अर्थ/वाणिज्य

प्रदेश ३ को नीति तथा कार्यक्रम जेठमा

मकवानपुर २३ वैशाख । प्रदेश नम्बर ३ को नीति तथा कार्यक्रम जेठमा प्रस्तुत हुनेछ । केन्द्रिय राजधानी समेत समावेश भएको प्रदेश ३ सरकारले जेठ पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी थालेको छ । प्रदेश सरकार गठनपछि दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको हो । पहिलो बर्ष हतारमा नीति तथा कार्यक्रम ल्याएको प्रदेश […]

मकवानपुर एसपी सिंहको मेन टार्गेट : गाँजा तस्करी र नेकपाको गतिविधि नियन्त्रण

मकवानपुर, २१ वैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश सिंह अहिले गाँजा र विप्लव नेतृत्वको नेकपाको गतिविधि नियन्त्रणमा क्रियाशील छन् । रातभरि गस्तीमा दौडने सिंहको प्राथमकितामा लागुऔषध नियन्त्रण रहेको छ । त्यसपछि सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपाको गतिविधि नियन्त्रणमा उनले निकै समय खर्च गर्ने गरेका छन् । यो बीचमा उनको नेतृत्वको प्रहरीले भारी […]

हेटौंडाको सडक विस्तार, अब कसो होला ?

मकवानपुर, २० वैशाख । हेटौंडाको सडक विस्तारका योजना यतिकै थाती छ । आसपासका जिल्लामा समेत सडकको केन्द्रभागबाट दायाबाया २५/२५ मिटर विस्तार गरी सडक फराकिलो पार्ने काम भइरहँदा हेटौंडामा भने यसबारे छिनोफानो हुन सकेको छैन । २५/२५ मिटर सडक विस्तारको सम्बन्धमा पहिलेदेखिनै अन्यौल अवस्था थियो । अधिकांश नगरवासीहरु २५/२५ मिटर सडक विस्तार गरी हेटौंडालाई विकास गरिनुपर्ने […]

सामाजिक सुरक्षा भत्ता बढाउने सरकारको घोषणा

काठमाडौँ, २० वैशाख । सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको छ । आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको हो । बजेट वक्तब्य मार्फत् घोषणा गरिनु पर्ने भएपनि सरकारले नीति तथा कार्यक्रममै वृद्धभत्ता बढाउने घोषणा गरेको हो । जेठ १५ मा आउने बजेट वक्तब्यमा […]

मेयर महतको योजना विरुद्ध बोलिन् विष्णु ओझा, दिइन् पछुताउनुपर्ने चेतावनी

मकवानपुर, २० वैशाख । समावेशी आयोगकी सदस्य बिष्णु ओझाले हेटौंडाको हुप्राचौरमा सटर र प्याराफिट बनाउने कुराले दुखी भएको बताएकी छिन् । समाजिक सञ्जाल फेसबुकमार्फत् उनले बुहचर्चित हुप्रा प्रकरणमा आफ्नो धारणा राखेकी हुन् । ‘खुला चौरमा सटर हाल्ने कुरा उठ्नै हुँदैनथ्यो, यो अधिकांश जनताको भावना विपरित छ, उनले भनेकी छिन् । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले […]

कर नतिर्ने सूचीमा काँग्रेस नेता लामिछाने पनि

मकवानपुर १८ वैशाख । सरकारबाट मोबिलाइजेसन शुल्क लिएर काम नगर्नू धेरै ठेकदार कम्पनीको आदत नै बनिसक्यो । तर पछिल्लो समय धेरै निर्माण कम्पनीहरुले कानून बमोजिम तिनुपर्ने कर समेत बुझाउन छोडेका छन् यो विषयमा अनलाईन खबर ले समाचार लेखेको छ । मकवानपुरकै काँग्रेसका नेता समेत रहेका ठेकेदारको नाम पनि कर नबुझाउनेको सुचिमा छ । सूचीमा काँग्रेस […]

