हेटौंडा उपमहानगरपालिका

मकवानपुरका ८ सहित बागमती प्रदेशमा थपिए ७१९ जना कोरोना संक्रमित

मकवानपुर । मंगलवार बागमती प्रदेशमा ७१९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मकवानपुरसहित विभिन्न जिल्लामा गरी प्रदेशमा ७१९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलवार देशभर १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बागमती प्रदेशका […]

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडाद्वारा मेयर महतलाई ज्ञापनपत्र

मकवानपुर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडा उपमहानगरपालिका कमिटीले हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतलाई ज्ञापनपत्र बुझाएको छ । कमिटीले व्यवसाय संञ्चालन गर्न पाउनुपर्ने माग गर्दै उपमहानगरपालिकाका प्रमुख महतलाई ज्ञापनपत्र बुझाएको हो । युनियनका अध्यक्ष सजिता केसी र सचिव भगवती श्रेष्ठसहितको टोलीले प्रमुख महतलाई ज्ञापनपत्र बुझाएका हुन् । महिलाहरुले सञ्चालन गरेको यस व्यवसाय खुलाउनका लागि आफुले […]

मनहरी गाउँपालिकामा २४ शैयाको कोरोना अस्पताल स्थापना

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर ८ सिम्पानीमा रहेको आइसोलेशन वार्डलाई स्तरउन्नती गर्दै २४ शैयाकोे कोरोना विषेश अस्पतालको रुपमा स्थापना गरिएको छ । संक्रमित विरामीहरुलाई थप उपचारको लागि भरतपुर, काठमाडौँलगायतका अस्पतालहरुमा पठाउनुपर्ने बाध्यता रहेकोले गाउँपालिकामै अस्पतालको स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिएका छन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको रु १० लाख अनुदानमा अस्पतालको […]

राससका अध्यक्षद्वारा आकस्मिक छड्के : बागमती प्रदेश प्रमुख झा तालाचाबी बोकेर फरार

मकवानपुर । राष्ट्रिय सामाचार समितिका कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) र प्रशासन प्रमुख उत्तम शिलवालले आज दिउँसो राष्ट्रिय समाचार समिति बागमती प्रदेशको कार्यालय हेटौँडामा छड्के गरेका छन् । रासस बागमती प्रदेश कार्यालयका प्रमुख सुरेस झा कार्यालयमा उपस्थित नभई लामो समयदेखि विराटनगरमा गई बसेको भन्ने सूचना प्राप्त भएपछि राससका अध्यक्ष स्यामलसहितको टोली आकस्मिक अनुगमनको लागि हेटौँडा […]

प्रेस काउन्सिलको युवा पत्रकारिता पुरस्कार–२०७७ तु–खबरका सम्पादक अधिकारीलाई

मकवानपुर । तु–खबर डटकमका सम्पादक गिरिजा अधिकारी प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मानित हुने भएका छन् । काउन्सिलले सोमवार जारी गरेको विज्ञप्ति अनुसार, सम्पादक अधिकारी नगद रु. १५ हजार राशीसहित सम्मानित हुने भएका हुन् । दुई दसकदेखि पत्रकारिता गर्दै आएका पत्रकार अधिकारी प्रदेश पत्रकार महासंघ बागमतीका सल्लाहकार हुन् । ५१ औं वार्षिकउत्सबको अवसरमा […]

सोमवार बागमती प्रदेशमा थपिए ७०४ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

मकवानपुर । सोमवार बागमती प्रदेशमा ७०४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मकवानपुरसहित विभिन्न जिल्लामा गरी प्रदेशमा ७०४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमवार देशभर १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बागमती प्रदेशमा […]

मकवानपुरका २ सहित थप १६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा एकैदिन १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मकवानपुर जिल्लाका २ सहित थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । ११ वटा जिल्लाका ३ महिला र १३ पुरुष गरी १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा […]

मकवानपुरमा सवारी दुर्घटना, दुईको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आज दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोमवार मनहरीबाट सरिखेत पलाँसे जादै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का १३ वर्षिय रिजन तितुङ र ११ वर्षिय अनुप वाइवा […]

जिसस मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम असोज २५ गते हुने

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समिक्षा बैठक आगामी असोज २५ गते बस्ने भएको छ । जिसस मकवानपुरको आइतवार बसेको ६६ औं बोर्ड बैठकले उक्र निर्णय गरेको हो । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । उक्त बैठकले कोभिडका कारण […]

