अर्थ/वाणिज्य

हेटौंडामा प्रहरी ‘झुक्याउन’ खोज्ने सुन तस्करको त्यो शैली

हेटौंडा, १९ फागुन । भारत कर्नाटकका ४२ वर्षीय अब्दुल मजिद अनेकल काठमाडौंबाट ‘नाइट बस’मा बीरगञ्ज हानिए । अब्दुलले साथमा कालो झोला बोकेका थिए । झोलामा थिए मोटर पार्टसभित्र जडान हुने ४ थान फलामको ब्यरिङ जस्तो देखिने वस्तु । अब्दुल ती फलामका वस्तुलाई भारत छिराउने प्रयासमा थिए । सायद त्यसैले उनी रात्री बसमा यात्रा गर्न रुचाए […]

कतिमा कारोबार हुँदैछ आज सुन ?

मकवानपुर, १९ फागुन । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । महासंघका अनुसार, आज सुन आईतबारकै मुल्यमा कारोबार भइरहेको छ । आईतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ७७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ७९ […]

हेटौंडा सिमेन्ट ३ अर्ब खर्चेर क्षमता बढाउँदै

हेटौंडा, १८ फागुन । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले आफ्नो उत्पादन क्षमता बढाउने भएको छ । उद्योगले हाल १० देखि १२ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । निजी क्षेत्रका उद्योगको तुलनामा कम उत्पादन भएकाले प्रतिस्पर्धी क्षमता बढाउन संघीय सरकार उद्योग मन्त्रालयको निर्देशनअनुसार उत्पादन क्षमता बढाउन लागिएको हो । करिब २ अर्ब […]

हेटौंडा सिमेन्टलाई किन दिने ३ अर्ब ?

काठमाडौं, १८ फागुन । हेटौंडा सिमेन्ट उद्योगले हालै तयार गरेको प्रतिवेदन अनुसार उद्योगलाई टिकाउन झन्डै तीन अर्ब रुपैयाँ थप लगानी गर्नुपर्ने देखिएको छ। उद्योग मन्त्रालयको निर्देशनमा उसले तयार गरेको प्रतिवेदनअनुसार सिमेन्ट प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा उसको उत्पादन धेरै महँगो भएकाले बिक्री हुन सकेको छैन। पटकपटक मूल्य घटाउँदा पनि बिक्री नभएकाले उद्योगको गोदाममा ठूलो परिमाणमा सिमेन्ट थुप्रिएको […]

हेटौंडा–काठमाडौं सुरुङमार्गमा जनताको लगानी जोखिममा, के गर्दैछ पूर्वाधार कम्पनी ?

हेटौंडा, १८ फागुन । काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग बन्ने खबर सुनेपछि मकवानपुरका जनताले समृद्धिको सपना देखेर शेयर लगानी गरे । सुरुङमार्ग निर्माता नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माण हुने विश्वस्त दिलाएर मकवानपुरबाट ३ करोड भन्दा बढी शेयर लगानी बापत रकम संकलन गर्यो । सुरुङमार्ग करिडरमा पर्ने मकवानपुर, ललितपुरको खोकना र काठमाडौंको चाल्नाखेल क्षेत्रका १२ सयभन्दा बढी स्थानीयले […]

‘हेटौंडा–काठमाडौं सुरुमार्गको नाममा जनतासँग उठाएको पैसा सार्वजनिक गर्नुपर्छ’

हेटौंडा, १६ फागुन । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माण गर्ने नाममा मकवानपुरका जनतासँग शेयर उठाएको पैसा सार्वजनिक गर्नुपर्ने बताउनु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी लिएको २०६८ भदौमा स्थापित नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुरका जनतासँग उठाएको करोडौं पैसा सार्वजनिक गर्न अनुरोध गर्नु भएको छ । ‘कम्पनीका नाममा हेटौंडा, भीमफेदी, कुलेखानी, इन्द्रसरोर, थाहा […]

मनहरीमा काष्ठ उद्योग एक वर्षदेखि अलपत्र, अध्यक्ष उप्रेतीको सिंहदरबारमा दौडधुप

हेटौंडा, १६ फागुन । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा निर्माण भएको मनहरी काष्ठ तथा फर्निचर उद्योग एकवर्षदेखि अलपत्र परेको छ । उद्योग विभागले वन पैदावारमा आधारित काष्ठ उद्योग वन क्षेत्रबाट एक किलोमिटर दूरीमा राख्न पाइने व्यवस्था गरेपछि निर्माण सम्पन्न भएर सञ्चालनको प्रक्रियामा रहेको उक्त उद्योग अलपत्र भएको हो । विभागले यसभन्दा अगाडि काष्ठ उद्योग डेढ […]

