अर्थ/वाणिज्य

प्रहरीको निशानामा ट्याक्सी, एक घण्टामा नै २५ भन्दाबढी कारवाहीमा

ललितपुर । ललितपुर ट्राफिक प्रहरीले मंगलबारदेखि ट्याक्सीको मिटर अनुसार गन्तब्यमा जान नमान्ने ट्याक्सी चालकलाई कारवाही सुरु गरेको छ । प्रहरीले अभियान चलाएरै काम थालेको हो । ट्याक्सी चालकहरुले मिटरमा जान नमानेको, अत्यधिक रकम मागेकोजस्ता गुनासा पर्न थालेपछि कारवाही अभियान सुरु गरेको हो । मंगलबार बिहानबाट अभियान सुरु गरिएको र एक घण्टा बित्न नपाउँदै २५ भन्दाबढी […]

छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून

पूर्णप्रसाद मिश्र काठमाडौँ – नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ । विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट लालमोहर लागेको भिक्षा माग्ने निषेध ऐन पशुपतिनाथ मन्दिर परिसरबाट लागू भएको हो । भिक्षा माग्ने प्रथालाई निषेध गर्न बनेको ऐन २०१९ साल भदौ […]

इन्धन बोक्ने ट्यांकरमा एक सय ६० किलो गाँजा बोक्ने मकवानपुरका दुई पक्राउ

काठमाडौं–एक सय ६० केजी अवैध लागू औषध गाँजासहित २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १ सय ६० केजी अवैध लागू औषध गाँजासहित मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का २२ वर्षीय सोमबहादुर थोकर र सोही जिल्ला कैलाश गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय […]

जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको मिलेमतोमा ‘मनकामना मन्दिरमा लुट’

– पूर्णप्रसाद मिश्र गोरखा । मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ । सँधियारले मन्दिरको जग्गासमेत मिचेका छन् । मनकामना क्षेत्रको विकास निर्माण एवं व्यवस्थापनका लागि विसं २०५३ मा मनकामना क्षेत्र विकास […]

चौघडा बचत नयाँ भवनमा, मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन

हेटौँडा, ०२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । आज एक कार्यक्रमकाबिच प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नवनिर्मित भवन उद्घाटन गरेपछि सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको हो । सहकारीको नवौं बार्षिक स्थापना दिवसको अवसरमा […]

काठमाडौँको लाजिम्पाटबाट ५० लाख भारतीय नोटसहित २ जना नेपाली पक्राउ

काठमाडौं– प्रहरीले नेपालमा निषेधित ५ सय र एक हजार दरका झण्डै ५० लाख भारतीय रुपैयाँँ समेत २ नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका सुनिल देव वैश्य, नुवाकोटका चेतबहादुर नेपाली छन् । काठमाडौंको लाजिम्पाट क्षेत्रमा भारतीय नोटको गैरकानूनी कारोबार भइरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी परिसरको टोली त्यहाँ पुगेको थियो । सोही टोलीले उक्त […]

मन्त्रीको नाममा बेरुजु !

नेपाल समाचारपत्रका अनुसार, मन्त्री भएका सांसदका नाममा संसद सचिवालयमा बेरुजु देखिएको छ । सचिवालयको आर्थिक प्रशासन शाखामा यस्तो बेरुजुको अभिलेख छ । शाखाका लेखापाल वैकुण्ठ उदासले मन्त्रीहरुले सांसदबापत पाएको रकम फिर्ता गर्नुपर्ने जनाउनुभएको छ । सांसदलाई खातामा पैसा हालिदिने गरेका छौं तर मन्त्री भएपछि प्रधानमन्त्री कार्यालयबाट तलब पाउनुहुन्छ, उदासले भन्नुभयो सांसद भएर मन्त्री नहुँदा जति […]

काठमाडौंमा रेल ल्याउन नेपाल–भारतबीच भयो यस्तो सहमति !

नयाँ दिल्ली–प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच काठमाडौंदेखि रक्सौलसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमति भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली र मोदीबीच भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको हो । सहमतिअनुसार पहिलो चरणमा भारतको आर्थिक सहयोगमा नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्र प्रारम्भिक सर्वेक्षण कार्य सम्पन्न गरिने छ भने त्यसलगत्तै […]

मनहरी बजारमा १६ वटा सीसी क्यामेरा जडान एआइजी घिमिरे भन्छन्–‘लागूऔषधमुक्त मनहरी बनाऔँ’

शिवकुमार काशी / मनहरी–पश्चिम मकवानपुरको मनहरी बजारमा १६ वटा सीसी क्यामेरा जडान भएको छ । जडित क्यामेराको ३ नं प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरेले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले भने–‘सुन्दर र सुरक्षित मनहरी मात्र होइन, लागूऔषधमुक्त मनहरी हुनु पनि जरुरी छ ।’ उनले बिगतमा गाँजा खेती तथा ओसारपसारको […]

सामाजिक सुरक्षा भत्ताका लागि पाँच अर्ब अपुग

काठमाडौँ । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि विनियोजित रकममा झण्डै रु पाँच अर्ब अपुग भएको छ । केन्द्रीय पञ्जीकरण विभागले चालु आवमा रु ३९ अर्ब रकम वितरण गर्नुपर्ने अनुमान गरे पनि रु ३६ अर्ब मात्र विनियोजन गरेकाले रकम अपुग भएको हो । “अपुग रकमका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसक्यौं” विभागका सूचना अधिकारी खिलप्रसाद […]

