हेटौंडा उपमहानगरपालिका

चाडपर्वमा यात्रु ठग्दै सुमो व्यवसायी, एक जनाको ७ सयसम्म लिइयो, सीडिओ चुपचाप

मकवानपुर २२ असोज । काठमाडौँबाट हेटौँडातर्फ आउने यात्रुहरु सुमोहरुबाट ठगिन थालेका छन् । ४ सय ५० रुपैँया भाडादर निर्धारण गरिएको भएपनि सुमो व्यवसायीले प्रतिव्यक्ति ७ सयदेखि १४ सयसम्म अशुलिरहेका छन् । सुमो व्यवसायीहरुले चाडपर्वको अवसर छोपेर मनलाग्दी भाडा अशुल्न थालेपछि यात्रुहरुले गुनासो गरेका छन् । आज (बुधबार) मात्रै नारायणी यातायात व्यवसायी संघको सुमोले काठमाडौँबाट हेटौँडातर्फ […]

आज विजयादशमी, टीकाको उत्तम साइत १०ः३५ बजे

मकवानपुर २१ असोज । आज दशैँको मुख्य दिन विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर देशैभर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाउने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग […]

निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ

मकवानपुर १९ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौँले महरालाई पक्राउ गर्न अनुमति दिएपछी उनलाई प्रहरीले पक्राउ गरेको हो । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी […]

१० लाखको लगानीमा धार्मिक स्थल चुरियामाई मन्दिर परिसरमा तीन वटा धारा

मकवानपुर, १७ असोज । हेटौंडा उपमहनगरपालिका वडा नम्वर १४ र १५ मा पर्ने चुरियामाईको मुल मन्दिरको परिसरमा आज शुक्रबार खानेपानीको उद्घाटन गरिएको छ । १० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको सो मन्दिर परिसरको तीन वटा धाराहरुको आज उद्घाटन गरिएको हो । हेटौंडा उपमहानगरपालिका, हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड र चुरीयामाई मन्दिर व्यवस्थापन समितिको संयुक्त लगानीमा निर्मित […]

प्रेस युनियन मकवानपुरद्धारा शुभकामना आदानप्रदान

मकवानपुर, १७ असोज । नेपाल प्रेस युनियन मकवानपुर शाखाले हिन्दुहरुको महान चार्ड बडादशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रम युनियनका अध्यक्ष कुमार अधिकारी पोष्ठराजको अध्यक्षता तथा पार्टीका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रममा पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, सल्लाहकार माइकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, नगर […]

मकवानपुरको उपभोक्ताहरुलाई सुपथ मुल्यमा खाद्यान्न र लत्ताकपडा उपलब्ध

मकवानपुर, १७ असोज । हिन्दुहरुको महान चाड बडादशैंको उपलक्ष्यमा मकवानपुरका स्थानीय बजारमा खाद्यान्न, लत्ताकपडाहरु सुपथ मुल्यमा विक्री–वितरण भइरहेको छ । मकवानपुर उद्योग वाणिज्य संघको सक्रियतामा जिल्लाको मनहरी, भीमफेदी, पालुङ र हेटौँडाको स्थानीय बजारबाट उपभोक्ताहरुलाई चामल, आटा (पिठो), मसला, तेल, घिउँ, चिनी र लत्ताकपडाहरु करिब १० प्रतिशत सहुलियत मुल्यमा विक्री–वितरण भइरहेको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ […]

हेटौँडामा सवारी दुर्घटना हुँदा न्यौपानेको मृत्यु

मकवानपुर, १७ असोज । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चाइना गेट नजिक आज बिहान साढे ६ बजेतिर सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा ११ बाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ८ ख ३८७२ नम्बरको तेल ट्याङ्करले सोही दिसाबाट आउँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल सवार […]

बाग्मती गाउँपालिकामा काँग्रेसको चियापान तथा शुभकामना आदानप्रदान

मकवानपुर, १६ असोज । नेपाली काँग्रेस बाग्मती गाउँपालिकाद्वारा बडादशैंको अवसरमा बिहीबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । काँग्रेस बाग्मती गाउँपालिका सभापति भक्तबहादुर राईको सभाध्यक्षता तथा हेटौडा उपमहानगर सभापति आनन्दराम पराजुलीको प्रमुख आतिथ्यतामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । कार्यक्रममा प्रतिनिधि सभा १ को क का क्षेत्रीय सभापति डिल्ली घोरासैनी, कांग्रेस नेताहरु […]

मकवानपुर प्रहरीले बुझायो हराएको १६ थान मोबाईल

मकवानपुर, १६ असोज । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा हराएको १६ थान मोबाईल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ । प्रहरी कार्यालय मकवानपुरमा विभिन्न समयमा मोबाईल हराएको भनि दिएको निवेदनको आधारमा बिशेष प्रबिधिको प्रयोग गरी खोजतलासी गरी १६ थान मोबाईल फेला पारी सम्बन्धित धनिलाई बुझाएको हो । प्रहरीले बिभिन्न मितिमा हराएको सामसुम, ओपो, भिभो, […]

भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी उद्घाटन

मकवानपुर, १६ असोज । प्रदेश नं. ३ को राजधानी हेटौँडामा फोरजीको सेवाको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच बुधबार भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी सेवाको उद्घाटन भएको हो । फोरजीको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकमा नयाँ सूचना प्रविधिको प्रयोगबाट जनतालाई आर्थिक समृद्धितर्फ उत्प्रेरित गर्न सरकार प्रतिबद्धका […]

हेटौँडाको भैरवडाँडामा ट्याक्टर दुर्घटना, मगरको मृत्यु, ढुंगाना घाईते

मकवानपुर, १६ असोज । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १, भैरवडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–९ बस्ने १९ वर्षिय सौरभ दर्लामी मगर रहेका छन् । आज बिहान दुई बजेतिर भैरवडाँडाबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ त ४५३७ नम्वरको ट्याक्टर पल्टिएर अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु […]