अब हेटौंडा बजार साँझ ७ बजेसम्म खुल्ने

मकवानपुर । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको आज बिहान बसेको बैठकले हेटौंडास्थित स्थानीय बजारमा भोलि असोज ६ गते बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म सबै प्रकारका पसलहरु संचालनमा ल्याउन दिने निर्णय गरेको छ । उक्त बैठकले मकवानपुरको दामन, पालुङ, भीमफेदी, मनहरी, लोथर र हेटौंडामा रहेको विभिन्न होटलहरु पनि भोलिदेखि साँझ ७ बजेसम्म खुल्न दिने […]

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, एकैदिन ८४६ जना थपिए

मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २१ हजार ७० जना पुगेको छ । प्रदेशमा आइतवार थप ८४६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कूल संख्या २१ हजार ७० जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आइतवार प्रदेशको काठमाडौंमा ६०४ जना, ललितपुरमा ६४, भक्तपुरमा १०४, नुवाकोटमा १, धादिङमा २१, चितवनमा १५, […]

कोरोना संक्रमणबाट हेटौंडाकी एक युवतीको मृत्यु

मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट हेटौंडाकी एक युवतीको मृत्यु भएको छ । संक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की १७ वर्षीया युवतीको मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आइतवार मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ २२ गते ज्वरो र स्वाशप्रस्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा भदौ २४ गते […]

आइतवार बागमती प्रदेशका यी जिल्लाहरुमा थपिए कोरोना संक्रमित, मकवानपुरमा मात्रै २४ जना

मकवानपुर । आइतवार बागमती प्रदेशमा ८३८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मकवानपुरसहित विभिन्न जिल्लामा गरी प्रदेशमा ८३२८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतवार देशभर १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३२१ जना […]

मकवानपुरमा भए ७०३ कोरोना संक्रमण मुक्त

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ७०३ जना पुगेको छ । पछिल्लो तीन दिनमा थप २३ जना संक्रमण मुक्त भएसँगै संक्रमण निको हुनेको संख्या ७०३ जना पुगेको जनस्वास्थ्य कार्यलय हेटौंडाका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म ११ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये […]

हेटौंडामा थपिए ११ जना कोरोना संक्रमित, कुन वडामा कति ? (विवरणसहित)

मकवानपुर। हेटौंडामा आइतवार ११ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको पीसीआर परीक्षण हेटौंडामा ११ जना कोरोना संक्रमित थपिएका हुन् । उक्त प्रयोगशालामा आइतवार गरिएको परीक्षणमा मकवानपुरका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा हेटौंडाका ११ जनामा संक्रमण पुष्टि भएको हो । […]

मकवानपुरका थप २२ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर। मकवानपुरका आइतबार थप २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आइतवार किजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका ७ जना महिला र १५ जना पुरुष गरी थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए । उनकन अनुसार संक्रमण पुष्टि हुनेहरुमा हेटौंडाका […]

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, १३८ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २० हजार २२४ जना पुगेको छ । प्रदेशमा शनिवार थप ७८२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कूल संख्या २० हजार २२४ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता (कोभिड–१९) डा. पुरुषोत्तम राज सेढाईका प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म १० हजार ५३६ […]

हेटौँडामा जारी निःशुल्क खाना खुवाउने अभियान सम्पन्न, ३ हजार जनाले खाए खाना

मकवानपुर । हेटौंडामा गत भदौं २४ गतेबाट जारी निःशुल्क खाना खुवाउने अभियान आज सम्पन्न भएको छ । परशुराम स्मृति प्रतिष्ठान तथा मकवानपुर जिल्ला फुटबल संघले हेटौँडा–४ हुप्राचौरमा निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको थियो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको विभिन्न प्रकारको निषेधज्ञाको कारण दुई छाक खान समेत समस्या परेकाहरुको […]

काँग्रेस हेटौंडा–४ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ५२ जनाले गरे रगत दान

मकवानपुर । नेपाली काँग्रेस हेटौंडा ४ नम्बर वडा समितीको आयोजनामा हेटौंडामा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रगत दान गरेका छन् । काँग्रेस हेटौंडा–४ ले छैठौं संविधान दिवसको अवसरमा आयोजना उक्त कार्यक्रममा ५२ जनाले रगत दान गरेका हुन् । कार्यक्रम ४ नम्बर पार्टी सभापति हरिप्रसाद पौडेलको अध्यक्षता तथा कार्यबाहक सभापति बिष्णु प्रसाद लामिछानेको प्रमुख आतिथ्यता भएको […]

मकवानपुरमा सवारी दुर्घटना, अधिकारीको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपलिका वडा नम्बर ९ रजैयामा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेकोे बा ३ ख ९६६४ नम्बरको मिनिबस र विपरित दिशातर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाईकल चालक भरतपुर […]