मकवानपुरमा १ हजार २ सय कक्षाकोठाको निर्माण सकियो

हेटौंडा, १६ फागुन । २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएको मकवानपुरका २ सय ५२ विद्यालयका १ हजार २ सय कक्षाकोठाको निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मकवानपुरले दिएको जानकारी अनुसार भूकम्पले क्षति पुर्‍याएका १ हजार ५ सय कक्षाकोठामध्ये सो संख्याका कक्षाकोठाको निर्माण सम्पन्न भएको हो । थप ३ सय […]

गरिबी घटाउँछौं भन्ने लघुवित्त कम्पनी गरिबमाथि शोषण गरी अकुत नाफा कमाउँदै

काठमाडौं, १६ फागुन । गरिबी निवारण गर्ने उद्देश्यले खुलेका लघुवित्त कम्पनीहरूले गरिबलाई शोषण गरी अकुत नाफा कमाउने गरेका छन् । गत आर्थिक वर्ष ०७५–७६ मा सेयर बजारमा सूचीकृत ४९ वटा लघुवित्त संस्थाले नाफा औसतमा आठ गुणा ९सात सय प्रतिशत०ले बढाएका छन् । यति धेरै नाफा वृद्धि अन्य कुनै पनि व्यापारिक क्षेत्रमा सम्भव हुँदैन, जब कि लघुवित्त त […]

पेट्रोल र डिजेलमा ५ रुपैयाँ बढ्नको कारण यस्तो रहेछ

काठमाडौं, १५ फागुन । सरकारले पूर्वाधार विकास करको दर परिमार्जन गर्ने निर्णयसँगै डिजेल र पेट्रोलमा ५ रुपैयाँ बढाएको हो । सरकारका प्रवक्ता अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताउनु भयो । फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ […]

भीमफेदी–कुलेखानी सुरुङमार्गको ‘वैशाखभित्रै टेण्डर’

हेटौंडा, १३ फागुन । बागमती प्रदेश सरकारको गौरव योजना पोष्टबहादुर ‘बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएर काम गरिरहेको छ । भिमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बागमती प्रदेश सरकारले अन्तिम तयारी गरिरहेको छ । बागमती प्रदेश सरकार गठन भएको दुईवर्षसम्म पनि सुरुङमार्गमा बजेट बिनियोजित गरेरमात्रै बसेको सरकारले अब भने काम अगाडि बढाउन लागेको हो । […]

हेटौंडाको नयाँ औद्योगिक क्षेत्र निर्माण अलपत्र

हेटौंडा, १० फागुन । हेटौंडा–१३ मयुरधापमा नयाँ औद्योगिक क्षेत्र निर्माण अलपत्र परेको छ । मयुरधाप औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) प्रतिवेदन वन तथा वातारण मन्त्रालयले स्वीकृत नगर्दा औद्योगिक क्षेत्र स्थापनाको काम रोकिएको छ । निर्मार्णधिन औद्योगिक क्षेत्रपर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भन्दै वन मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन नै स्वीकृत गर्न आनाकानी गरेको […]

आशयको सूचना बिनै हेटौंडा उपमहानगरद्वारा ठेक्का रद्द, ५० लाख जफत गर्ने निर्णय

हेटौंडा, ७ फागुन । ठेक्का सम्झौता गर्ने आशयको सूचना ननिकाली हेटौंडा उपमहानगरपालिकाले ढुंगा गिट्टी बालुवाको नदिजन्य उत्खनन् करको ठेक्का रद्द गरेको छ । मंगलबार बसेको हेटौंडा उपमहानगरपालिका (हेउमपना) कार्यपालिका बैठकले नगरको ढुंगा गिट्टी बालुवाको नदीजन्य उत्खनन् करको ठेक्का रद्द गरेको हो । हेउमपनाले २२ मंसिर २०७६ मा ढुंगा गिट्टी बालुवाको नदिजन्य उत्खनन् करको ठेक्का खोलेको […]

सुरुङमार्गमा मकवानपुरबासीको करोडौं लगानी डुब्ने पिरलो

हेटौंडा, ७ फागुन । नेपालकै कोशेढुंगाको रुपमा व्याख्या गरिएको काठमाडौं–कुलेखानी–भीमफेदी सुरुङमार्ग अहिले सपना जस्तै बनिसकेको छ । लगानीकर्तादेखि आमसर्वसाधारणमा सुरुङमार्गको कुरा आउनासाथ शरिरका रौं ठाडा हुन्छन् । सुरुङमार्ग भन्ने बितिक्कै कतिपय झसङ्गै हुन्छन, तर्सिन्छन् । किन कि यही सुरुङमार्गमा ऋण काडेर सेयर खरिद गरेकाहरु आफ्नो लगानी डुब्नेमा पिरलिएका छन् । यतिका वर्षसम्म सुरुङमार्ग नबनेपछि मकवानपुरका […]

प्रदेशको गौरव योजनाः भीमफेदी–कुलेखानी सुरुङमार्गको २ वर्षसम्म शून्य प्रगति !