हेटौँडामा कम्पनी रहेको ऋद्धिसिद्धि सिमेन्टलाई स्थानीयको १५ दिने अल्टिमेटम

मकवानपुर, १३ वैशाख । हेटौँडामा उद्योग रहेको ऋद्धिसिद्धि सिमेन्टलाई १५ दिनभित्र स्थानीयको समस्या समाधान गर्न माग गर्दै अल्टिमेटम दिइएको छ । विभिन्न माग राखेर हिजोबाट उद्योग चल्न नदिएका स्थानीयहरुले आजबाट १५ दिनभित्र समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि उद्योग पूर्ववत् रुपमा चल्न दिएको स्थानीय नवराज वाइवाले बताए । कम्पनीका कारण धुँवा र ध्वनी प्रदुषण भई बस्नै […]

मकवानपुरका तत्कालिन एलडीओ थापामाथि अख्तियारको विस्तृत अनुसन्धान

मकवानपुर, १३ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले मकवानपुरका तत्कालिन एलडीओ लक्ष्मण विक्रम थापा समेतका विरुद्ध ढुंगा, गिटी वालुवा लगायतका नदिजन्य पदार्थ उत्खनन्मा भ्रष्टाचार गरेको अभियोगमा विस्तृत अनुसन्धान सुरु गरेको छ । त्यतिबेला ढुंगा, गिटी वालुवा लगायतका नदिजन्य पदार्थको उत्खनन्मा व्यापक हिनामिना गरेको उजुरी अख्यिारमा परेको रहेछ, सोही बुताबिक अनुसन्धानको कार्य भइरहेको छ । […]

सशस्त्र प्रहरीको टोलीद्वारा चोरीपैठारीको सामान बरामद

रौतहट /  रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मोडलवा भन्ने स्थानबाट बैशाख १२ गते सशस्त्र प्रहरीको टोलीले करीब ४ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रौतहट नम्बर १२ गणबाट खटिएको टोलीले उल्लेखित मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो । ना. २ स ८०६७ नम्बरको सिटी […]

प्रदेशका २ मन्त्रालयमा छैनन् सचिव

मकवानपुर, १२ वैशाख । प्रदेश नम्बर ३ का दुई महत्वपूर्ण मन्त्रालयमा सचिव छैनन् । सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मान्त्रालयमा सचिव छैनन् । निमित्तले काम चलाइरहेका छन् । समाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पोड्यालले काम नगरेको भन्दै मन्त्री युवराज दुलालले उनको कार्यकक्षमा ताला लगाइदिएपछि त्यहाँ सचिव छैनन् । उनी फर्किएर आएका छैनन् […]

सरुवा भई हेटौँडा आउनुपर्ने सचिव घिमिरे सम्पर्कमा छैनन्

मकवानपुर, १२ वैशाख । प्रदेश नं. ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव हाजिर नहुँदा कामकाजमा समस्या भएको छ । सामान्य प्रशासन मन्त्रालयले बालकृष्ण घिमिरेलाई आर्थिक मामिला मन्त्रालयको सचिवको रुपमा खटाएको थियो । चैत २४ गते उनलाई हेटौँडास्थित मन्त्रालयमा पठाएको भएपनि अहिलेसम्म उनी आर्थिक मामिला तथा योजना मन्त्रालयमा सम्पर्कमा आएका छैनन । उनी कहाँ […]

मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

काठमाडौं – कर्मचारीको मिलेमतोमा मरेका व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ । सुनसरी धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँच कर्मचारी किर्तेमा संलग्न देखिएको अख्तियारले जनाएको छ । अख्तियारले आरोपितहरुविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ ।  धरान, ११ को कित्ता नम्बर ३५ र  ३६ को जग्गा […]

साँसद विरोधको पहलमा विजुलीको लागि ३६ लाख आयो

मकवानपुर, ०८ वैशाख । प्रतिनिधिसभा २ का साँसद विरोध खतिवडाको पहलमा मकवानपुरको विकट मनहरी वडा नं. ६ रुपाचुरी वालुभञ्ज्याङको लागि विजुली व्यवस्थापनका गर्न ३६ लाख ४८ हजारको योजना स्वीकृत भएको छ । नेपाल विद्युत प्राधिकरणले सो ठाउँमा विजुली वत्तिको व्यवस्थापन कार्य गर्नको लागि योजना स्वीकृत गरी हेटौंडा वितरण केन्द्रमा पठाएको छ । चार सय घरधुरीका […]

