ वटा विद्यालयको अवलोकन गरिएको प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी […]

मकवानपुरगढीमा पञ्चेबाजा र खैजडीसहित महायज्ञको कलश यात्रा

हेटौंडा, ९ फागुन । मकवानपुरगढी गाउँपालिका–५ सुन्दरधाम सामरीस्थित श्रीकृष्ण प्रणमी मन्दिर निर्माणमा सहयोग जुटाउने उद्देश्यले आजदेखि श्रीमद्तारतमसागर तथा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु हुँदैछ । मकवानपुरगढीको ५,६ र ३ नम्बर वडाको संगम स्थल भागरथी टोलमा आज शुक्रबारदेखि सुरु हुने महायज्ञको लागि सामरी र ज्यामिरे खोलाको मिलन केन्द्र सीमलटारबाट वृहत कलश यात्रा निकालिएको छ । महायज्ञको मकवानपुरका […]

सप्ताहको प्रचारप्रसार गर्दै मोटरसाइकलमा मकवानपुरगढीको एक फन्को

हेटौंडा, ८ फागुन । मकवानपुरगढी गाउँपालिका–५ सुन्दरधामस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा लगाइने श्रीमद्भागवत सप्ताहको पूर्वसन्ध्यामा प्रचारप्रसार गर्दै मोटरसाइकल र्याली निकालिएको छ । श्रीकृष्ण प्रणमी सेवा समिति नेपाल, मकवानपुरगढीको ४१ औं वार्षिकोत्सवको अवसरमा भूकम्पले क्षतिग्रस्त मन्दिर निर्माणार्थ भोली फागुन ९ गतेदेखि श्रीमद्भागवत सप्ताह सुरु हुँदैछ । मन्दिर निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले गर्न लागिएको श्रीमद्भागवत फागुन १५ […]

मकवानपुरगढीमा सुन्दरधाम निर्माण गर्न श्रीमद्भागवत्

हेटौंडा, ७ फागुन । बागमती प्रदेशको मुकाम हेटौंडासँग सीमाना जोडिएको मकवानपुरगढीमा हिन्दु धर्मावलम्बीहरुको धार्मिक स्थल सुन्दरधाम निर्माणार्थ सहयोग जुटाउन श्रीमद्भागवत् लगाइने भएको छ । हेटौंडाबाट करिब ९ किलोमिटरको दुरीमा रहेको मकवानपुरगढी गाउँपालिका–५ स्थित भागरथी टोलमा रहेको सुन्दरधाम (श्रीकृष्ण प्रणामी मन्दिर) निर्माणार्थ आर्थिक सहयोग जुटाउने उद्देश्यले फागुन ९ गतेदेखि श्रीमद्भागवत् लगाइने भएको हो । महायज्ञ मूल […]

मकवानपुरगढीमा वडा बालअधिकार समिति गठन

हेटौंडा, ७ फागुन । मकवानपुरगढी गाउँपालिका–६ मा वडा बालअधिकार समिति गठन एवम् क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । सामुदायीक विकास केन्द्र नेपाल सिसिडिएनको आयोजनामा तथा प्लान ईन्टरनेश्नल नेपालको सहयोग र मकवानपुरगढी गाउँपालिकाको समन्वय कार्यक्रम सम्पन्न भएको हो । भेलाले वडा अध्यक्ष टिकाप्रसाद दहालको अध्यक्षतामा १३ सदस्यीय वडा बालअधिकार समिति र ५ सदस्यीय सल्लाहकार समिति […]

दारी समुह मकवानपुरद्वारा स्टेशनरी सामान वितरण

हेटौंडा, ७ फागुन । दारी समुह मकवानपुर हेटौंडाले मंगलबार विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ । समुहले आफ्नो चौथो वार्षिको उत्सवको अवसरमा मकवानपुरगढी गाउँपालीकामा रहेको ज्वालादेवी आभारभूत विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरेको हो । कक्षा ४ देखि ८ सम्म अध्ययन गर्ने ५ विद्यार्थीहरुलाई आवश्यक पर्ने स्कुल ब्याग, कपी कलमलगायत अन्य शैक्षिक […]

जीप लाइनमा मकवानपुरगढी सरर… (तस्बिरमा हेर्नुहोस्)

हेटौंडा, २ फागुन । जीप लाइनमा मकवानपुरगढी सरर घुम्न पाइने भएको छ । शुक्रबारदेखि मकवानपुरगढीमा जीप लाइन सञ्चालनमा आएसँगै गढी क्षेत्र छिनभरमै घुम्न पाइने भएको हो । हेटौंडासँगै सीमाना जोडिएको मकवानपुरगढी–२ ताप्लाखर्कमा आज शुक्रबारदेखि होटल गढी भ्यु एण्ड रिसोर्ट प्रालिले जीप लाइन सञ्चालनमा ल्याएको हो । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जीप लाइन खेलेर उद्घाटन […]

मकवानपुरगढीमा साँस्कृतिक कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर

हेटौंडा, २६ माघ । मकवानपुरगढी गाउँपालिका–८ बुढीचौरमा साँस्कृतिक कार्यक्रम भएको छ । ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रमसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ल्होछार व्यवस्थापन समितिको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजनमा भएको कार्यक्रममा संजिवनी आयुर्बेद क्लिनिक र बुढिचौर स्वास्थ्य चौकीद्वारा निःशुल्का स्वास्थ शिविर गरिएको हो । शिविरमा स्थानीयहरुले स्वास्थ्य परीक्षण गराएका थिए । साँस्कृतिक […]

