हेटौंडा उपमहानगरपालिका

आन्तरिक राजश्व कार्यालय मकवानपुरद्वारा ४ अर्ब २८ करोड राजश्व असुली

मकवानपुर, १३ असोज । आन्तरिक राजश्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष ०७५–७६ मा विभिन्न स्रोतको राजश्व बापत रु ४ अर्ब २८ करोड ५२ लाख ७० हजारको राजश्व असुली गरेको छ । गत आव ०७५–७६ को अवधिमा अन्त शुल्क राजश्वतर्फ २ अर्ब ४१ करोड २६ लाख ५० हजार, आयकर तर्फ ८८ करोड ३२ लाख २९ हजार […]

हेटौँडाको राप्तिखोलामा शव फेला

मकवानपुर, १३ असोज । हेटौँडा–११ गोल्फिनटार नजिकै राप्तिखोलामा आईतबार एक व्यक्तिको शव फेला परेको छ । शुक्रबारदेखि सम्पर्क विहिन रहेका ५० वर्षीय बिरबहादुर प्रजाको शव आईतबार दिउँसो राप्तिखोलामा फेला परेको प्रहरीले जनाएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं. ४ घर भएका उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीका अनुसार, प्रजाको शवलाई हेटौँडा […]

मकवानपुरमा डेंगु रोगका बिरामी दिन प्रतिदिन बढ्दै, बिरामीको संख्या १ हजार चार सय पुग्यो

हेटौँडा, १२ असोज । मकवानपुर जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपनगरपालिकाको विभिन्न वडामा डेंगु रोगलाई नियन्त्रण गर्ने प्रयास भइरहेको पनि डेंगु रोगको बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । मकवानपुर जिल्लामा आज (आईतबार) अपराह्नसम्ममा १ हजार चार सय जना डेंगु रोगका बिरामीहरुको पहिचान भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ती डेंगु रोगका […]

हेटौंडामा सुगम पोखरेल साँझ सम्पन्न

मकवानपुर, १२ असोज । हेटौंडामा सुगम पोखरेल (वान.एम.बी.) साँझ सम्पन्न भएको छ । लायन्स तथा लियो क्लब अफ हेटौंडा सुर्योदय (परिवार) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सांगीतिक तथा पर्यटनलाई टेवा पुर्याउने मुख्य उद्देश्यका साथ कार्यकम आयोजना गरिएको हो । कार्यकममा सुगम पोखरेल, […]

सवारी चालकलाई सुरक्षित यात्राको शुभकामना

मकवानपुर, १२ असोज । प्रदेश नं. ३ प्रहरी कार्यालयको आयोजनामा हेटौंडा–१० बसपार्कमा कार्यलयका प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले चालकहरुलाई टिका र माला लगाई शुभकामना दिएका छन् । महानिरीक्षक बस्नेतले नेपालीहरुको महान चाड बडादशै, शुभ दिपावली तथा छठ पर्व–२०७६ को अवसरमा आज हेटौँडामा सवारी चालकलाई सुरक्षित यात्राको लागि टिका र माला लगाई शुभकामना दिएका हुन् । […]

मन्जु श्री बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

मकवानपुर, १२ असोज । मकवानपुरको हेटौँडा–१४ मा रहेको मन्जु श्री बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीको अध्यक्ष माया थिङको अध्यक्षता तथा जिल्ला बचत संघका मकवानपुरका सह–सचिव मिना चौधरीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । १४ नम्वर वडाको वडा सदस्य चमेली सिजाली मगरको विशेष आतिथ्यतामा सम्पन्न भएको […]

जर्नालिष्ट अफ दी इयरबाट बाँनिया सम्मानित

मकवानपुर, १२ असोज । मकवानपुर जिल्ला फुटबल संघका सदस्य मणिष श्रेष्ठले आफ्नो बुवाको नाममा स्थापना गरेको मदन मोमोरियल ट्रष्टले हरेक बर्ष प्रदान गर्दै आएको पुरस्कार यस बर्ष खेलकुद पत्रकार बिक्रम बानियाँलाई प्रदान गरेको छ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको समापनमा पत्रकार बानियाँलाई ‘जर्नालिष्ट अफ दी इयर’ […]

