भीमफेदी गाउँपालिका

भीमफेदीमा सवारी दुर्घटना

मकवानपुर, २५ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ बागझोरास्थित मिनीट्रक दुर्घटना भएको छ । बुधबार (आज) काठमाडौंबाट हेटौँडातर्फ आउँदै ना १ ज ७४५८ नम्बरको मिनीट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार, उक्त ट्रक चालकको भने अहिलेसम्म पत्ता लागेको छैन् । गाडी सडकबाट अन्दाजी २० मिटर तल खसेको […]

मकवानपुर प्रहरीले ३ सय ९२ किलो गाजाँ जलायो

मकवानपुर, २५ भदौ । मकवानपुर प्रहरीले विभिन्न समयमा जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको ३ सय ९२ कलो ८ सय ५५ ग्राम लागूऔषध गाँजा जलाएर नष्ट गरिएका् छ । मकवानपुर प्रहरीले बुधबार भीमफेदी गाउँपालिका वडा नम्बर १ को सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदहस्थित केशडी खोलामा उक्त लागूऔषध गाँजा जलाएर नष्ट गरिएको हो । […]

आदिवासी जनजाति भीमफेदी गाउँपालिको अध्यक्षमा बल

मकवानपुर, २५ भदौ । नेपाली कांग्रेस निकट आदिवासी जनजाति संघ भीमफेदी गाउँपालिका अध्यक्षमा गोपीराम बल चयन भएका छन् । बुधबार भएको भेलाले बलको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाले उपाध्यक्षमा सिताराम मोक्तान, सचिव मनिषकुमार स्याङतान, कोषाध्यक्ष सुमित्रा थिङ, सदस्यहरु विरवल गोले, राजकुमार आले, प्रेमबहादुर प्रजालगायत १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । […]

नेफिन हेटौंडामा नयाँ समिति चयन

मकवानपुर, २२ भदौ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) नगर समन्वय परिषद् हेटौंडाको सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार हेटौंडामा भएको तेस्रो अधिवेशनले नरेशलाल श्रेष्ठको अध्यक्षतामा १० सदस्सीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राजाराम थापा मगर, रामकृष्ण राई दनुवार र सारङ्गी राई, सचिवमा आत्माराम मोक्तान, कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ्ग (तमू) तथा […]

भीमफेदी दुर्घटना अपडेट : तीन जनाको मृत्यु

मकवानपुर, २० भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा भएको सवारी दुर्घटना परी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रामेछाप रजन गाउँपालिकाकी १० महिने बालिका समरागी माझी, महोत्तरी माइस्थान–६ बस्ने ७० वर्षीय बिरसिंह वाइवा, सर्लाही बरहथवा नगरपालिका वडा नम्बर–३ का ६० वर्षीय महेन्द्र सहनी रहेका छन. । दुर्घटनामा परी गम्भीर घाईते […]

भीमफेदीमा सुमो दुर्घटना, १० जना घाईते, एकको अवस्था गम्भीर

मकवानपुर, २० भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा शुक्रबार (आज) दिउँसो करिब २ बजेको समयमा टाटा सुमो  दुर्घटना भएको छ । सर्लाहीबाट काठमाण्डौँतर्फ जाँदै गरेको सर्लाही सुमो सेवाको ना १ ज ३६४० नम्वरको सुमो जुरिखेतको चियानडाँडामा दुर्घटना भएको हो । उक्त दुर्घटनाबाट १० जना घाईते भएका छन् । घाईते मध्ये १० महिनाकी […]

मकवानपुरमा खोलामा डुबेर एक जनाको मृत्यु

मकवानपुर,२० भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ टौबासस्थित राप्तिखोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको जगन्नाथपुर गाउँपालिका बस्ने ३० बर्षीय अनिल चौधरी रहेका छन् । बिहिबार पौडी खेल्न खोलामा गएका उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भीमफेदीमा सवारी दुर्घटना, मोटरसाईक चालक लामासहित दुई जना घाईते

मकवानपुर, १४ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिकामा १ बागझोरामा आज (शनिबार) बिहान सवारी दुर्घटना भएको छ । हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ८८७४ नम्बरको कारले र विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४७४ नम्बरको मोटरसाइकल एकापासमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनाबाट २ जना घाइते भएका छन्। घाइते हुनेहरुमा मा मोटरसाइकल चालक इन्द्रसरोवर […]

लियो भुटनदेबीको पहलमा भीमफेदी कारागारलाई २० हजार बराबरको भाडाँकुडाँ सहयोग

मकवानपुर, १० भदौ । लियो क्लव अफ हेटौडा भुटनदेबीले क्षेत्रिय कारागार भीमफेदी मकवानपुरलाई २० हजार बराबरको खाना पकाउने भाडाँकुडाँ सहयोग उपलब्ध गराएको छ । सोमबार कारागारमा एक कार्यक्रमको आयोजना गरी २० हजार बराबरको ६ थान प्रेसर कुकर सहयोग गरेको लियो क्लबका सदस्य तथा कार्यक्रम संयोजक विजय बजगाईले जानकारी दिए । लियो क्लव अफ हेटौडा भुटनदेबीको […]

