khasokhas

अमेरिकी दूतावास काठमाडौंले भोलि फेसबुकबाट भिसाका प्रश्नको जवाफ दिने

अमेरिकी दूतावास काठमाडौंले नेपालको समय अनुशार भोलि जुलाई १५ दिउसो २ बजेदेखि ३ बजेसम्म फेसबुकमार्फत भिसाबारे उठेका विभिन्न प्रश्नको जवाफ दिने भएको छ । दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कमेन्टमार्फत प्रश्नहरुको जवाफ दिने जनाएको छ । डिभी लोटरी जितेका, आप्रवासी भिसा पाएर ६ महिनाभित्र अमेरिका आउन नसकेका, ग्रिनकार्डमा नेपाल गएर एकबर्ष नाघेका, रिइन्ट्री परमिटमा नेपाल […]

विश्वभरका अमेरिकी दूतावास र कन्सुलेटहरुले भिसा सेवा छिट्टै सुचारु गर्ने

विश्वभर रहेका अमेरिकी दूतावास र कन्सुलेटहरुले भिसा सेवा छिट्टै सुचारु गर्ने सोमबार अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । तर कहिलेदेखि सुचारु गर्ने भन्नेबारे केही बताइएको छैन । कोरोनाको महामारी सुरु भएदेखि मार्चको तेश्रो सातादेखि विश्वभरका दूतावास र कन्सुलेटहरुमा भिसा सेवा प्रभावित भएको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुशार नियमित भिसा सेवा दूतावास अनुशार सुचारु हुनेछ […]

रकम अभावले छाप्ने स्थल बन्द हुँदा ५० हजार ग्रिनकार्ड र ७५ हजार वर्क परमिट छाप्न बाँकी

युससीआईएसमा आर्थिक अभावपछि स्वीकृत भइसकेका ५० हजार ग्रिनकार्ड र ७५ हजार वर्क परमिट प्रिन्टमा रोकिएको जनाइएको छ । युएससीआईएसले ग्रिनकार्ड र वर्क परमिटहरु प्रिन्ट गर्ने ठेकेदार कम्पनीसँगको सम्झौता मध्य जुन नै सकिएपछि ती ग्रिनकार्ड र वर्क परमिट प्रिन्ट नभएका हुन् । युएससीआईएसले आर्थिक अभावका कारण ती कागजात प्रिन्ट हुन नसकेको बताएको छ । त्यसैकारण विभिन्न […]

डाकाले समेटेका कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजान ट्रम्पले कार्यकारी आदेश जारी गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका झण्डै ८ लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजान अर्को महिना कार्यकारी आदेश जारी गर्ने बताएका छन् । बाल्यकालमा अमेरिकामा आएका र कागजपत्रविहिन भएका डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल डाकाले समेटेकाहरुलाई नागरिकताको बाटोमा लैजान आफूले कार्यकारी आदेश जारी गर्न चाहेको ट्रम्पले बताएका छन् । ट्रम्पले डेमोक्र्याट्सहरु नै डाकाबारेको सहमतिमा टाढा […]

एक बर्षभित्र अमेरिका आउन नसक्ने ग्रिनकार्डवाहकलाई एसबी वान भिसा आवेदन दिन सुझाव

एकबर्षभित्र अमेरिका आउन नसक्ने ग्रिनकार्डवाहक र रिइन्ट्री परमिटको म्यादभित्र अमेरिका आउनसक्नेहरुलाई एसबी वान भिसा आवेदन दिन अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी बासु फुलाराले सुझाव दिनुभएको छ । खसोखास लाइभमा कुराकानी गर्दै फुलाराले एकबर्षभित्र अमेरिका आउने नसक्ने ग्रिनकार्डवाहकले सम्बन्धित देशमा रहेको दूतावास वा कन्सुलेटमा एसबी वान रिर्टनिङ भिसाका लागि आवेदन दिनुपर्ने बताउनुभएको छ । कोरोनाको महामारीका […]

महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलम नदिने नियम भोलि फेडरल रजिस्टरमा

महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलम नदिने प्रस्तावित नियम भोलि फेडरल रजिस्टरमा प्रकाशित गरिने भएको छ । ट्रम्प प्रशासनले महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलममा प्रतिबन्ध लगाउने प्रस्तावित नियम आज सार्वजनिक गरेको हो । स्वास्थ्यको जोखिमका आधारमा अमेरिकामा कसले एसाइलम दावी गर्न पाउने भन्ने सन्दर्भमा नयाँ नियमले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसलाई […]

डिभीबारे अमेरिकी दूतावास काठमाडौंका ३ जवाफ : २०२० का डिभी विजेताले अब भिसा नपाउने

अमेरिकी दूतावास काठमाडौंले आज आफ्नो आधिकारिक फेसबुक पेजमा आयोजना गरेको भिसा च्याटमा भिसाबारेका विभिन्न प्रश्नको जवाफ दिएको छ । डिभी २०२० का विजेताहरुले अब भिसा पाउलान् कि नपाउलान् ? डाइभर्सिटी भिसा पाएर अमेरिका आउन नसकेकाहरुको भिसा नविकरण होला कि नहोला ? डाइभर्सिटी भिसाको अन्तरवार्ता समेत तय भएकाले भिसा पाउलान् किन नपाउलान् भन्ने मुख्य तीन प्रश्नहरु […]

अनलाइनबाट मात्र कक्षा लिने विद्यार्थीलाई देशनिकाला गर्ने आइसको नीतिबिरुद्ध हार्भर्ड अदालतमा

अनलाइनबाटमात्र कक्षा लिने विद्यार्थीलाई देशनिकाला गर्ने अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको नीतिबिरुद्ध हार्भर्ड र एमआईटी अदालतमा गएका छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि लागु गरिएको नयाँ भिसा गाइडलाइन कार्यान्वयनमा अस्थायी निरोधक आदेशको माग गर्दै हार्भर्डले मुद्दा दायर गरेको हो । विद्यार्थीहरु, शिक्षकहरु र अन्यको स्वास्थ्य र सुरक्षाबारे कुनै मतलव नगरी सरकारको नीति कलेज र युनिभर्सिटीहरुलाई आगामी […]

अमेरिकी दूतावास काठमाडौंले आज दिउसो ३ बजेदेखि फेसबुकमार्फत भिसाबारे जवाफ दिने

अमेरिकी दूतावास काठमाडौंले नेपालको समय अनुशार आज दिउसो ३ बजेदेखि फेसबुकमार्फत भिसाबारे उठेका विभिन्न प्रश्नको जवाफ दिने भएको छ । दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कमेन्टमार्फत प्रश्नहरुको जवाफ दिने जनाएको छ । सन् २०२० का लागि डिभी लोटरी जितेका तर अहिलेसम्म भिसा नपाएकाहरुले भिसा पाउलान् कि नपाउलान् ? डिभी लगायत आप्रवासी भिसा पाइसकेकाहरु ६ महिनाभित्र […]

अमेरिकी दूतावास काठमाडौंले दिउसो ३ बजेदेखि फेसबुकमार्फत भिसाबारे जवाफ दिने

अमेरिकी दूतावास काठमाडौंले नेपालको समय अनुशार भोलि दिउसो ३ बजेदेखि फेसबुकमार्फत भिसाबारे उठेका विभिन्न प्रश्नको जवाफ दिने भएको छ । दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कमेन्टमार्फत प्रश्नहरुको जवाफ दिने जनाएको छ । सन् २०२० का लागि डिभी लोटरी जितेका तर अहिलेसम्म भिसा नपाएकाहरुले भिसा पाउलान् कि नपाउलान् ? डिभी लगायत आप्रवासी भिसा पाइसकेकाहरु ६ महिनाभित्र […]

अनलाइनमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिका छाड्नुपर्ने वा अरु उपाय रोज्नुपर्ने