दुग्ध सहकारीले आयव्यय विवरण पेश गरेनन्

मकवानपुर, ०८ वैशाख । मकवानपुरका सहकारीहरुले आफ्ना आयव्यय विवरण सम्बन्धित निकायमा पेश नगरी आयव्यय विवरण नै लुकाएको नयाँ तथ्य फेला परेको छ । नेपाल सरकार सहकारी विभागले सबै सहकारीहरुको आयव्यय विवरण स्थानीय तहमा पेश गर्न परिपत्र समेत गर्दै सूचना प्रकाशन गरेको छ । सूचना हेर्नुस् । सहकारी विभागले गत २०७५ पौष मसान्त सम्म गाउँपालिका वा […]

अर्थ समितिको प्रि बजेट छलफल : केन्द्र सरकारप्रति मुख्यमन्त्री पौडेल रुष्ट

मकवानपुर, ८ वैशाख । संघीय संसदको अर्थ समितिले आज प्रि बजेटबारे छलफल आयोजना गरेको छ । आज आयोजित कार्यक्रममा समितिका सभापति कृष्णप्रसाद दाहाल, प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानून मन्त्री सालिकराम जम्कट्टेल, आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, प्रदेश सँसदहरु लगायत सरोकारवालाहरुको उपस्थिति […]

मकवानपुरमा कुखुरा व्यवसाय : ३ महिनामा ३० करोडको क्षति

मकवानपुर, ०७ वैशाख । मकवानपुरको कुखुरा व्यवसायमा माघ महिनादेखि यता हालसम्म प्रत्यक्ष रुपमा ३० करोडभन्दाबढीको क्षति भएको छ । यो अवधिमा ३ लाख ५७ हजार लेख कुखुरा मर्यो/मारियो । यसका कारण कुखुराको बजार धोस्त भएपछि व्यवसायी र किसान मारमा परेका छन् । ३ लाख ५७ हजार कुखुरा मध्ये ६२ हजार कुखुराको मात्र क्षतिपुर्ती पाउने अवस्था […]

हेटौँडा उपमहानगरपालिकामा लेखा कै उपसचिवलाई छैन लेखाको जिम्मेवारी

मकवानपुर, ०५ वैशाख । हेटौँडा उपमहानगरपालिकामा लेखाका उपसचिवलाई नै वित्तिय व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छैन । समायोजनपछि ९ औँ तहको लेखा समूहका उपसचिव मानबहादुर बमलाई महाशाखाको जिम्मेवारी दिनुको सट्टा १० लाख रुपैयाँसम्मको योजना छनौट र सम्झौताको अधिकार दिएर पेन्डुलम पारिएको छ । खासमा लेखा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नै उनको हुनुपर्ने हो । तर, पहिलेदेखि नै […]

बाग्मति नदीमा मोटरबोटको परिक्षण संचालन आज हुँदै

मकवानपुर, ०१ बैशाख । बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोटको परिक्षण आज हुँदैछ । परिक्षणपछि व्यवसायिक रुपमा मोटरबोट सञ्चालनमा आउने मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ का साँसद कृष्ण प्रसाद दहालले बताए । रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गर्ने उद्धेश्यले आज परिक्षण गर्न लागिएको हो । प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण […]

कारागारका कैदी डानियलको सेटिङमा भीआईपी चल्दै

मकवानपुर, ३० चैत । भीमफेदी कारागारका कैदी डायिनल लामाको सेटिङमा जिल्लादेखि केन्द्रीय स्तरका नेता तथा कर्मचारी संलग्न रहेको तथ्य खुलेको छ । सीडीओले सिफारिस नगर्ने, कारागार व्यवस्थापन विभागका महानिर्देशक सीडीओको सिफारिस नभई डानियललाई अन्यत्र नसार्ने दुबैको क्रियाकलाप र घटनाबारे विश्लेषण गर्दा सेटिङ तलदेखि माथिसम्म रहेको देखिन्छ । लामाकै सेटिङमा कारागारभित्र हुने लफडामा प्रमुख जिल्ला अधिकारी […]

आगोको ज्वालासहित ‘टोर्नाडो’ आएको पुष्टि

काठमाडौं – नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेल्नु भएका विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा […]