भीमफेदी गाउँपालिका

हेटौँडामा आजबाट बीपि कप सुरु, उद्घाटन खेलमा बकैया गापा र हेटौँडा– १ बिच प्रतिस्प्रधा हुने

मकवानपुर, १० पुस । मकवानपुरको हेटौँडा–४ हुप्राचौरमा आजबाट बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुदैछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको फुटबल प्रतियोगिताको बिहिबार (आज) बिहान ११:३० बजे उद्घाटन हुने आयोजकले जनाएको छ। आज हुने उद्घाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा– १ बिच प्रतिस्प्रधा हुने […]

मकवानपुरमा विमान दुर्घटना भएको आशंका मात्रै

मकवानपुर, ९ पुस । मकवानपुरको मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकाको सीमामा रहेको जंगलमा विमान दुर्घटना नभएको प्रहरीले पुष्टि गरेको छ । बुधबार (आज) बिहान मकवानपुरगढी, भीमफेदी गाउँपालिका र ठिंगन गाउँपालिकाको सिमानामा रहेको बतासे डाँडाको खोँचमा धुँवाको मुस्लो देखिएपछि विमान दुर्घटना  भएको हुन सक्ने आशंका गरिएको थियो । विमान दुर्घटना भएको खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल […]

जनयुद्वमा हराएका मकवानपुरका २५ जनाको खोजी जारी

हेटौंडा, ७ पुस । १० वर्षे जनयुद्वको क्रममा हराएका मकवानपुरका २५ जनाको हमलसम्म पत्ता लाग्न सकेको छैन् । २०५४ सालदेखी जनयुद्वको क्रममा विभिन्न समयमा जिल्लाका २५ जना बेपत्ता भएका थिए । बेपत्ता भएको दुई दशकभन्दा धेरै भैसक्दा पनि उनीहरुको पत्ता लाग्न नसकेको छानबिन आयोगले जनाएको छ । आयोगका अनुसार, उनीहरुको खोजी कार्य जारी रहेको छ […]

प्रदेश ३ सरकारको नजगरमा पाहाखेती

मकवानपुर । प्रदेश नं. ३ सरकारले पाहा संरक्षण तथा यसको व्यवसायीक खेतीको सम्भावना देखिएको यसबारे अध्ययन सुरु गरेको छ । मकवानपुरको भीमफेदी र कैलाश गाउँपालिकाका उच्च क्षेत्रबाट पाहा संकलन गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिएको आजको हेटौँडा सन्देशमा समाचार छ । मकवानपुरको पुरानो क्षेत्र […]

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घर निर्माण

हेटौँडा, ६ पुस । मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घरहरु निर्माण भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आईतबार (आज) हेटौंडामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रमका यसबारेमा जानकारी दिइएको हो । जिल्लामा पहिचान भएका कुल लाभग्राही भुकम्प पीडित ३४ हजार ३ सय १९ परिवार मध्येमा […]

मकवानपुरमा २० वटा योजना निमार्णका लागि १५ करोड

हेटौंडा । मकवानपुर जिल्लाको विकासका लागि केही दिन अगाडी मात्र १५ करोड २७ लाख रुपैयाँको २० वटा योजना निर्माण गर्ने गरी बजेट छुट्टीएको छ । जिल्लामा सडक निर्माण, खानेपानी, विद्यालय लगायतका विकासका काममा संघीय सरकारले व्बजेट निकासा गर्न लागेको हो । अतिरिक्त बजेट अन्तरगत संघीय सरकारले यो बजेट पठाउन लागेको हो । बजेट भाषणामा राखिएका […]

परिचयपत्र पाउनु मात्र ठूलो कुरा होइन : अध्यक्ष लामा

हेटौंडा, ४ पुस । मकवानपुरको भीमफेदी गाउँपालिकाले गाउँ–गाउँमा गएर जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । गाउँका सबै टोलमा पुग्न नसकेपनि वडाका केन्द्रमा गएर जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । जेष्ठ नागरिक परिचयपत्र वितरण गरिदै आएको बताउँदै अध्यक्ष लामाले भने –‘गाउँमै गएर जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गर्दै […]

