हेटौंडा उपमहानगरपालिका

प्रदेश नम्बर ३ मा प्रदेश सरकारको मातहतमा प्रदेश स्तरीय आदिवासी जनजाति विकास परिषद गठन गर्न माग

हेटौँडा, २३ साउन । प्रदेश नम्बर ३ मा प्रदेश सरकारको मातहतमा प्रदेश स्तरीय आदिवासी जनजाति विकास परिषद गठन गर्न माग गरिएको छ । प्रदेश नम्बर ३ का १३ वटै जिल्लाहरुका आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिको ऐक्यवद्धत्ता र मकवानपुरका सम्पूर्ण जातीय संस्थाहरुको समर्थनमा नेपाल आदिवासी जनजाति महासंघ ३ नम्बर (नेवाःताम्सालिङ) प्रदेश तदर्थ समन्वय परिषदले बुधबार […]

नेतृत्व गर्न पाए संगठन र मन दुबै मिलाउने क्षमता राख्छु : श्रीधर पोखरेल (नेता नेकपा)

मकवानपुर २३ साउन । श्रीधर पोखरेल, मकवानपुरको राजनीतिमा राम्रो छवी भएका नेता हुन् । २०३५ सालको हाराहरीबाट एमालेको राजनीतिमा लागेका उनी आजसम्म पनि एमालेको संगठन विस्तार र कार्यकर्ता परिचालनमा क्रियाशील छन् । तत्कालिन एमालेको मकवानपुर पार्टी सचिव समेत भइसकेका पोखरेलले अनेरास्ववियूबाट विद्यार्थी राजनीति गरेका हुन् । तत्कालिन माओवादी केन्द्र र एमालेको एकतापछिको नेकपाको नेतृत्वको सवाललाई […]

आगलागीबाट ओम्याक्स सिनेमामा भएको क्षतीप्रति नेपाल चलचित्र संघको प्रेस विज्ञप्ति

मकवानपुर २३ साउन । मकवानपुरको हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा भएको आगलागी प्रति दुख व्यक्त गर्दै नेपाल चलचित्र संघले बिज्ञप्ति जारी गरेको छ । संघका प्रदर्शक सदस्य तथा नेपाल चलचित्र संघका तृतिय उपाध्यक्ष समेत रहेका नरेन्द्र महर्जनद्वारा संचालिनत ओम्याक्स सिनेमामा आज भएको आगलागीबाट करोडौंको क्षती भएको भन्दै उनको फिल्महल पुन छिट्टै सञ्चालनको कामना सहित विज्ञप्ती […]

रसुवागढी जलविद्युत् आयोजनाको बाँध निर्माण स्थगित

रसुवा २३ साउन । निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको बाँध बनाउने काम स्थगित भएको छ । आयोजना प्रमुख छवि गैरेका अनुसार वर्षाका कारण पानीको बहाव ह्वात्तै बढ्न गई भोटेकोशी नदीले बाँधस्थलबाट नयाँ धार लिएपछि बाँध निर्माण स्थगित गर्नुपरेको हो । पानीको बहाव प्रतिसेकेण्ड झण्डै पाँच हजार घनमिटर रहेको अनुमान छ । पानीको बहाव बढेपछि […]

टिप्पणी : प्रदेश राजधानीमा भिआइपीलाई चढ्न दामी गाडी छ, आगो निभाउन गतिलो दमकल छैन

मकवानपुर २३ साउन । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा अहिले एउटामात्र दमकल छ । कहिँ आगो लागि हाल्यो भने त्यसलाई नियन्त्रणमा ल्याउन हम्मेहम्मे पर्छ । आज बुधबार हेटौंडाको ओम्याक्स सिनेमा हलमा आगो लाग्यो । त्यसलाई नियन्त्रण गर्न हेटौंडामा मौजुदा दमकल, प्रहरी र राज्यको अन्य संयन्त्रले सकेन । करिव २ घण्टाभित्र करोडौँको सम्पत्ति नष्ट भयो । […]

अपडेटः यसरी भयो ओम्याक्समा आगलागी (फोटो फिचर)

हेटौँडा, २३ साउन । हेटौंडा–४ स्थित ओक्याक्स सिनेमा हलमा आगलागी भएपछि अहिले नियन्त्रणको प्रयास भइरहेको छ । करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको प्रहरीले जनाएको छ । हेरौँ केही तस्बिरहरु–