बारा, पर्सा र धादिङमा आगो लाग्दा क्षति

बारा / पचरौता नगरपालिका–४ टेडा गुलेरीया बस्ने रमन रामको दुई वटा एक तले झुप्रो घरमा आगलागी हुँदा धनमालको क्षति भएको छ । प्रहरी अनुसार, बिरेन्द्र रामको एक तले झुप्रो घरमा समेत आगो लागेको छ । आगो लाग्दा चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । आगोमा परी ६० बर्षीया भजिया देवी समेत घाइते भएकी […]

हेटौँडामा ३ सहकारीलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान

हेटौँडा, २० चैत । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आज हेटौँडामा ३ उत्कृष्ट सहकारीलाई सम्मान गरिएको छ । राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट सहकारी, उत्कृष्ट सहकारी बैंकको तर्फबाट नियमित कारोबार र उत्कृष्ट कारोबार गरि ३ विधामा उत्कृष्ट भएको भन्दै सम्मान गरिएको हो । दिवशको अवसरमा मुल समारोह समितिले जिल्लाका […]

‘सहकारीलाई पर राखेर विकास हुन्न’–योजना मन्त्री ढुङ्गेल

मकवानपुर, २० चैत । प्रदेश नंबर ३ का अर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सहकारीलाई पर राखेर विकास संभव नभएको बताएका छन् । ६१ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आज हेटौँडामा राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सहकारीबिना विकास सोच्न नसकिने बताएका हुन् । सहकारीले उत्पादनमा जोड दिनु […]

बैशाखको पहिलो सातादेखि मकवानपुरमा आर्थिक गणना हुँदै

मकवानपुर, २० चैत । मकवानपुरमा आउँदो बैशाखको पहिलो सातादेखि प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सञ्चालन हुने भएको छ । सरकारले आउँदो बैशाख २ गते देखि जेठ १५ गते सम्म आर्थिक गणना गर्ने भएको हो । जिल्ला आर्थिक गणना कार्यालय मकवानपुरको आयोजनामा जिल्लाभरीको आर्थिक गणना सञ्चालन गर्न लागिएको सोमबार हेटौडामा राष्ट्रिय आर्थिक गणना जिल्ला स्तरिय सचेतना […]

इन्धनकाे मूल्यमा २ रूपैयाँ बृद्धि

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार अनुसार इन्धनको मूल्य समायोजन गरेको छ । बृद्धि भएको मूल्य आज मध्यराति १२ बजेबाट लागु हुने आयल निगमले जनाएको छ । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेकाे छ । अब पेट्रोल र डिजेलकाे मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ पुगेको छ भने मट्टितेल प्रतिलिटर ८५ रुपैयाँ […]

अब २० हजारले पाउनेछन् रोजगारी

काठमाडौँ, १८ चैत । नेपालमा अब करिब २० हजार युवाले रोजगारी पाउने अवस्था भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा ३ सय २ वटा नयाँ उद्योग दर्ता भएपछि २० हजारले प्रत्यक्ष रोजगारी पाउने भएका हुन् । ती सबै उद्योगहरुले प्रत्यक्ष रोजगारी दिने उदेश्यका साथ आवेदन दिएकाले रोजगारीको अवसर बढेको हो । स्वदेशी तथा विदेशी […]

कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल

कपिलवस्तु -खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग नीति आवश्यक रहेको बताउनुभयो […]

प्रधानमन्त्री अाेलीकाे सपना साकार हुँदै, १५ महिनामै पाइपलाइनबाट इन्धन भित्रने

काठमाडाैं / भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गर्न लागिएको पेट्रोलियम पाइपलाइनबाट अबको १५ महिनाभित्र पेट्रोलियम पदार्थ आपूर्ति गरिने भएको छ । बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतबाट पाइपलाइनका माध्यमबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न निर्माणाधीन मोतिहारी–अमलेअगन्ज पेट्रोलियम पाइपलाइनको निर्माण कार्य पूरा भएसँगै पेट्रोलियम पदार्थ आपूर्ति हुने बताइएको छ । ७० किलोमिटर लम्बाइको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको निर्माण कार्य […]

पूर्वमन्त्री साहविरुद्ध विशेष अदालतमा ३२ करोडको मुद्दा

काठमाडौँ । पूर्वमन्त्री सञ्जयकुमार साहविरुद्ध अवैध सम्पत्ति लुकाएको आरोपमा विशेष अदालतमा मुद्धा दर्ता भएको छ । श्रीमतीसहित १३ जनाको नाममा लुकाएर राखेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । साहले गैरकानुनी गतिविधिबाट रकम आर्जन गरेको आरोप उनीमाथि छ । विभागले अनुसन्धान गरी विशेष अदालतमा रकम जफत गरी कैदको […]

ब्यापारीको अफिस किन गए मातृका यादव ?

काठमाडाैं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले व्यापारीहरूकै संरक्षणमा मुलुकमा कालोबजारी हुने गरेको खुलासा गरेका छन् । मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि व्यापारीहरूले सरकारलाई सहयोग नगरेको दाबी पनि गरे । शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको सामूहिक भेटमा कालो बजारी हुन नदिन व्यापारीहरूले अभियाननै चलाउनुपर्ने आवश्यकता पनि औंल्याए । मन्त्री यादवले कालो […]