सम्बन्धविच्छेद गर्न भीमफेदीकी ८४ वर्षीया पाख्रिन अदालतमा

मकवानपुरको भीमफेदी गाउँपालिका–५ की ८४ वर्षीया टीकाकुमारी पाख्रिन  म्बन्धविच्छेदको निवेदन लिएर जिल्ला अदालत पुग्दा कर्मचारीहरू नै छक्क परे । किनकि जिल्लामा सबैभन्दा बढी उमेरकी वृद्धाले निवेदन लिएर आएको यो नै पहिलो घटना थियो। ‘अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै छन्,’ स्रेस्तेदार केशवराज कौशिक भन्छन्, ‘चारबीस पार गरिसकेकी वृद्धाले सम्बन्धविच्छेदको माग गरको े यो नै पहिलो घटना भयो।’ […]

नेकपा मकवानपुरद्वारा जिम्मेवारी बाँडफाड

हेटौंडा, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको तेस्रो बैठकले पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाड गरेको छ । बैठकले पार्टीे मकवानपुरको प्रतिनिधि सभा, प्रदेश सभाका निर्वाभन क्षेत्र, १० वटै स्थानीय तह, विभागिय जिम्मेवारी र संगठन तर्फको जिम्मेवारी समेत बाँडफाड गरेको सोमबार पत्रकार सम्मेलनमार्फत नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिएकी हुन् । कार्यक्रममा नेकपाका केन्द्रीय […]

हेटौँडा–४, पारिजातपथबाट अटो चोरी

हेटौँडा, ३० मंसिर । मकवानपुरको हेटौँडाबाट गएराति ना १ ह ७४२८ नम्बर को अटो चोरी भएको छ । हेटौँडा–४, पारिजातपथ नजिकै रानीदरबार भित्र ओम्याक्स हल अगाडि रोकी राखेको हरियो रंगको उक्त अटो गएराति चोरी भएको हो । मकवानपुरको भीमफेदी गाउँपालिका–३ घर भइ हाल हेटौँडा–४ बस्ने सन्दीप थापाको कान्छी आमा रिता थापाको नाममा भएको उक्त अटो […]

मकवानपुरको भीमफेदीबाट लागूऔषध चरेश १० किलोसहित दुई जना पक्राउ

हेटौँडा, २७ मंसिर । मकवानपुर प्रहरीले भीममफेदी गाउँपालिका–२ स्थित सडकखण्डबाट लागूऔषध चरेश १० किलो २ सय ५० ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट प्रहरी नायब निरीक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिणामको चरेशसहित बिहिबार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा पचरौटा नगरपालिका वडा नं. ७ […]

काँग्रेस मकवानपुरको ३ गाउँपालिकामा सभापति चयन, भीमफेदीमा श्रेष्ठ

हेटौंडा, २४ मंसिर । नेपाली काँग्रेस मकवानपुरले मकवानपुरका ३ गाउँपालिका सभापत चयन गरेको छ । केन्द्रीय प्रतिनिधि एवम् निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले स्थानीय तहअन्तरगत सभापति चयन गर्न बाँकी ५ गाउँपालिका मध्ये ३ गाउँपालिकाको सभापति चयन गरिएको जानकारी दिए । समायोजनसंगै नेपाली काँग्रेस क्षेत्र नम्बर २ को भीमफेदी गाउँपालिका सभापतिमा सञ्जिव श्रेष्ठ, कैलाश गाउँपालिका सभापतिमा सूर्यबहादुर […]

भीमफेदी कारागारका बन्दीहरुको अवस्थाबारे अध्ययन प्रतिवेदन प्रस्तुत

मकवानपुर, २३ मंसिर । ७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा हेटौंडामा बन्दीको अधिकार तथा भीमफेदी कारागारका बन्दीहरुको अवस्थाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको छ । कार्यक्रम नेपाल मानव अधिकार संगठन मकवानपुर, एम्नेस्टी इन्टरनेश्नल नेपाल समुह ६७ हेटौंडा र एम्नेस्टी फरेष्ट्री युथ नेटवर्क हेटौंडाले संयुक्त रुपमा आयोजना गरेको हो । हेटौंडामा आयोजना गरिएको कार्यक्रममा लैङ्गिक हिंसा […]

भीमफेदीका कैदीबन्दीलाई टेलिफोन सुविधा

मकवानपुर । क्षेत्रीय कारागार भीमफेदीका कैदीबन्दीलाई आफन्त र वकिललाई सहज रूपमा टेलिफोनमार्फत् सम्पर्क गर्न पाउने व्यवस्था गरिएको छ । दुईवटा ब्लक छुट्याइएको कारागारमा जीएसएम सिस्टमअन्तर्गतका नौ वटा टेलिफोन सेट राखिएको जेलर प्रकाश खनालले बताए । ‘क’ ब्लकमा पाँच र ‘ख’ मा चार वटा सेट छन् । कैदीबन्दीले आफन्त र वकिललाई दैनिक बढीमा १० मिनेटसम्म टेलिफोन […]