लाईभ भिडियो–ओम्याक्स हलमा यसरी लाग्यो आगो

हेटौँडा, २३ साउन । मकवानपुरको हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा भएको आगलागी हलको अगाडिको भागबाट नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट आगलागीको प्रयास थालिएको छ । हेर्नुहोस् भिडियो– 

ओम्याक्स हल आगलागी अपडेट– अगाडिबाट नसकेपछि पछाडिबाट आगलागी नियन्त्रणको प्रयास

हेटौँडा, २३ साउन । मकवानपुरको हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा भएको आगलागी हलको अगाडिको भागबाट नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट आगलागीको प्रयास थालिएको छ । हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल घटनास्थलमा आईपुगेको र आगलागी नियन्त्रणको प्रयास भइरहेको घटनास्थलमा पुगेका पत्रकार दिलबहादुर लामाले जानकारी दिएका […]

ओम्याक्स अपडेट : आगोलागि नियन्त्रण हुँदै, विहानको सो नभएको कारण मानविय क्षती हुन पाएन

मकवानपुर २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा आगोलागि भएपनि मानविय क्षती भने हुन पाएन । आज बुधबार बिहानको सो नरहेको कारण हल भित्र दर्शक नभएकोले मानविय रुपमा भने केहि क्षती नभएको जानकारी छ । अहिले हेटौंडाका स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणको पहल भईरहेको छ ।

अपडेट–ओम्याक्स हलको आगो निभाउन बारा जिल्लाबाट पनि आइपुग्यो दमकल, हेटौँडाको दमकलले आगलागी नियन्त्रण गर्न सकेन

हेटौँडा, २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा एक्कासी आगलागी भएपछि हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल घटनास्थलमा आईपुगेको पत्रकार दिलबहादुर लामाले जानकारी दिएका छन् । आगलागी नियन्त्रण गर्न आइपुगेको हेटौँडा उपमहानगरपालिकाको दमकलको पानी सकिएपछि पुन पानी लिन गएको अवस्था अहिले छ । हलको भित्रबाट सुरु […]

अपडेट–दमकलले पनि नियन्त्रणमा लिन सकेन ओम्याक्स हलको आगलागी, झन दन्कियो आगो

हेटौँडा, २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा एक्कासी आगलागी भएपछि अहिले हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तर घटनास्थलमा पुगेका पत्रकार दिलबहादुर लामाका अनुसार आगलागी झनै भिषण भएको छ । आगलागी नियन्त्रण गर्न आइपुगेको दमकलको समेत पानी सकिएपछि पुन पानी लिन दमकल पानी भएको स्थलतर्फ गएको छ […]

अपडेटः हेटौँडाको ओम्याक्स हलमा यसरी भयो आगलागी, प्रारम्भिक अनुसन्धान

हेटौँडा, २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा एक्कासी आगलागी भएपछि अहिले हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिइरहेका छन् । आगलागीको वास्तविक काराण खुल्न नसके पनि स्थानीयका अनुसार हलमा वाईरिङ गरिएको अवस्थामा आगलागी भएको हो । करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको मकवानपुर प्रहरीले पनि जनाएको छ […]

अपडेटः कसरी भयो हेटौँडाको ओम्याक्स हलमा आगलागी ?

हेटौँडा, २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको प्रहरीले जनाएको छ । अहिले आगलागी नियन्त्रणका लागि दमकल घटना स्थलमा पुगेको छ । स्थानीयहरु समेत आगलागी नियन्त्रणका लागि सक्रिय भए पनि हलमा लागेको आगो पूर्ण रुपले नियन्त्रणमा आएको छैन ।

३ नम्बर प्रदेशको नाम : ‘नेवा तामासालिङ’

मकवानपुर २३ साउन । ३ नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ राख्न माग गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ प्रदेश नम्बर तदर्थ समन्वय परिषद्ले यसबर्षको विश्व आदिवासी दिवस मनाउने क्रममा मंगलबार यस्तो माग गर्दै हेटौंडामा दबाबमुलक र्याली निकालेका हुन् । यस बर्षको विश्व आदिवासी दिवस मंगलबार, बुधबार र विहिबार गरी तीन दिन विभिध कार्यक्रम गरी […]

