विचार

मकवानपुरका खोला–बगर तिम्रा बाउका बिर्ता हुन् ?

-शिवकुमार काशी केही दिनअघि मनहरी गाउँपालिका निबासी एकजना स्वाभिमानी बृद्ध बुवाले गोप्य रुपमा भेट्न आह्वान गर्नुभएपछि अपरिचित नै भएपनि उनको र मेरो भेटघाट भयो । भेटघाटमा सचेत र स्वामिमानी बुवाको सार कुरा थियो–‘हामीहरुका खेतका पुर्जा छन्, तिरो तिरेका छौँ । राप्तीखोला बगरमा परिणत भएका हाम्रा खेतबाट क्रसर उद्योगका बिचौलियाहरुले धमाधम मेसिन प्रयोग गरी क्रसर उद्योगहरुमा […]

चोलेन्द्रको “जुडिसियल कु” प्रयास र नेपाली सेनाको आँखा

– स्वागत नेपाल सर्वोच्च अदालतका न्यायाधीस चोलेन्द्र शमशेर राणाले प्रधानन्यायाधीस गोपाल पराजुलीविरुद्ध इजलासको दुरुपयोग गरेर घरमा लेखेर ल्याएको चिर्कटो पढीवाची सुनाएर हिँडेपछि केहीले खुसी मनाए, केहीले भित्रभित्रै भोजै खाएको सनसनी चल्यो, अधिकारवादी भनिने र गोविन्द के सी पक्षधरहरु खुसीले गद्गद् भएको सुनियो । तर, म भने अमेरिकाले १९९० मा इराकमा आक्रमण गर्ने घोषणा गर्दै विद्रोही […]

सेल्फीमय संसद बैठक: संघीय संसदको पहिलो बैठकमा देखिए अनौठा र रोचक दृष्य

कम्युनिस्टहरुले संसदलार्इ गफ गर्ने थलाे मान्छन । याे कुनै पनि हालतमा जनपक्षीय हुनसक्दैन, गफमा भुलाएर पुँजीवादीहरुले अाफ्नाे स्वार्थपूर्ती गर्ने थलाे प्रयाेग गर्छन भन्ने भनार्इ कम्युनिस्टहरुकाे छ । यद्यपी नेपालमा भने संसदभित्र अाफूलार्इ कम्युनिस्ट भन्नेहरुकै बहुमत छ । त्याे पनि सामान्य हाेइन झन्डै दुर्इ तिहाइ । त्यसमा पनि अहिलेकाे संसदमा लेनिनवाद मान्नेहरु करिव दुर्इ तिहार्इकाे संख्यामा […]

एउटा फोटोको बिम्ब

एमालेसँग पार्टी एकता गर्न लागेको एकीकृत नेकपा माओवादीका महासिचव रामबहादुर थापा ‘बादल’ले गृहमन्त्राल सम्हाले लगत्तै माओवादीको ‘पुरानै’ आन्दोलनलाई निरन्तरता दिन प्रयासरत नेपाल माओवादीबाट नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टीको नामबाट गतिविधि गरिरहेको संगठनका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नाममा पक्राउ पूर्जी जारी भयो । विप्लवको नाममा पक्राउ पूर्जी जारी भएपछि युद्धकालको एउटा फोटो ‘भाइरल’ बन्यो विप्लव […]

६ लेन सडकको ग्रीन जोनले नगरको सौन्दर्य थप्दै

–भरत केसी बुटवल । ‘तपाई सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ !’ सडक छेउमै राखिएको यस्तो सूचना देखेर धेरैलाई अच्चम लाग्न सक्छ । सिद्धार्थ राजमार्गको ६ लेन सडकअन्तर्गत भैरहवा–बुटवल खण्डको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरस्थित सडक छेउमा राखिएको सूचना हो यो । सडकको ग्रीन जोन क्षेत्रमा बनाइएको आकर्षक सुन्दर शहीद पार्क (फूलबारी) मा रोपिएका फूलका बिरुवाको […]

