समाचार

अष्ट्रेलियामा प्रर्दशन गर्न बिक्रि भयो जात्रै जात्रा

काठमाडौं २८ कात्तिक । चलचित्र जात्रै जात्राको टिजर सार्वजनिक भएसँगै विभिन्न देशमा प्रर्दशनका लागि सम्झौता हुन थालेको छ । चलचित्र बनि नसक्दै अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैँयामा सम्झौता भएको हो । होर होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टले जात्रै जात्राको सार्वजनिक टिजरमा दर्शकले दिएको उत्साहजनक प्रतिक्रिया र चलचित्र जात्राको रिर्पोट हेरेर जात्रै […]

भुकम्प गएको ३ बर्ष नाग्दासमेत मकवानपुरमा पुनननिर्माण पुरा हुन सकेन

मकवानपुर २८ कात्तिक । कसैले पनि बिर्सन नसक्ने गरी ०७२ साल बैशाख १२ गते गएको महाभूकम्पपछि भत्किएको संरचना अझै पुननिर्माण पूरा हुन सकेको छैन । सरकारी अनुदानमा घर निर्माण सुरु भए पनि अझै पूरा हुन सकेको छैन । मकवानपुरमा ३३ हजार ९ सय ७४ घर पुननिर्माण गर्नुपर्ने देखिए पनि हालसम्म २६ हजार ९ सय ३९ […]

अब बृद्ध भत्ता ५ हजार हुन्छ : मुख्यमन्त्री पौडेल

मकवानपुर २८ कात्तिक । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा रहेको ओम बृद्धाश्रमको लागि १५ लाख बजेट छुट्टाएको बताएका छन् । आश्रमले बृद्धाबृद्धहरुको सेवा तथा सम्मान गरिरहेको बताउँदै उनले आश्रमको स्तरउन्नतीको लागि प्रदेश सरकारले १५ लाख रुपैँया छुट्टाएको बताए । आश्रमको १२ औं साधारणसभाको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले ज्येष्ठ नागरिकको सुरक्षाका लागि सरकारले […]

सुदुरपश्चिम प्रदेशमा नयाँ समाजिक विकासमन्त्रीको रुपमा सुवेदी आए

काठमाडौं २८ कात्तिक । सुदुरपश्चिम प्रदेशमा मंगलबार बर्खास्त गरिएका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीको ठाउँमा मंगलबारनै कृष्णराज सुवेदीले पद सम्हाल्दै सपथ खाएका छन् । सुवेदीले मंगलबार नै पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन्। तत्कालीन नेकपा एमालेको तर्फबाट चुनावमा प्रतिस्पर्धा गरेका सुवेदीले कैलाली ४ ख बाट नेपाली कांग्रेसका […]

बारा महोत्सव कात्तिक ३० गतेबाट, आवश्यक तयारी पुरा

बारा २८ कात्तिक । जितपुरसिमरा उपमहानगरपालीकास्थित दुधौरा पुलको किनारमा आयोजना हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला ९बारा महोत्सव को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आयोजक संस्था एस फाउण्डेसन अफ नेपालले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी र उदेश्यका विषयमा जानकारी गराएको हो । संस्थाका अध्यक्ष वेद प्रसाद भट्टले दुधौरा पुलको किनारलाई […]

नवलपरासी औद्योगिक व्यापार मेला २०७५ मंसिर १३ देखि हुँदै

काठमाडौँ २७ कात्तिक । शान्ति, समृद्ध, उद्योग र व्यापार नवलपरासी औधोगिक व्यापार मेला २०७५ तथा कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रबिधिको बृहत प्रदर्शनी २०७५ मंसिर १३ देखि २३ गते सम्म हुने भएको छ । उद्योग वाणिज्य संघ नवलपरासी तथा औधोगिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनीसहितको […]

प्रेमीसँग मिलेर श्रीमानको हत्या

मोरङ २७ कात्तिक । प्रेमीसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेका अभियोगमा पत्नी र प्रमीलाई प्रहरीले पक्राउ गरेको छ । प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिका–३ की ३० बर्षकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर ४५ बर्षका पति सोही हेमरमको हत्या गरेको प्रहरीले जनाइएको छ । हत्या भएको खबर पाएपछि पुगेको प्रहरीले […]

मोटरसाइकललाई टिपरले ठक्करबाट दिँदा मृत्यु

तुलसीपुर, २७ कात्तिक । दाङमा भएको सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एकको मृत्यु भएको छ । घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाइकललाई रा १ क ५८२ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१६ सानीअम्बापुर निवासी ४२ वर्षीय तेजबहादुर खत्री […]

एक अमेरिकन नदीमा डुबेर बेपत्ता

रौतहट, २७ कात्तिक । सर्लाही वरहथवा नगरपालिका–१ बस्ने २३ वर्षीय अमेरिकन सहनी सोमबार नदीमा डुबेर बेपत्ता भएका छन् । रौतहट बिन्दावन नगरपालिका–१ र सर्लाही वरहथवा नगरपालिका–१ को सिमानामास्थित बाग्मती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएका सहनीको स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले खोजी गर्नुका साथै घट्नाको बारेमा थप आवश्यक अनुसन्धान गरिरहेको छ […]