मुढा बनाउँदै बित्छ भीमफेदी कारागारका कैदीबन्दीको दैनिकी

मकवानपुर । मकवानपुरको भीमफेदी क्षेत्रीय कारागार पुग्ने जोकोहीलाई मुढा उद्योग पुगेजस्तो छनक मिल्छ । किनभने, कारागारमा रहेका प्रायः सबै कैदीबन्दी जुनसुकै वेला बाँसका मुढा बन्न व्यस्त हुन्छन् । कारागारभित्र पछिल्ला केही वर्षदेखि यो क्रम चलिरहेको छ । खुसीको कुरा त उनीहरूले उत्पादन गरेका मुढा उत्तरको छिमेकी देश चीन निर्यात हुँदै आएको छ । एक सयभन्दा बढी कैदीबन्दीले दिनहुँ मुढा […]

प्रदेश ३ सरकारले मकवानपुरसहित ५ जिल्लामा बाख्रा अनुसन्धान तथा विस्तार कार्यक्रम गर्ने

मकवानपुर, १८ मंसिर । प्रदेश ३ सरकारले मकवानपुरसहित ५ जिल्लामा बाख्रा अनुसन्धान र विस्तार कार्यक्रम गर्ने भएको छ । प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मकवानपुरसहित चितवन, धादिङ्, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा सो कार्यक्रम गर्ने भएको हो । कार्यक्रमका लागि मन्त्रालयले चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । कार्यक्रम मन्त्रालयले मकवानपुरको […]

२५ किलो लागूऔषध चरेससहित भीमफेदीबाट दुई जना पक्राउ

मकवानपुर, १६ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. २ स्थित भैंसेबाट प्रहरीले लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी सिसुवा ग्राम वडा नं. २ बस्ने २५ वर्षीय राजेश यादव र मोग्लेसपुर बस्ने १८ वर्षीय ऋषि कुमार यादव रहेका छन् । उनीहरुलाई लागूऔषध चरेश २५ किलोसहित प्रहरी चौकी भैसेबाट […]

लुटिएको ४ तोला सुनसहित भीमफेदीका ओली पक्राउ

मकवानपुर, १६ मंसिर । लुटिएको सुनसहित मकवानपुरको भीमफेदीका सुरज ओलीलाई प्रहरीले पक्राउ गरेको छ । भीमफेदी–८ बस्ने १८ वर्षिय ओलीलाई मकवानपुर प्रहरीले लुटिएको ४ तोला १२.७ लाल सुनसहित पक्राउ गरेको हो  । उनलाई हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी रोड बस्ने राहुल सुनारको बासुमार्गस्थित केदारनाथ सुनचाँदी पसलबाट लुटिएको उक्त परिणामको सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले […]

भीमफेदी जेलमा उत्पादित मुढा चीनमा

मकवानपुर, १३ मंसिर । भीमफेदी कारागारका बन्दीहरूले तयार पारेका बाँसको मुढा चीन निर्यात हुने गरेको छ । तर, नियमित निर्यात हुन नसक्दा कारागारमै मुढा थन्किएका छन् । ‘कारागारमा एक महिनामा एक ट्रक अर्थात् दुई हजार थान मुढा उत्पादन हुन्छ,’ जेलर प्रकाश खनालले भने, ‘३÷४ महिनापछि बल्ल एक ट्रिप चीनतर्फ निर्यात हुने गरेको छ ।’ सयजना […]

मकवानपुर प्रहरीले २ सय १० केजी लागूऔषध गाँजा जलायो

मकवानपुर, ९ मंसिर । मकवानपुर प्रहरीले भदौ २० गतेबाट कार्तिक मसान्तसम्म जिल्लाको विभिन्न स्थानबाट विभिन्न मितिमा बरामद गरेको २ सय १० केजी ६६४ ग्राम लागूऔषध गाजा जलाएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले सोमबार भीमफेदी गाउँपालिका–१ स्थित केशडी खोलामा ठूलो परिणामको लागूऔषध जलाएर नष्ट गरेको हो । प्रहरीले जिल्लाको विभिन्न […]