मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढीकी एक महिलामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरगढीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरगढीकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ की ३४ वर्षीया महिला रहेका छन् । उनमा किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा संक्रामण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले […]

मकवानपुरका थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, हेटौंडाका मात्रै ६२ जना

मकवानपुर । मकवानपुरका थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार, २९ जना महिला र ४३ जना पुरुष गरी मकवानपुरका थप ७२ जनामा कोरोना संक्रमण पुष्टि […]

सामरी खोलामा अझै कति जना बग्नुपर्ला ?

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ कालिखोला र वडा नम्वर ५ भालुखोला जोड्ने पक्की पुल निर्माणको काम अझै अलपत्र अवस्थामा छ । तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगत जिल्ला विकास समिति मकवानपुरले नागार्जुन शंखरमाली जेभी नामक निर्माण व्यवसायी कम्पनीलाई १५ महिनाभित्र पुल निर्माण गरिसक्नुपर्ने गरी निर्माणको जिम्मा दिएको थियो, तर निर्माण व्यवसायी […]

सामरी खोलाले बगाउँदा विश्वकर्माको मृत्यु

मकवानपुर । सामरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ झल्ला स्थित ५३ बर्षका लालबहादुर विश्वकर्मा रहेको पत्रकार लक्ष्मण बजगाइँले जानकारी दिएका छन् । आज शनिवार विहान दूध बेचेर घर फर्कदैँ गर्दा उनलाई सामरी खोलाले बगाएको थियो । करिब ५ सय मिटर खोलाले बगाएपछि उनको शव भेटिएको […]

मकवानपुरमा कोरोना संक्रमितको संख्या ८३ जना पुग्यो

मकवानपुर । मकवानपुर जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८३ जना पुगेको छ । आईतवार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मकवानपुरमा संक्रमितको संख्या ८३ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता (कोभिड–१९) डा. पुरुषोत्तम रोज सेढाईका अनुसार, आइतवार किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लामा […]

हेटौंडाकी एक महिलासहित मकवानपुरमा थपिए दुई कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडाका एकसहित दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार, संक्रमण पुष्टि हुनेमा एक महिला र एक पुरुष रहेका छन् । संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिका […]

मकवानपुरमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो

मकवानपुर । मकवानपुर जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४७ जना पुगेको छ । बिहिबार मकवानपुरको बागमती गाउँपालिका वडा नंबर २ माझगाउँका एक जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ पुगेको हो । बागमती गाउँपालिका स्थायी घर भएका उनी ९ दिन अघि विदेशबाट आएका स्थानीय जनता माविको क्वारेन्टिनमा बसेका थिए । संक्रमण पुष्टि भएपछि उनलाई […]

राष्ट्रिय वनक्षेत्रमा मापदण्ड पूरा गर्न हेटौंडा उपमहानगरपालिकासहित पाँच स्थानीय तहलाई पत्र

मकवानपुर । कुनै पनि विकास निर्माणको काम गर्दा निश्चित मापदण्ड पूरा गरेर योजनाहरु संचालन गर्न डिभिजन वन कार्यालय हेटौंडाले मकवानपुर जिल्लाको पाँच स्थानीय तहलाई अनुरोधसहित पत्राचार गरेको छ । वन कार्यालयले हेटौंडा उपमहानगरपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकालाई पत्र पठाइएको आजको हेटौंडा सन्देश दैनिकमा निशा गुरुङले समाचार लेखेकी छन् । प्रदेशको […]

सामरी खोलाले बगाउँदा मकवानपुरका रुम्बाको मृत्यु

मकवानपुर । मकवानपुरगढीमा खोलाले बोगाएर एक जनाको मृत्यु भएको छ । गढी गाउँपालिका वडा नम्बर २, बाँसपानी नजिक सामरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । मृत्यु हुनेमा सोही गाँपालिका वडा नम्बर ६ बस्ने ४१ वर्षीय सुमन रुम्बा रहेका छन् । उनको हिजो (आइवार) साँझ घर […]

भानु मावि भवन निर्माण प्रकरण : प्राविधिक रुपमा गम्भीर त्रुटि गरिएको भन्दै काँग्रेस गाउँ कमिटीले गर्यो भत्सर्ना (विज्ञप्तिसहित) 

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरगढी गाउँ कमिटीले श्री भानु माद्यामिक विद्यालयमा नयाँ १२ कोठे भवन निर्माणमा गम्भीर लापरबाही भएको भन्दै त्यसको भत्सर्ना गरेको छ । काँग्रेस गाउँ कमिटीका सभापति राजबिर मोक्तानद्वारा जारी गरिएको विज्ञप्तिमा विद्यालयको भवन निर्माण गर्दा प्राविधिक र निर्माण समितिको मिलेमतोमा स्वीकृत नक्सा विपरित काम भएको र तोकिएको मापदण्डसमेत पुरा नगरिएको भन्दै भवन […]

भानु माविको भवन निर्माणमा प्राविधिक र निर्माण समितिद्वारा गल्ती स्वीकार

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको श्री भानु माध्यमिक विद्यालयमा निर्माणाधीन १२ कोठे नयाँ भवन निर्माण गर्दा गल्ती / कमजोरी भएको, निर्माण समिति र फिल्डमा खटिएका प्राविधिकले स्वीकार गरेका छन् । नक्सामा उल्लेख भएअनुसारको रड प्रयोग नभएको, कूल १० वटा मध्ये ४ वटा प्लिन्थ लेबलको बेस बिम छुट्न गएको, निर्माण सामग्री तयार […]