आगामी सेमेस्टरमा अनलाइनबाटमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा बस्न नपाउने भएका छन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले आज सुचना जारी गरेर अमेरिकामा डिग्री लिन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अनलाइनबाटमात्र कक्षा लिएमा उनीहरु देशनिकालाको जोखिममा पर्ने वा उनीहरुले अमेरिका छाड्नुपर्ने अवस्था आउने जनाएको छ । त्यस्तै पूर्णरुपमा अनलाइन कक्षाका लागि आवद्ध गरिएका विद्यार्थीहरुले अमेरिकाको विदेशमन्त्रालयबाट विद्यार्थी […]

‘आप्रवासन रोकमा डिभी भिसा आवेदकलाई छुट दिइएको छैन’:अमेरिकी विदेश मन्त्रालयका अधिकारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी डिसेम्बरसम्म लगाएको आप्रवासन रोकमा डाइभर्सिटी भिसाका आवेदकलाई कुनै छुट नदिइएको अमेरिकी विदेशमन्त्रालयका अधिकारीले खसोखासलाई बताएका छन् । सन् २०२० को डिभी लोटरी विजेताहरुले आगामी सेप्टेम्बर अन्त्य सम्ममा अमेरिकाको भिसा लिइसक्नुपर्ने भएपनि ट्रम्पको कार्यकारी आदेशले सन् २०२० को अन्त्यसम्ममा नै डाइभर्सिटी भिसाका आवेदकलाई भिसा पाउनमा रोक लगाएपछि सन् २०२० को डिभी […]

युएससीआईएसमा साढे ३ लाख एसाइलम पेन्डिङ, अदालतमा नेपालीका पेन्डिङ मुद्दा ३८ सय

अमेरिकी सरकारको युएससीआईएसमा सन् कम्तीमा सन् २०१५ देखिका झण्डै साढे ३ लाख एसाइलम आवेदनहरु पेन्डिङ अवस्थामा रहेका छन् । जसमध्ये नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । नयाँ एसाइलम आवेदकको अन्तरवार्ता छिटो दिने नीतिका कारण पुराना आवेदनहरु थन्किएर बसिहरेका छन् । युएससीआईएसको तथ्यांक अनुशार सन् २०१५ को अन्तिमसम्ममा १ लाख २८ हजार ३ सय ७ […]

आज अमेरिकामा स्वतन्त्रता दिवस, नागरिकता वितरण सप्ताह जारी, नागरिकता लिने नेपाली ५० हजार

जुलाई ४ अर्थात् अमेरिकाको २४४ औं जन्मदिन । आज अमेरिकाभर विभिन्न कार्यक्रमका साथ मनाइदैछ । सन् १७७६ मा अमेरिका तत्कालिन बेलायती साम्राज्यबाट स्वतन्त्र भएको घोषणा गरिएको थियो । यही दिनको सम्झनामा हरेकवर्ष जुलाई ४ मा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । स्वतन्त्रता दिवश मनाउने क्रममा अमेरिकाले हरेक वर्ष हजारौं योग्य आप्रवासीहरुलाई विशेष समारोहकाबीच नागरिकता प्रदान गर्ने […]

प्राविधिक समस्या आएको भन्दै अमेरिका र क्यानडाबाट गएका नेपालीलाई दोहामा १५ घण्टा ट्रान्जिट

अमेरिका र क्यानडाबाट गएका एकसयजना नेपालीलाई दोहामा १५ घण्टाभन्दा लामो ट्रान्जिटमा राखिएको छ । दोहामा ७ देखि ९ घण्टासम्मको मात्र ट्रान्जिट हुने बताएर अमेरिका र क्यानडाबाट लगिएपनि त्यहाँ १५ घण्टाभन्दा बढी ट्रान्जिटमा राखिएको छ । कतारको समय अनुशार गएराती १२ बजेर १५ मिनेटमा विमान उड्ने बताइएपनि यो समाचार तयार पार्दासम्म विमान उड्न सकेको छैन । […]