हेटौँडामा रहेको संस्कृत वेद विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

मकवानपुर, १५ असोज । हेटौँडाबाट संचालित कम्प्युटर इन्स्टिच्युट ‘ ‘कलेज अफ इन्फर्मेसन टेक्नोलोजी’ (सिआईटि) ले हेटौँडामा रहेको संस्कृत वेद विद्यालयलाई शैक्षिक सामाग्री तथा खाद्यान्न सामाग्री सहयोग गरिएको छ । सिआईटिले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा हेटौंडा १० गोरक्षस्वरधाममा रहेको संस्कृत विद्यालयलाई शैक्षिक सामाग्री र खाद्यान्न सामाग्री सहयोग गरेको हो । आज सिआईटिका संचालक दिनेश रिजालले […]

पर्स चोरी गरिरहेको अवस्थामा हेटौँटाबाट एक जना पक्राउ

मकवानपुर, १५ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. २ संगम चोकस्थित रहेका फुर्केचौर–फापरबारी बसपार्कबाट पर्स चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर उपमहानगरपालिका वडा नं. ८ गौरीगन्ज बस्ने पुर्ण बहादुर नेपाली रहेका छन् । उनलाई मकवानपुरगढी गाउँपालिका ७ सुकौरा जाने बसमा सवार हेटौँडा–२, चौकीटोल बस्ने ५८ को केशब प्रसाद पुडासैनीको […]

अवैध लागूऔषधसहित हेटौँडाबाट एक जना पक्राउ

मकवानपुर, १५ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित सडकखण्डबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बिरगंज महानगरपालिका बडा नं. १३ बस्ने २८ वर्षीय नजिर हुसेन रहेका छन् । प्रहरीले उनको साथबाट लागूऔषध फेनारगन १९९ एम्पुल, नुफिन १९५ एम्पुल, डाईजेपाम १९५ एम्पुल बरामद गरेको छ । बिरगंजबाट हेटौँडातर्फ […]

ओम बृद्धाश्रममा आश्रित बृद्धलाई दहीचिउरा

मकवानपुर, १५ असोज । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मकवानपुर ज्येष्ठ नागरिक समाजले ओम बृद्धाश्रममा आश्रित बृद्धलाई दहीचिउरा खुवाएको छ । ज्येष्ठ नागरिक समाजले हेटौंडा–२, स्थित चौकीटोलमा रहेको बृद्धाश्रममा आश्रित बृद्धलाई मंगलबार दहीचिउरा खुवाएको हो । विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानसहितको कार्यक्रममा करिब ४० जनालाई दहीचिउरा खुवाइएको समाज अध्यक्ष केदारप्रसाद न्यौपानेले बताए । कार्यक्रममा अध्यक्ष […]

भ्रमण वर्ष सफल बनाउन मकवानपुरमा जिल्ला स्तरीय समिति गठन

मकवानपुर, १५ असोज । भ्रमण वर्ष २०२० लाई प्रभावकारी ढंगले सफल बनाउन मकवानपुरमा जिल्ला स्तरीय सहजिकरण तथा समन्व्य समिति गठन भएको छ । मंगलबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला स्तरीय भ्रमण वर्ष सहजिकरण तथा समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले १ सय १ सदस्य समिति गठन गरेको हो । बैठकले भ्रमण […]

संचारमाध्यमहरु राजनैतिक पूर्वाग्रहबाट उपयोग भइरहेकोमा मुख्यमन्त्री पौडेलद्वारा चिन्ता व्यक्त

मकवानपुर, १४ असोज । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संचारमाध्यमहरुले मुलुकको स्वतन्त्रता, प्रजातन्त्रको सुदृढिकरण र जनताको आर्थिक समृद्धिको लागि सशक्त भुमिका निर्वाह गर्नुपर्नेे बताएका छन् । बडादशैंको उपलक्ष्यमा प्रदेश नं. ३ मुख्यमन्त्री तथा मन्त्री परिषद् सचिवालयद्वारा आज मंगलबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले संचारमाध्यमहरु अहिले […]

जिसस मकवानपुरको आयोजना शुभकामना आदानप्रदान

मकवानपुर, १४ असोज । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजनामा आज मंगलबार हेटौँडामा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम प्रदेश नं. ३ को मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो समारोहलाई सम्बोधन गर्दै प्रमुख आतिथिसमेत रहेका उनले आउँदै गरेको चार्डपर्व बडादशैं, शुभदिपावली र छठ पर्वको सबै नेपालीहरुमा शुभकामना […]

प्रजिअ जोशी : लाईसेन्स नभएका अटो तथा मयुरीलाई चल्न नदिने

मकवानपुर, १३ असोज । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले नजिकिदै गरेको चाडपर्व बडादशैं, शुभदिपावली र छठ पर्वलाई लक्षित गर्दै लाईसेन्स नभएका अटो तथा मयुरीलाई चल्न नदिने बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरको आयोजनामा सोमबार भएको ट्राफिक व्यवस्थापनसम्बन्धि प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा बोल्दै प्रजिअ जोशीले सो कुरा बताएका हुन् । उनले आजदेखि उक्त नियम […]

मउवा संघ र मउवि समितिको संयुक्त आयोजना शुभकामना तथा सम्मान कार्यक्रम

मकवानपुर, १३ असोज । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघ र महिला उद्यमी विकास समिति (मउवि) ले आज एक कार्यक्रमबीच वडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको उपलक्षमा शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । संघकी महिला सभापति निलम वैद्यको सभाध्यक्षतामा भएको कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो । मकवानपुर उद्योग वाणिज्य […]