करिब ९ लाख ८७ हजार बराबरको धनमाल चोरी

भक्तपुर, २७ कात्तिक । चाँगुनारायण नगरपालिका–४ र सोही नगरपालिका–९ मा सोमबार करिब ९ लाख ८७ हजार बराबरको धनमाल चोरी भएको छ । चाँगुनारायण नगरपालिका–४ खनालगाँउ बस्ने रामशरण पण्डितको घरबाट सोमबार दिउसो नगद तथा सुनका बिभिन्न गरगहना गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । यसैगरी चागुँनारायण नगरपालिका–९ ताथली बस्ने ३९ […]

अवैध रुपमा लुकाई छिपाई लैजान लागेको सुन सहित पक्राउ

काठमाडौं, २७ कात्तिक । हिमालय एयरको उडानद्वारा कतारबाट काठमाडौं आगमन भएका सिराहा मिर्चैया नगरपालिका–२ घर भएकी रुवी कुमारी महतोलाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको सुनसहित सोमबार प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा भन्सार छली अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ सय ९९ ग्रामको सुनको बाला […]

चोरी गरेको मोटरसाइकल सहित दुई जना पक्राउ

काठमाडौं, २७ कात्तिक । चोरी गरी ल्याउँदै गरेको मोटरसाइकलसहित मंगलबार बिहान प्रहरीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा हाल बारा सिमरा घर भई काठमाडौं जोरपाटी बस्ने २१ वर्षीय सुबाश तामाङ र काठमाडौं चावहिल बस्ने २१ वर्षीय प्रदिप नेपाली रहेका छन् । उनीहरुलाई काठमाडौं महानगरपालिका–५ कालोपुलस्थित प्रहरीले जाँच गर्नेक्रममा बा.९६ प ७१७७ नम्बरको मोटरसाइकल […]

प्रदेश नम्बर ३ का सांसदको गाडीमा ढुङ्गा प्रहार गर्ने एक जना नियन्त्रणमा

काठमाडौं, २६ कात्तिक । काठमाडौं महानगरपालिक–६ बौद्ध महांकाल पानीट्याङ्की स्थित सडकमा प्रदेश नम्बर ३ का सासंद गणेश प्रसाद दुलाल सवार बा. १९ च ४९८ नम्बरको गाडीमा र काठमाडौं रामहिटी पिपलबोट बस्ने बिरबहादुर लामाको बा. ३ च ९५१९ नम्बरको गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उदयपुर लामिटार घर भई काठमाडौं महानगरपालिका–६ […]

प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना

काठमाडौं २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । ‘छठ पर्व’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले मूख्यरुपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भू–भागमा […]

ओलम्पिक महिला फुटबल छनोटमा नेपालले बङ्गलादेशसँग भिड्दैै

काठमाडौँ, २७ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग भिड्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः१५ देखि शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले […]

पत्रकार महासंघ कास्कीलाई करिब १ लाख २० हजार बराबरको कुर्सी सहयोग

पोखरा, २७ कात्तिक । ‘एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस’ले नेपाल पत्रकार महासंघ कास्की शाखालाई रु १ लाख २० हजार बराबरका कुर्सी सहयोग गरेको छ । पोखरा महानगरपालिका–७ माछापुच्छ्रे«स्थित महासंघको कार्यालय भवनमा आयोजित एक कार्यक्रममा एक्सपर्ट पोखराका निर्देशक रमेशकुमार थापाले पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई ६० थान कुर्सी हस्तान्तरण गरेका थिए । एक्पर्टका निर्देशक थापाले सामाजिक […]

युवा पुस्ताले चासो नदिँदा लोप हुँदै पञ्चेबाजा

बेझाड, २७ कात्तिक । युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको छ । विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अहिले लोपोन्मुख अवस्थामा छ । पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हुँदै र चलन हट्दै गएको हो । बाउबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन […]

मकवानपुर जिल्ला बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारण सभा समापन

मकवानपुर २७ कात्तिक । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सोमबार १३ औं वार्षिक साधारण सभा समापन भएको छ । प्रदेश ३ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाको प्रमुख अतिथ्यतामा सभा भएको थियो । सभामा मन्त्री लामाले सहकारी संघले विभिन्न विधामा सम्मानित तथा पुरस्कृत हुने सहकारी संस्था र सहकारीकर्मीलाई […]

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

दाङ, २७ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । लु २१ प ५३४८ नं को मोटरसाइकल दुर्घटना हुँदा अन्दाजी ६० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाइएको छ । मृतकको सनाखत हुनसकेको छैन । उनको […]

कारको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

दमक, २७ कात्तिक । कारको ठक्करबाट झापाको दमकमा आज एक पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा दमक–९ मा बस्दै आएका खोटाङ साकेला गाँउपालिका–४ का ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको हो । बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा १७ च ८१७२ नं को कारले ठक्कर दिँदा […]