नागरिकता वितरण समारोहहरु अमेरिकाको प्राथमिकतामा, जुनमामात्र साढे ६४ हजारलाई नागरिकता

अमेरिकी सरकारको युएससीआईएसले नागरिकता वितरण समारोहहरुलाई उच्च प्राथमिकतामा राखेको छ । कोरोनाको महामारीका कारण मार्च महिनाको दोश्रो सातापछि स्थगित भएका नागरिकता वितरण समारोहहरु जुनको पहिलोसाताबाट सुचारु गरिएको थियो । जुन महिनामामात्र ६४ हजार ५ सयलाई नागरिकता वितरण गरिएको युएससीआईएसले जनाएको छ । त्यस्तै जुलाई १ देखि ७ सम्म अमेरिकाको स्वतन्त्रता दिवशको अवशरमा युएससीआईएसले दर्जनौं नागरिकता […]

बाटोमा पर्ने देशमा एसाइलम नगर्नेलाई अमेरिकामा एसाइलम नदिने नीति कार्यान्वयनमा रोक

अमेरिकी अदालतले ट्रम्प प्रशासनको एसाइलम प्रतिबन्ध कार्यान्वयनमा रोक लगाएलगत्तै अध्यागमन अधिकारीहरुलाई ट्रम्प प्रशासनको एसाइलम प्रतिबन्ध कार्यान्वयन नगर्न सर्कुलर गरिएको छ । अदालतको आदेश कार्यान्वयन गर्दै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अध्यागमन अधिकारहरुलाई नयाँ निर्देशिका पठाएको हो । संघीय न्यायाधिसले मंगलबार अबेर तेश्रो देश ट्रान्जिट नीति कार्यान्वयन नगर्न आदेश दिएका थिए । यो नीति एसाइलम प्रकृयाको सुरुवाती […]

न्युयोर्कका अध्यागमन अदालत जुलाई २० अगाडि नखुल्ने

न्युयोर्कको अध्यागमन अदालत हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि कम्तीमा जुलाई १७ सम्म नखुल्ने भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार न्युयोर्कको भेरिक स्ट्रीट र फेडरल प्लाजामा रहेका अध्यामगन अदालतहरु हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि कम्तीमा जुलाई १७ सम्म बन्द रहनेछन् । यी अदालतहरुमा फाइलिङ र हिराशतमा रहेकाहरुको सुनुवाई भने जारी नै रहेको छ । त्यस्तै […]

कहिलेदेखि खुल्छ काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसा सेवा ?

काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसा सेवा कहिलेदेखि खुल्ला ? यो प्रश्न धेरैको मनमा रहेको छ । कतिपयले खसोखासमा सम्पर्क गरेर बारम्बार यो प्रश्न सोधिरहनुभएको छ । हामीले यही प्रश्न अमेरिकी दूतावास काठमाडौं र अमेरिकी विदेश मन्त्रालयलाई सोधेका छौं । अमेरिकी विदेशमन्त्रालयका अधिकारीले खसोखासलाई भनेका छन् -‘हाम्रा विदेशमा रहेका मिसनहरुमा भिसा सेवा यथाशक्य छिटो सुचारु हुनेछ […]

ग्रिनकार्डभिसा सकिएर नेपालमा रोकिएकाहरुको भिसा नविकरण गरिने, भर्नुहोस् यो फर्म

कैयन नेपालीहरु अमेरिकाको आप्रवासी भिसा र डाइभर्सिटी भिसा प्राप्त गरेर पनि कोरोनाको महामारीका कारण नेपालमा नै रोकिएका छन् । उनीहरुको भिसा ६ महिनामात्र अद्यावधिक हुने भएकाले कतिपयको भिसा सकिएको छ भने कतिपयको सकिन लागेको छ । यो अवस्थामा अमेरिकाको ग्रिनकार्ड भिसा (आप्रवासी र डिभी) सकिएकाहरुले चिन्ता गर्नु नपर्ने भएको छ । अप्रिल २३ सम्म भिसा […]