प्रचण्डलाई गद्दार घोषित गर्ने वादल गृह मन्त्री बन्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकार विस्तार गर्दैछन् । विस्तारित सरकारमा माओवादी केन्द्रबाट रामबहादुर थापा वादल र मातृका यादव मन्त्री बन्ने भएका छन् । वादललाई गृह मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ भने यादवको मन्त्रालयको टुङ्गो लागेको छैन । त्यसैगरी, प्रधानमन्त्रीले आजै एमालेका तर्फबाट पनि केहीलाई मन्त्रीपरिषद्मा लैजादै छन् । एमालेका तर्फबाट महासचिव इश्वर […]

मकवानपुरमा पत्रकारहरुको लुछाचुँडी कहिलेसम्म ?

देश संघीय ढाँचामा गएसँगै विभिन्न क्षेत्रमा स्थानीय तहमा नै जनताका मागहरु सम्बोधन हुन थालेको अवस्थामा पत्रकारहरुले समेत विभिन्न अवसर र चुनौतीहरुको भागीदार हुुनुपर्ने भएको छ । सात प्रदेशका विभिन्न क्षेत्रमा अस्थायी राजधानी तोकिएसँगै विभिन्न राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाईन न्यूज पोर्टलहरुले जिल्ला तथा प्रदेश स्तरका संवाददाता नियुक्त गर्ने र प्रादेशिक कार्यालय नै खोल्ने सम्मको कार्य […]

शिक्षकहरु प्रतिको नकारात्मक दृष्टिकोण र व्यवहार कहिले सम्म ?

-रमेशप्रसाद लामिछाने ,केन्द्रीय सदस्य, नेपाल शिक्षक महासंघ हाम्रो शिक्षा प्रणालीमा सरकारी शिक्षकहरुप्रतिको दृष्टिकोण पञ्चायत कालखण्डमा मात्र होइन, वर्तमान संघीय गणतन्त्र शासन व्यवस्थामा समेत सकारात्मक पाइएन । यो दुर्भाग्यपूर्ण वा विडम्बनापूर्ण मात्र नभई लज्जास्पद र निन्दनीय भन्नैपर्छ । जहाँ शिक्षकप्रति सम्मान हुँदैन वा शिक्षकप्रति सकारात्मक हेराई हुँदैन, त्यो समाज वा समुदायमा असल संस्कारको विकास सहज हुँदैन […]

मकवानपुरे मिडियाको दयालाग्दो अवस्था, ‘ईज्जत जोगाउने कि मिडिया ?’

-केही मिडिया संचालकहरुले अहिले पनि ३–४ हजार तलबमै रेडियोमा कार्यक्रम चलाउने र पत्रिकामा काम गर्ने मान्छे पाईन्छ भन्ने सोचेर भुल गर्छन् । तर मकवानपुरमा गिर्दै गएको मिडियाको ईज्जत र आर्थिक अभावलाई बुझ्दैनन् । -रेडियोमा बोल्ने, पत्रिकामा कलम चलाउने तर फ्यानहरुको जोवन गलाउनेसम्मका पत्रकारहरुको नालीबेली पनि बेलाबेलामा समाचार नै बन्ने गरेको छ ।  – मकवानपुरमा भएका […]

कसैको प्रेम ईतिहास बन्छ, कसैको बेडरुमसम्म पुगेर अन्त्य

सधैं तिम्रो जिन्दगीको खास बन्न सकुँ सुख–दुःख जे भए नि आस बन्न सकुँ मृत्युपछि के हुन्छ त्यो त मलाई थाहा छैन बाँचुन्जेल तिमी धड्कन, म श्वास बन्न सकुँ । (समर्पण मेरी जीवनसाथी सविलाई) –चन्द्र घलान मकवानपुर, २ जेठ । आज ‘प्रणय दिवस’ अर्थात भ्यालेन्टाईन्स् डे, पादरी भ्यालेन्टाईनले प्रेमको लागि बलिदान दिएको सम्झनाको दिन स्वरुप विश्वभर […]

नागरिकलाई सामाजिक सुरक्षा दिन अदालतबाट आदेश हुन्छ, लागू हुँदैन

–कालिका खड्का काठमाडौँ, २८ माघ । तराईमा प्रत्येक वर्ष शीतलहरबाट धेरै नागरिकको ज्यान जाने गरेको छ । त्यहाँका नागरिकलाई चिसोबाट बचाउने सरकारको प्रयास प्रभावकारी देखिएको छैन । सर्वोच्च अदालतले तराईका जिल्लाहरुमा प्रत्येक वर्ष शीतलहरको चपेटामा पर्दैआएका नागरिकलाई दाउरा वा पैसा बाँड्नु भन्दा पनि दीर्घकालका लागि नीतिगत संयन्त्र बनाउन सरकारका नाममा आदेश दिएको छ । सार्वजनिक […]

विद्यार्थी आन्दोलनको स्वरूप फेरिनुपर्छ

– सञ्जय कार्की ‘विद्यार्थी’ शब्दको पर्यायार्थ ‘विधा चाहने’ भन्ने बुझिन्छ वा भनौ नियमित रूपमा विद्याध्यनमा लाग्ने व्यक्ति ने विद्यार्थी हुन् । कुनै शिक्षण संस्थामा अध्ययनरत व्यक्ति नै विद्यार्थी हो । विद्यार्थी जीवन मानव जीवनको स्वर्णिम विहानी हो । ‘बिहानीले दिनको सङ्केत गर्छ’ भने झै विद्यार्थी अवस्थामा अनवरत अभ्यासको कसीमा प्रतिभालाई घोटेर अध्ययनमा तल्लीन हुने विद्यार्थीको […]

मकवानपुर प्रहरीले पक्राउ गरेका दिपेन्द्र अदालत परिसरबाटै फरार

मकवानपुर, २२ माघ । मकवानपुर प्रहरीले पक्राउ गरेका एक व्यक्ति म्याद थपका लागि अदालत लाँदै गर्दा अदाल नजिकैबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाका अनुसार लागुऔषधको आरोपमा पक्राउ परेका दिपेन्द्र शाह अदालत परिसरबाटै फरार भएका हुन् । प्रहरीले लागुऔषधको केसमा सोमबार बिहानै उनलाई नियन्त्रणमा लिएको थियो । उनी […]

पार्टी अनुशासन : एउटा सैद्धान्तिक प्रश्न

पार्टीभित्रका मतभेदहरूलाई वा पार्टीका स्वीकृत लाइनका विरुद्ध भिन्न मतहरूलाई सार्वजनिक रूपमा बाहिर लैजाने कि नलैजाने ? सामान्यतः यो एउटा व्यवहारिक प्रश्न हो । त्यसका साथै यो एउटा गम्भीर सैद्धान्तिक प्रश्न पनि हो । त्यो प्रश्नमा कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि नै बहस चल्दै आएको छ । माक्र्स–एङ्गेल्सले स्थापना गरेको प्रथम कम्युनिष्ट अन्तर्रा्ष्ट्रियको कालमा पार्टीका सदस्यहरूलाई आफ्ना […]

विकासको लागि यो मोडेल हुन सक्छ ?

कतिपय कुरामा आलोचना सहनुपर्दा पनि त्यत्ति दुःख लाग्दैन । यस आलेखको सम्बन्धमा पनि मेरो सन्दर्भमा यो लागू हुन्छ किनभने कतिपयलाई यो मन नपर्न सक्छ । यद्यपि यो स्वतन्त्र विचार हो, यसकारण आफ्नो वैचारिक स्वतन्त्रताको उपयोग (कसैलाई दुरुपयोग पनि लाग्न सक्छ) गर्ने दुस्साहस गर्दैछु । “प्रभु साह जे वाचा करइछई, ऊ पूरा होखलई” नवनिर्वाचित साँसद एवम् […]

अब शहरको फोहोरलाई सिमेन्टको भट्टामा बालौँ !!!