शारिरिक रुपमा अशक्तलाई हेटौँडामा ह्वील चियर सहयोग

हेटौँडा, २२ साउन । मकवानपुर जागरण अभियान र लायन्स क्लव अफ हेटौंडा नारायणी मलको सयुक्त पहलमा २ जना शारिरीक रुपमा अशक्त भएकाहरुलाई ह्वील चियर सहयोग गरिएको छ । हेटौंडा–१४ नयाँबस्ती निवासी ७५ वर्षीया भोजमाया डंगोल र सोही ठाउँ निवासी १७ वर्षीया सोनी स्याङ्तानलाई उनीहरुको आफ्नै निवासमा पुगि ह्वील चियर हस्तान्तरण गरिएको हो । शारीरिक रुपमा […]

भूकम्प प्रभावित गुम्बाविहार पुननिर्माणको गतिरोध अन्त्यकालागि हेटौँडामा अन्तरक्रिया

हेटौँडा, २२ साउन । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ध्वस्त भएका गुम्बा बिहार तथा निजि आवास एबम धार्मिक मठ मन्दिर धर्मशाला लगायत ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको पुननिर्माणमा आएको गतिरोध अन्त्यका लागि आज हेटौँडामा बृहत अन्तरक्रिया कार्यक्रम भएको छ । गुम्बा बिहार संरक्षण सघ, मकवानपुरको आयोजनामा मकवानपुर जिल्लाका निर्वाचित जनाप्रतिनिधिहरु लगायत विभिन्न सरोकारवाला […]

हेटौँडाबाट सभामुख श्रेष्ठको उद्घोष–‘१३ वटा ऐन बन्यो, हतार नगरौँ अरु पनि बन्छ’

हेटौँडा, २२ साउन । प्रदेश नम्बर ३ का प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ मा आवश्यक भएका १ सय ९९ ऐनमध्ये १३ वटा मात्र ऐन निर्माण भएको बताएका छन् । संसदीय मामिला पत्रकार समाजले मंगलबार हेटौँडामा आयोजना गरेको संसदीय पत्रकारिता तालिम उद्घाटन गर्दै उनले बाँकी ऐन पनि आवश्यकता अनुसार बन्ने बताए । प्रदेशसभाले कानुन निर्माणमा […]

मकवानपुरका पत्रकारहरुलाई संसदीय रिपोर्ट सिकाइँदै

हेटौँडा, २२ साउन । संसदमा हुने विभिन्न छलफल तथा पारित हुने गरेका ऐन तथा प्रक्रियाहरुका बारेमा सत्यतथ्य समाचार प्रस्तुत गर्ने उदेश्यले मकवानपुका पत्रकारहरुलाई संसदीय पत्रकारिता तालिम दिइएको छ । संसदीय मामिला पत्रकार समाजको आयोजनामा आज संसदीय पत्रकारिता तालिम दिइएको हो । तालिममा संसद सम्बन्धी समाचार कसररी लेख्ने भन्ने अभ्यास गराइएको छ । तालिमको उद्घाटन गर्दै […]

गुम्बा बिहार पुननिर्माण बारे आज हेटौँडामा बृहत अन्तरक्रिया हुँदै

हेटौँडा, २२ साउन । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ध्वस्त भएका गुम्बा बिहार तथा निजि आवास एबम धार्मिक मठ मन्दिर धर्मशाला लगायत ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको पुननिर्माणमा आएको गतिरोध अन्त्यका लागि आज हेटौँडामा बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ । गुम्बा बिहार संरक्षण सघ, मकवानपुरको आयोजनामा मकवानपुर जिल्लाका निर्वाचित जनाप्रतिनिधिहरु लगायत विभिन्न […]

विश्व आदिवासी दिवसका अवसरमा हेटौँडामा ३ दिवसीय कार्यक्रम हुने

हेटौँडा, २२ साउन । विश्वभर छरिएर रहेका आदिवासी जनजातिहरुले सन् १९९३ देखि अगस्ट ९ तारिखका दिन ‘विश्व आदिवासी दिवस’ विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईदै आईरहेको अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको छ । यहि साउन २४ गते परेको २४ औँ विश्व आदिवासी दिवसका अवसरमा मकवानपुरको हेटौँडामा पनि ३ दिवसीय कार्यक्रम गरिने बारे […]