समाचार

मन्त्रीका विदेश भ्रमण बाक्लियो

संघीय सरकारका चार मन्त्रीसहित प्रदेशका दुई मुख्यमन्त्री विदेश भ्रमणमा छन् । सरकारका एक जना उपप्रधानमन्त्री बिहीबार मात्रै चीन भ्रमणमा निस्किएका छन् । अर्का मन्त्री बिहीबार चीनबाटै स्वदेश फर्केका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चीनको हुवेई प्रान्तको उहान र बेइजिङमा हुने दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । अर्थमन्त्री युवराज खतिवडा […]

ठूलो भ्रष्टाचार मुद्दा थाती राखेर सानो मुद्दामा अल्झँदै अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार मुद्दालाई थाती राखेर पछिल्लो समय सानो मुद्दामा अल्झिएको छ । ललिता निवास प्रकरणदेखि ‘हाइप्रोफाइल’का अकुत सम्पति मुद्दालाई थाति राखेर ५ सय रुपैयाँदेखि लाखौ रुपैयाँको स्ट्रिङ अप्ररेसनमा केन्द्रित भएको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्दा अख्तियारले १ हजार रुपैयाँदेखि ४७ लाखसम्म विगो दाबी गरेर विशेष अदालतमा मुद्दा दर्ता गरेको […]

एकताको १७ महिनापछि पार्टी गतिविधिप्रति दाहालको असन्तुष्टि

सत्तारुढ दल नेकपाको पछिल्लो गतिविधिप्रति पार्टीकै एक अध्यक्ष असन्तुष्ट देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहालले ‘अराजक गतिविधि’ मौलाउन लागेको बताएका छन् । एकले अर्कोलाई सिध्याउने खेल सुरु भएको उनको ठम्याइ छ । उनले यसलाई डरलाग्दो रोगका रुपमा चित्रण गरेका छन् । पार्टी एकताको १७ महिनापछि उनले पार्टीमा देखिएको विकृतिको आलोचना गरेका हुन् । नेकपा चितवनले […]

काठमाडौँमा मात्र होइन देशैभरी सेटिङमा मिर्गौला व्यापार

मानव शरीरको महत्त्वपूर्ण अंग मिर्गौला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ । हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गौला बेचबिखन गरेको घटना सार्वजनिक भएको छ । यसको सञ्जाल गाउँदेखि काठमाडौं र काठमाडौंदेखि भारतका सहरमा हुने […]

प्रहरी तालिम केन्द्रमै ‘बलात्कार प्रयास’

निडर भावनासहित प्रहरी जवानको तालिममा उत्रिएकी थिइन् । यही मनोवलले प्रहरी प्रशासनमा काम गर्ने सोच थियो तर त्यस दिन उनको मुहारमा डर र त्रास मात्र झल्किन्थ्यो । प्रहरी अधिकृतले पीडितको मनोविज्ञान खोतलेपछि उनले आफूमाथि तालिम केन्द्रमै जबर्जस्ती करणी प्रयास भएको खुलाइन् । नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवानकी प्रशिक्षार्थीले पाँच दिन अघि केन्द्रभित्रै […]

सीआईबीमै अड्कियो ललिता निवासको छानबिन

बाटुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन ३ महिनाभित्र पेस गर्ने जिम्मा पाएको प्रहरीको छानबिन समिति पटक–पटक म्याद थप गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । दुईपटक गरी थपिएको चार महिनामा समेत अनुसन्धान नटुंगिएपछि सरकारले बिहीबार फेरि दुई महिना समय थपेको छ । ०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ललिता […]

पाँच किलो सुनसहित पक्राउ परेका भोटेलाई काठमाडौं पठाइयो

संखुवासभा, ३० असोज । सोमबार भोटखोला गाउँपालिकाबाट पाँच किलो सुनसहित पक्राउ परेका भोटेलाई काठमाडौं पठाइएको छ । उनलाई ५ किलो सुनसहित यती एयरको विमानबाट बिहिबार काठमाडौं पठाइएको हो । संखुवासभाका प्रहरी प्रमुख लामाका अनुसार भोटेलाई बरामद भएको सुनसहित राजस्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुरमा जिम्मा लगाइसकिएको छ । विशेष सुराकीका आधारमा चेपुवा प्रहरीले भोटेलाई भोटखोला […]

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

काठमाडौं, ३० असोज । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल आज चीन प्रस्थान गरेका छन् । रक्षामन्त्री पोखरेल चीनको उहानमा हुने सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा सहभाग हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना रथी शरद गिरी लगायतले बिदाइ गर्नुभएको […]

भीरबाट लडेर भण्डारीसहित दुई जनाको मृत्यु

अछाम, ३० असोज । अछाममा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका–७ सुतारमा र बान्नीगढ जयगढ गाउँपालिका ६ दर्नामा भिरबाट खसेर दुई जनाको मृत्यु भएको हो । बाख्रा चराएर फर्किने क्रममा १० वर्षीय अम्मर भण्डारीको र दाउरा काट्न जाने बेलामा ५२ वर्षीय नारायण शाहको भीरबाट खसेर बुधबार मृत्यु भएको प्रहरीले जनाएको […]

किन पक्राउ परे मकवानपुरका दुई बालक ललितपुरबाट ?