-श्याम कृष्ण कार्की ईञ्जिनियर हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ (हटिया–चिसापानी) मुलुकमा शहरीकरण बढेसंगै फोहोर व्यवस्थापनको चुनौती पनि जटिल बन्दै गईरहेको छ । फोहोर व्यवस्थापनकै लागि देशका महानगर तथा नगरहरुले प्रत्येक आर्थिक वर्षहरुमा करोडौ बजेट खर्च गर्ने मात्र नभएर फोहोरको उचित व्यवस्थापनकै लागि खोज, अध्ययन तथा अनुसन्धान कार्यमा पनि रकमहरु खर्चिने गरेको छ । फोहोर व्यवस्थापन कार्य […]

संसदीय समाचार र पत्रकारको आचरण

-शिव गाउँले संसद् जनतामा निहित सार्वभौमसत्ता प्रयोग गर्ने मुलुकको सर्वोच्च जनप्रतिनिधिसभा हो । लोकतन्त्र वा प्रजातन्त्र जे भने पनि जनताले आफैद्वारा निर्मित ऐन–कानुनबाट शासित हुने प्रणाली अवलम्बन गरेको हुनाले संसद्को महङ्खव हाम्रा लागि झन् धेरै छ । अति सम्मान गरेर होला, कतिपयले यसलाई लोकतन्त्रको मन्दिर पनि भन्छन् । यसका निर्णय र निर्णय प्रक्रियासहितका कामकारबाहीबारे रिपोर्टिङ […]

अब हेटौँडामा मयुरी र अटो पनि बन्द हुन सक्छ

-चन्द्र घलान मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी घोषणा गरिएसँगै हेटौँडा उपमहानगरपालिकाले केही सुधारका कार्यहरु अचानक निर्णय गर्न सुरु गरिसकेको छ । ३ नम्बर प्रदेशको प्रदेश प्रमुख अनुराधा कोईरालाले पदभार ग्रहण गरेकै दिन उपमहानगरले ठेला र फुटपाथलाई हटाउन उर्दि जारी गरिसकेको छ । अचानक जारी भएको सूचनाका कारण फुटपाथ व्यवसायी […]

बैँकहरु नफामुखी मात्रै हुने कि सेवामुखी पनि ?

बैँकहरुमा तरलता सहज भए बढि ब्याजदर लिई अनुत्पादक क्षेत्रमा लगानी बढाउने र बढि नाफा कमाउने दाउमा रहँदा समग्र बित्तिय क्षेत्रमा असन्तुलनको स्थिीती सृजना भएको छ –ऋषिराम ढकाल सानो अर्थतन्त्र भएको हाम्रो जस्तो मूलूकमा आर्थिक उदारीकरण पश्चात विभिन्न किसिमका उतारचढावहरु आए । सरकारी स्वामित्वमा रहेका ३ वटा बैँकहरु र तत्पश्चात खुलेका निजी क्षेत्रको स्वामित्व भएका निजी […]

बेथिति राज्यका सबै निकायतिर

माओवादीले मन्त्री फिर्ता गराएर नयाँ सरकार गठनको बाटो खोलिदिएको भन्यो । यसको अर्थ आजसम्म माओवादीले नयाँ सरकार गठन गर्न बाटो छेकेको हो ? भन्ने प्रश्न गर्न थाले । यसैगरी पारिश्रमिक नलिने भनेपछि विनाविभागीय मन्त्री बनेको दिनदेखि सरकारसँग लिइसकेका सबै प्रकारको सुविधा फिर्ता दिने हो त ? भनेर मलाई सोध्न थाले । मैले हाम्रो पर्टी सरकारमा […]