आज हेटौँडा उपमहानगरपालिका कार्यालय बन्द हुने

मकवानपुर, १२ असोज । हेटौंडा उपमहानगरपालिका कार्यालय आज आईतबार बिदा हुने भएको छ । उपमहानगरकाका कार्यपालिका सदस्य रुपमा खुलाल गोलेको मृत्यु भएसंगै आज उपमहानगरपालिकामा बिदा हुने भएको हो । सबै जनप्रतिनिधिहरु र कर्मचारीहरु कार्यालयमा जम्मा भएर श्रदान्जली सभा गर्ने र त्यसपछी कार्यालय बिदा हुने उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । उपमहानगरपालिकाका कार्यपालिका सदस्य गोलेको […]

नारायणी बहुउद्देश्य सहकारी संस्थाको २३ औं साधारणसभा सम्पन्न

मकवानपुर, १२ असोज । हेटौँडा उपमहानगरपालिका वडा नं. ९ मा रहेको नारायणी बहुउद्देश्य सहकारी संस्थाको २३ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षता तथा प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्वर १ का सांसद एवम् केन्द्रिय लेखा समितिका सभापति कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । संविधानसभाका सदस्य तथा पूर्व […]

बालजागृतिका विद्यार्थीको प्रस्तुती

मकवानपुर ११ असोज । बासुदेव मार्गमा रहेको बालजागृति इङ्लिस सेकेन्डरी स्कूलका विद्यार्थीले आफ्नो कला प्रस्तुत गरेका छन् । बर्षेनी दसैं तिहारको पूर्वसन्ध्यामा आयोजना गरिने प्रिप्राइमरी विद्यार्थी प्रस्तुती कार्यक्रम उनीहरुले नृत्य, गायन र सिर्जनात्मक प्रस्तुती प्रस्तुत गरेका हुन् । शनिबार आयोजित कार्यक्रममा नर्सरी, केजी, एलकेजी र युकेजीका विद्यार्थीले नृत्य गायन प्रस्तुत गरेको स्कूलका प्रधानाध्यापक बिनोद सुवेदीले […]

साहित्य संगम मकवानपुरका संस्थापक अध्यक्ष धर्मदत्तको सम्झनामा शोकसभा

मकवानपुर, ११ असोज । असोज ५ गते सोमबार निधन भएको साहित्य संगम मकवानपुरका संस्थापक अध्यक्ष धर्मदत्त न्यौपानेको सम्झनामा शनिबार (आज) हेटौँडामा श्रद्धान्जली एवम् शोकसभा सम्पन्न भएको छ । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलको सभाध्यक्षता तथा साहित्यकार तुलसी थापाको प्रमुख आतिथ्यतामा शोकसभा सम्पन्न भएको हो । श्रदान्जली सभामा साहित्यसेवी मुक्ती गोविन्द वैध, तुलसी घिमिरे, रमेश […]

सेभेन ए साइड फुटबल : सन्तोषी, त्रिवेणी र धाप टोल विकास संस्था विजयी

मकवानपुर, ११ असोज । हेटौँडा–९ मा जारी टोल स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको शुक्रबार भएको पहिलो खेलमा सन्तोषी टोलविकास संस्था, दोस्रो खेलमा त्रिवेणी टोल विकास संस्था र तेस्रो खेलामा धाप टोल विकास संस्था विजयी भएका छन् । शुक्रबार भएको पहिलो खेलामा धर्मपथ टोल विकास संस्थालाई २–१ गेल अन्तरले पराजित गर्दै सन्तोषी टोल विकास संस्था […]

समन्वय परिसद् बैठक : विकासमा ४० खर्ब खर्च

प्रदेश ३ को विकास निर्माणमा ४० खर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान गरिएको छ । प्रदेश नीति तथा योजना आयोगले ५ वर्षको अवधिमा ३२ खर्ब खर्च हुने प्रारम्भिक आवधिक योजनाको आधारपत्रमा उल्लेख गरकोमा मस्यौदाले अन्तिम रूप पाउँदासम्म ८ खर्ब बढेको हो । हेटौंडामा शुक्रबार भएको प्रदेश विकास परिषद्को पहिलो बैठकमा आयोगका सदस्य श्याम बस्नेतले आव […]