मकवानपुर, ३० असोज । महानगरिय प्रहरी बृत्त सातदोबाटोले चोरी भएको मोटरसाइकलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सर्लाही घर भई हाल इमाडोल बस्ने वर्ष १६, मकवनापुर घर भई हाल ललितपुर बोधीग्राम बस्ने वर्ष १३ का नावालक र मकवानपुर कुलेखानी घर भई हाल लगनखेल वस्ने वर्ष १९ को अम्बर तामाङ रहेका छन् । पक्राउ […]

काँग्रेसले यही कात्तिक १ र २ गते प्रशिक्षण हुने

काठमाडौं, ३० असोज । नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ । काँग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काँग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी कार्यालय सचिव मुक्ति आचार्यले जानकारी दिए । प्रशिक्षणमा देशभरबाट ४०० […]

भरुवा बन्दुकसहित मकवानपुरका मोक्तान पक्राउ

मकवानपुर, ३० असोज । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ५ स्थित थानेडाँडाबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिगएको प्रहरी टोलिले भरुवा बन्दुकसहित स्थानीय ५६ वर्षीय रामबहादुर मोक्तानलाई पक्राउ गरेको हो । प्रहरीले मोक्तानको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारेपछि निजलाई पक्राउ […]

यौन दुर्व्यवहार गरेको आरोपमा शाही पक्राउ

ललितपुर, ३० असोज । यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । कालीकोट खडाचक्र स्थायी घरभई हाल ललितपुर महानगरिपालिका वडा नं १५ सातदोबाटोमा बस्दै आएका दत्तबहादुर शाही पक्राउ परेका हुन् । शाहीले २२ वर्षीया एक महिलालाई चिया खान जाउ भन्दै आफ्नो कोठामा लगि कोठाको चुकुल लगाएर यौन दुव्र्यवहार गरेको पिडित महिलाको भनाई छ […]

सवारी ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ

ललितपुर, ३० असोज । प्रहरीले सवारी ज्यान मुद्धामा फरार एक अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् । सवारी ज्यान मुद्धामा फरार सिन्धुपाल्चोकका पदमबहादुर राना पक्राउ परेका हुन् । २२ वर्षीय रानालाई महानगरीय प्रहरी बृत्त सातदोबाटोले पक्राउ गरेको हो । रानाले २०७२ फागुन १० गते बा १ ख ८४०० नम्बरको मिनी ट्रक दुर्घटना गराएका थिए । […]

यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको भाउ

काठमाडौं, ३० असोज । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ७० हजार ६०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको छ । त्यस्तै आज चाँदी भने बुधबारको […]

नियन्त्रिक लागूऔषधसहित दुई युवा पक्राउ

प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतो रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका–५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगर ४३० मिलीग्राम बरामद भएको छ […]

मकवानपुरको बकैयामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

मकवानपुर, ३० असोज । मकवानपुरको बकैया गाउँपालिका–३, जलजलेमा गएराति धारिलो हतियार प्रहर गरी एक जनाको हत्या गरिएको छ । बकैया गाउँपालिका ३ जलजलेस्थित ‌घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लोलाई स्थानीय ५० बर्षीय सुक बहादुर पाख्रिननले धारिलो हतियार प्रहार गरेका थिए । धारिलो हतियारबाट गम्भीर घाईते भएका लोको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले […]

बैठकबाटै पक्राउ परे विप्लव समूहका २१ नेता

मकवानपुर, ३० असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको २१ जना नेता बैठक स्थलबाटै पक्राउ परेका छन् । दाङको गढवा गाउँपालिकास्थित एक घरमा बैठक बसिरहेका बेला उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई प्रदेश र जिल्ला प्रहरीको टोलीले छापा हानेर पक्राउ गरेको ५ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले जानकारी दिए । पक्राउ पर्ने विप्लव […]

दुर्घटनाबाट मोटरसाईकल चालक केसीको मृत्यु

चितवन, ३० असोज । चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक भरतपुर महानगरपालिका–४ यज्ञपुरीका भविस केसीको मृत्यु भएको छ । ना १३ प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाईक चालक केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनाबाट मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका […]

राजपा महाधिवेशन फेरि सर्ने

राष्ट्रिय जनता पार्टी (राजपा) ले तेस्रोपटक तोकिएको मितिमा पनि महाधिवेशन गर्न नसक्ने भएको छ । कात्तिक २८–३० सम्म महाधिवेशनको मिति तोकिएको थियो । अहिलेसम्म तयारी अघि नबढेकाले चौथोपटक मिति तोक्न पार्टीभित्र छलफल सुरु भएको छ । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कात्तिक ३ गते बस्ने अध्यक्ष मण्डलको बैठकले तोकिएको मितिमै महाधिवेशन गर्ने या सार्ने निर्णय लिने बताए । तयारीबिनै […]