मकवानपुरगढी–८ मा निःशुल्क स्वास्थ्य शिविरदेखि साँस्कृतिक कार्यक्रमसम्म

हेटौंडा, २२ माघ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौरमा यहि माघ २५ गते साँस्कृतिक कार्यक्रम हुने भएको छ । ल्होछारको अवसरमा माघ २५ गते बुढीचौरमा साँस्कृतिक कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविरलगायत विविध कार्यक्रम हुने भएको हो । ल्होछारको अवासरमा हुने साँस्कृतिक कार्यक्रममा झाक्री नाच प्रदर्शन, ताम्वा काईतेनद्धारा तामाङ इतिहासको चर्चा र स्थानिय तथा राष्ट्रिय […]

शिक्षक महासंघ मकवानपुरगढीको नवगठित कमिटिद्वारा सपथ ग्रहण

हेटौंडा, १७ माघ । शिक्षक महासंघ मकवानपुरगढी गाउँपालिका कमिटिले आज पूर्णता पाएसंगै सपथ ग्रहण गरेको छ । बंशगोपाल मावि मकवानपुरगढी २ मा एक कार्यक्रमबीच आज नवगठित कमिटिलाई सपथ ग्रहण गराईएको हो । मकवानपुरगढी गाउपालिका शिक्षक महासंघ अध्यक्ष लिलानाथ ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमगाईको प्रमुख आतिथ्यता रहेको थियो । ढुङ्गेलको अध्यक्षतामा गठित शिक्षकका […]

मकवानपुरे सहीदकी आमाः खुट्टा नचलेपछि ४ वर्षदेखि ओछ्यानमै

हेटौंडा, १६ माघ । मकवानपुरगढी गाउँपालिकाको धादिङ र भागरथी टोलको एउटा थलीमा सानो पक्की घर छ । त्यही पक्की घर बनेको छ अहिले उनको संसार । घरको कोठाबाट पिढीसम्म उनको गन्तव्य बनेको छ, अहिले । पिढीमा बसेर टोलाइरहन्छिन उनी ८० वर्षिय वृद्धा । उनी अर्थात् जनआन्दोलन २०६२–०६३ का शहिद बासुदेव घिमिरेकी आमा चित्रकुमारी । चित्रकुमारी […]

मकवानपुरगढीमा यस कारण बनाइयो एकदन्ते सेतो हात्तीको प्रतिमा

हेटौंडा, ११ माघ । बागमती प्रदेशको राजधानी हेटौंडासँग सिमाना जोडिएको मकवानपुरगढी दरबारमा शुक्रबार २५७ औं विजय उत्सव मनाइयो । गोर्खा नियन्त्रणमा रहेको मकवानपुरगढीमा बिक्रम सम्वत् १८१९ माघ १० गते गढीमा रहेको नन्दु शाहको नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दहचोकवाट पठाएको वंशीराज पाण्डेको फौजले मुगल बादशाह मिरकासिमको नेतृत्वमा रहेको अंग्रेज फौजलाई पराजित गरेको दिनलाई विजयोत्सव मनाउने […]

‘ऐतिहासिक धरोहरको विकासले पर्यटन प्रवर्द्धन’

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक धरोहरको विकासले पर्यटन प्रवर्द्धनमा सघाउने बताएका छन्। गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको सम्झनामा शुक्रबार मकवानपुरगढीमा आयोजित २५७औं विजयोत्सवको उद्घाटन गर्दै उनले ऐतिहासिक मकवानपुरगढी क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नुका साथै आर्थिक उन्नतिका लागि विशेष पहल थाल्नुपर्नेमा जोड दिए। तत्कालीन गोर्खाली सेनाको वीरतालाई विश्वसामु चिनाउन मकवानपुरगढीले […]

मकवानपुरगढीमा विजयोत्सव मनाइयो, सेतो हात्तीको प्रतिमा अनावरण

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडासँगै जोडिएको ऐतिहासिक मकवानपुरगढीमा २५७ औं विजयोत्सव मनाइएको छ । मकवानपुरगढी गाउँपालिकाको आयोजनामा भएको विजयोत्सव कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको नेपालको राष्ट्रिय झण्डोत्तोलन तथा सेतो हात्तीको प्रतिमा अनावरण गरेका छन् । मुगल बादशाह मिरकासिमको नेतृत्वमा रहेको अंग्रेज फौजलाई गोर्खाली सेनाहरुले पराजित गरेको सम्झनामा शुक्रबार मकवानपुर जिल्लाको ऐतिहासिक किल्ला […]

मकवानपुरगढीमा जिल्ला स्तरीय लोक दोहोरी प्रतियोगिता हुने

हेटौंडा, ५ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा यही माग ७ गते जिल्ला स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता मकवानपुरगढी गाउँपालिकाको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला समिति मकवानपुरको सह–आयोजनामा हुने भएको हो । प्रतियोगितामा सहभागी हुन एक समुहमा दुई पुरुष र दुई महिला गरी चार जनाको […]

भोलीदेखि शहिद रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता सुरु हुने

हेटौंडा, २७ पुस । मकवानपुरगढी गाउँपालीकामा भोलीदेखि शहिद रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता २०७६ सुरु हुने भएको छ । १६ औँ शहिद रुद्र पाख्रिन स्मृती दिवसको अवसरमा मकवानपुरगढीमा भोली सोमबारदेखी जिल्ला स्तरीय ६ ए साईड फुटसल प्रतियोगिता सुरु हुने भएको हो । भोलीदेखि सुरु हुने उक्त फुटसल प्रतियोगितामा आयोजकसहित १० वटा टिमको सहभागि हुने […]