हेटौंडा, ७ फागुन । बागमती प्रदेश सरकारको पहिलो बजेटमा ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’लाई प्रदेशको गौरब योजना भन्दै सुरुङ निर्माणको काम गरिने भनिएको थियो । काठमाडौँ–हेटौँडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम दोस्रो वर्ष बितिसक्दासम्म पनि  सकिएको छैन । अघिल्लो आर्थिक वर्ष सुरुङ मार्गमा कुनै पनि काम भएन । चालु आर्थिक वर्षमा […]

हेटौंडा–धुलिखेल बिजुली बसः फागुन दोस्रो हप्ताभित्र ग्लोबल टेण्डर

हेटौंडा, २ फागुन । बागमती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौंडादेखि धुलिखेलसम्म आफैं बिजुली बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । प्रदेश सरकारले बस खरिद र प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘प्रदेश यातायात निगम’ स्थापनाको तयारी अघि बढाइसकेको छ । २०७७ भित्र बागमती प्रदेशमा बिजुली बस सञ्चालन गर्ने उद्देश्यले बागमती प्रदेश […]

हेटौंडा–भरतपुर प्रसारण लाइनको ठप्प काम फेरि चैतदेखि

हेटौंडा, २९ माघ । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनअन्तर्गत हेटौंडा–भरतपुर खण्डको यसअघि पूर्ण रुपमा ठप्प भएको काम फेरि चैतबाट मात्र सुरु हुने भएको छ । भारतीय कम्पनीसँग नेपाल विद्युत प्राधिकरणले ठेक्का तोडेपछि हेटौंडा–भरतपुर खण्डको काम पूर्ण रूपमा ठप्प बनेको थियो । ठेक्का तोडेको करिब एक वर्षपछि प्रसारण लाइनको काम पुनः सुरु हुन लागेको हो । ‘टेन्डर आह्वान भइसक्यो । […]

हेटौंडामा बजाजको नयाँ शो रुम

हेटौंडा, २७ माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा बजाजको शो रुम खुलेको छ । बजाज ब्राण्डका मोटरसाइकल र स्पेयर्स पार्टसको आधिकारिक बिक्रेता होराइज अटो प्रालिले शो रुम सञ्चालनमा ल्याएको हो । १४ वर्षदेखि मकवानपुरका लागि आधिकारिक बिक्रेता रहेको होराइजनले करिब ४ करोड ५० लाख लगानीमा नयाँ शो रुम निर्माण गरेको हो । सोमबार उद्घाटन गरिएको […]

विष्णु पौडेलको छोराको नाममा रहेको बालुवाटारको जग्गा बैंकमा : यती बैंकबाट निकाले ४९ लाख ऋण

काठमाडौं, २४ माघ । ललिता निवासको सरकारी जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेलेका छोरा नविन पौडेलले सो जग्गा साविक यती डेभलपमेन्ट बैंकमा राखेर ४९ लाख ऋण लिएको खुलासा भएको छ। साविकको यती डेभलपमेन्ट बैंक हालको महालक्ष्मी विकास बैंकसँग मर्ज भएको थियो। ललिता निवासको सरकारी जग्गा भूमाफियासँगको मिलेमतोमा व्यक्तिगत बनाएको सार्वजनिक भएसँगै नेकपा महासचिव पौडेलले समेत ८ […]

बागमती प्रदेशको तयारीः ‘यातायात निगम’ बनाएर बिजुली बस सञ्चालन

हेटौंडा, २३ माघ । बागमती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी आफैं बिजुली बस सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सरकारले यसअघि निजी क्षेत्रको साझा यातायातसँग प्रदेशभित्र बिजुली बस चलाउन सहमती गरेको थियो । बिजुली बस सञ्चालन गर्न ३० करोड साझालाई दिने निर्णय गरेसँगै काठमाडौंस्थित राष्ट्रिय सभागृहमा २०७६ असार १६ गते साझासँग सहमती […]