कामै नसकी सरकारी पैसा फुत्काउने भानु माविको दाउ, काम बाँकी छदै सम्पन्न भनेर शिक्षा निर्देशनालयले काट्यो चेक

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको श्री भानु माद्यामिक विद्यालयले सम्झौता अनुसार भवन निर्माणको काम नै नगरी भुक्तानीको लागि शिक्षा विकास निर्देशनालय बागमती प्रदेशमा फाइल पेश गरेको रहस्य तु खबरले फेला पारेको छ । सो निर्माणाधीन भवन मापदण्ड विपरित भएको भन्दै विभिन्न तथ्य र तस्वीर सार्वजनिक हुँदासमेत विद्यालय व्यवस्थापन समितिले सो भवन […]

भानु माविको विषयमा चौतर्फी गुनासो आएको छ, अनुगमन गरेर कारबाही गर्छौँ – उपनिर्देशक भण्डारी

मकवानपुर । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले भानु माविमा नयाँ बन्दै गरेको भवनको अनुगमन गर्न प्राविधिक पठाउने जनाएको छ । तु खबरसंग कुराकानी गर्दै निर्देशनालयका उपनिर्देशक रुद्रमणी भण्डारीले भानु माविमा बन्दै गरेको भवनको विषयमा चौतर्फी गुनासो आएकोले केहीदिन भित्रै अनुगमन गरिने जानकारी दिए । चौतर्फी गुनासो आएको छ, सञ्चार माध्ययमहरुमा पनि समाचार प्रकाशन भएका छन्, […]

भानु माविमा मापदंडविपरित भवन : नियमानुसार चुरी नराखी चुरीफुरी

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको भानु माध्यामिक विद्यालय परिसरमा निर्माण थालिएको भवन प्रचलित मापदण्ड विपरित भएको रहस्य बाहिर आएपछि बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले अनुगमन गर्ने भएको छ । केहीदिन अघि तु खबर डटकमले भानु माविमा भवन बनाउँदा बीम नै गायब भएको विषयमा समाचार सार्वजनिक गरेपछि मन्त्रालयको ध्यानाकर्षण भएको सामाजिक विकास […]

मकवानपुरगढीका युवा गाउँ बनाउने अभियानमा

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका युवा गाउँमै समृद्धी ल्याउने भन्दै जागेका छन् । युवाहरु उर्वर समाज मकवानपुरगढी गठन गरी अभियानमा लागेका छन् । ‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने सोचका साथ मकवानपुरगढी–५ भागरथीका युवाहरु संगठित भएका हुन् । अभियान अन्तर्गत् उर्वर समाजमा आवद्ध युवाहरुले मंगलबार भागरथी टोल सरसफाई गर्नुका साथै मन्दिरमा रंग लगाएका छन् । कोरोना महामारीले […]

मकवानपुरका ५० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै

मकवानपुर । मकवानपुर जिल्लामा आजबाट ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको प्रदेश स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयले आजबाट खुवाउन सुरु गरिएको भिटामिन ‘ए’ र जुकाको औषधी जिल्लाको १० स्थानीय तहका ५० हजार २ सय बालबालिकालाई खुवाउने लक्ष्य रहेको जनाएको छ । त्यसको लागि जिल्लाको […]

सलह किराका कारण मकवानपुरका २ गाउँपालिका प्रभावित

मकवानपुर । सलक किराका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाका सयौँ कृषकहरु प्रभावित भएका छन् । कृषि ज्ञान केन्द्र हेटौँडाका अनुसार मकवानपुरगढी गाउँपालिकाको वडा नम्वर ७ र बकैया गाउँपालिकाको धिँयालमा सलह किरा ठूलो संख्यामा देखिएको छ । ती क्षेत्रमा किसानको खेतबारीमा फैलिएको सलहको पहिचान र नियन्त्रणमा ल्याउन कृषि ज्ञान केन्द्र हेटौंडाबाट विषादीसहितको प्राविधिक टोली […]

मकवानपुरगढीमा सलह कीराको बिगबिगी, किसान मर्कामा (हेर्नुहोस् फोटो)

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ बतासे र भण्डारेमा सलह किराले बाली नष्ट गर्न थालेको छ । शनिबार मात्रै नेपाल पसेको सलक किराले मकवानपुरको गढी गाउँपालिका लगायतका अन्य गाउँपालिकाहरुमा पनि किसानले लगाएको बाली नष्ट गर्न थालेको हो । नेपालमा सलक किरा पहिलो पटक हिजो मात्रै भित्रिएको हो । हिजो तराईका जिल्लाहरुबाट भित्रिएका यस कीराले […]

मकवानपुरका १० स्थानीय तह – नीति तथा कार्यक्रम र अनुमानित बजेट यस्तो

मकवानपुर । मकवानपुरका ९ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि अनुमानित बजेट, वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र ७ वटा गाउँपालिकाले हिजो बुधबार अनुमानित बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । बागमती गाउँपालिकाले भने असार २० गते मात्रै सार्वजनिक गर्ने गाउँपालिकाका अध्यक्ष सर्केश […]

मकवानपुरगढी गाउँपालिकाद्वारा आगामी आव ०७७/७८ को लागि ५९ करोड ७५ लाखको अनुमानित बजेट सार्वजनिक

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ५९ करोड ७५ लाख ७ हजार रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । आज बुधबार गाउँपालिकाको पाचौँ गाउँसभामा अनुमानित बजेट पेश गर्दै आगामी आवको लागि बार्षिक नीति तथा कार्यक्रम समेत पेश गरिएको छ । ३ नम्वर वडा अध्यक्ष भागवत घिमिरेले बजेट र नीति तथा कार्यक्रम […]