पाँचौ सुरक्षित गर्भपतन दिवसको आवसरमा हेटौँडामा अन्तरक्रियात्मक नीति तथा संवाद

मकवानपुर, ११ असोज । पाँचौ सुरक्षित गर्भपतन दिवसका अवसरमा अन्तरक्रियात्मक नीति तथा संवाद कार्यक्रम हेटौंडामा भएको छ । कार्यक्रम हेटौंडा उपमहानगरपालिका, स्वास्थ्य कार्यालय मकवानपुर, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको सञ्जाल मकवानपुर, वियोण्ड बेईजिङ्ग कमिटी र युवा सेवा समाज(युसेस) मकवानपुरको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा युसेसका अध्यक्ष एवं गैरसरकारी संस्था महासंघ प्रदेश ३ […]

ब्लड प्रेसर लो भएमा के गर्ने? यी ६ उपाय अपनाउने की

उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ। रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाह नहुन सक्छ। तपाई वा तपाईको कोही आफन्तजन न्यून छ भने तपाईले निम्न उल्लेखित तरिका अप्नाउन सक्नुहुन्छ। मदिरा त्याग्ने र बढी पानी पिउनेः मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ। हरेक […]

६४ औं प्रहरी दिवसको अवसरमा मन्दिर परिसर सरसफाई

मकवानपुर, १० असोज । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ मा रहेको पशुपति मन्दिर परिसरमा शुक्रबार बिहान सरसफाई गरिएको छ । ६४ औं प्रहरी दिवसको अवसरमा वडा प्रहरी कार्यालय हेटौँडाको सकृयतामा बिहान मन्दिर परिसरमा सरसफाई गरिएको हो । वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी र पशुपति मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको नेतृत्वमा मन्दिर सरसफाई […]

रानी वनद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना

मकवानपुर, १० असोज । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । समुहले नजिकिँदै गरेको चाडपर्व शुभविजयादशमी, शुभदिपावली र छठ पर्वको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम समूहका अध्यक्ष कृष्ण विडारीको सभाध्यक्षतामा तथा हेटौँडा उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष अर्जुनप्रसाद […]

नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न प्रदेश सरकार र कतार सरकारबीच छिट्टै सम्झौता हुने : मुख्यमन्त्री पौडेल

मकवानपुर, १० असोज । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार र छिमेकी मित्र राष्ट्र कतारबीच नेपाली कृषकहरुले उत्पादन गरेका मौसमी तरकारीहरु कतारमा निर्यात गर्न केहीदिन भित्रै कतार सरकारसँग सम्झौता हुने बताएका छन् । प्रदेश नं. ३ को नीति योजना आयोगद्वारा आज (शुक्रबार) हेटौँडामा आयोजित प्रदेश विकास परिषद् बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले […]

लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा शनिबार फुटसल प्रतियोगिता हुने

मकवानपुर, १० असोज । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले विजयादशमी, शुभ दिपावली र छठ पर्वको शुभकामनासहित फुटसल प्रतियोगिता गर्ने भएको छ । बिहिबार नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघले भोली अर्थात असोज ११ बजे बिहान हेटौँडाको कमलडाँडा फुटसल प्रतियोगिताको आयोजना गर्नेे जानकारी दिइएको हो । नेपाली काँग्रेसको चार भातृ संगठनबीच हुने प्रतियोगिताले खेल […]

हटियामा एक दिने अपराध नियन्त्रणसम्बन्धी गोष्ठी

मकवानपुर, १० असोज । हटियामा एक दिने अपराध नियन्त्रण सम्बन्धि सचेतनामुलक गोष्ठीको आयोजना गरिएको छ । डिभिजन वन कार्यालय, मकवानपुर र सव डिभिजन वन कार्यालय, हर्नामाडीको संयुक्त आयोजनामा अपराध नियन्त्रण सम्बन्धि गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा वनमा हुने हानी नोक्सानीलाई नियन्त्रण गर्न, वन्यजन्तुहरुको संरक्षण गर्न र वन तथा वन्यजन्तु सम्वन्धि कानूनी व्यवस्था लगायतका विषयहरुमा […]