मकवानपुर प्रहरीले जलायो ४ सय १४ किलो लागूऔषध गाँजा

मकवानपुर, ९ भदौ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले आज सोमबार विभिन्न समयमा बरामद भएको ४ सय १४ किलो ७ सय ६२ ग्राम लागूऔषध गाँजा जलाएर नष्ट गरिएको छ । प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित खोलामा लगी गाँजा नष्ट गरेको हो । त्यसैगरी प्रहरीले कोरेक्स १ सय बोतल, नाईट्रोभेट ६ सय ५५ ट्याब्लेट, […]

नेकपा मकवानपुरका सबै स्थानीय तहमा अध्यक्ष र सचिवको नाम टुंगियो

मकवानपुर, ८ भदौ । नेकपा मकवानपुरको आज (आईतबार) बिहान बसेको जिल्ला सचिवालय बैठकले स्थानीय तहमा अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । पार्टी एकिकरण भएपछी मकवानपुरका स्थानीय तहले पनि पार्टीमा अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो । पार्टीका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले नेकपाको हेटौंडा उपमहानगरपालिका कमिटिको अध्यक्षमा रघु आचार्य र सचिवमा […]

अवैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने ४ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

मकवानपुर, ६ भदौ । प्रहरी चौकी भैंसे र प्रहरी चौकी ठूलोदमारबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा नदिजन्य पदार्थ ढूङ्गा लोड गर्दै गरेको ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भैसेले भीमफेदी गाउँपालिका–१ सानटारस्थितको खोलाबाट ना ५ त ७०४५ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । त्यस्तै प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१८ […]

अवैध लागूऔषधसहित भीमफेदीबाट लामा पक्राउ

मकवानपुर, ५ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित सडकखण्डबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध फेनारगन ५० एम्पुल, नुफिन ५० एम्पुल, डाईजेल्याब ५० एम्पुलसहित दोलखा बैदेश्वर गाउँपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय पासाङ लामालाई पक्राउ गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट खटिएको […]

हेटौँडा अस्पतालको चरम लापरबाही, प्याड भित्रै राखेर सिलाइयो सुत्केरीको शरीर

मकवानपुर, ३० साउन । डाक्टरहरुले कहिलेकाँही कतिसम्मको लापरबाही गर्छ भन्ने कुराको विभिन्न उदाहरण देख्न र सुन्न पाईन्छ । यस्तै एक घटना  मकवानपुरको ठूलो र एक मात्र सहकारी अस्पताल हेटौँडा अस्पतालमा भएको छ । आईतबार  भीमफेदीकी सोनिका दाहाल सुत्केरी हुन हेटौंडा अस्पताल पुगिन् । अस्पतालमा नर्मल डेलिभरी भएकी उनको सोही दिनमा पिसाब बन्द हुने समस्या भयो […]

स्थापना दिवसमा बाढीपीडितलाई खाद्यान्न सहयोग

नेपाल महिला संघको ७२ औं स्थापना दिवसको अवसरमा महिला संघ मकवानपुरले भीमफेदी गाउँपालिका ५ का बाढीपीडितहरुलाई शुक्रबार खाद्यान्न सामाग्री वितरण गरेको छ । महिला संघ मकवानपुर सभापति लक्ष्मी श्रेष्ठको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा बाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि डिनाले महिला संघले ७२ औं […]

डीभी/अमरिका प्रकरण : वडाध्यक्ष घिसिङमाथि छानबिन हुने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मकवानपुरस्थित भीमफेदी गाउँपालिकाका एक वडाअध्यक्षको अमेरिका भ्रमणबारे छानविन गर्ने भएको छ । गाउँपालिका ८ का वडा अध्यक्ष जगतमान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि सो पद रिक्त रहेको भन्दै स्थानीयले निवेदन दिएपछि त्यसबारे छानबीन गर्न लागेको आजको नेपाल समाचारपत्रमा समाचार छ । सो वडाका स्थानीयले वडाध्यक्षको उपनिर्वाचन […]

भीमफेदी–कुलेखानी–फर्पिङखण्ड सडक हो की एम्बुस ?

मकवानपुर २१ साउन । प्रदेश ३ को राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानीहुँदै फर्पिङसम्मको सडकखण्ड बर्षापछि निकै जोखिमपूर्ण बनेको छ । ्बर्षाको कारण बाढी र पहिरो गएपछि सडकका अधिकाँश स्थान जोखिमपूर्ण बनेका छन् । डिभिजन सडक कार्यालय हेटौँडाले सडकमा भएका सामान्य अवरोध हटाएपनि जोखिम कायमै रहेकोले सवारीसाधन निर्वाध रुपमा चल्न भने […]

हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग बन्द गर्ने चेतावनी

मकवानपुर २१ साउन । भीमफेदी–कुलेखानी सडकमा मिनी ट्रक चलाउन प्रतिबन्ध लगाएपछि ईन्द्रसरोवरका मिनी ट्रक व्यवसायीहरुले हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग बन्द गर्ने चेतावनी दिएका छन् । सिस्नेरी, फाखेल र कुलेखानीका मिनी ट्रक व्यवसायीको ट्रक चल्न प्रतिबन्ध लगाइएपछि व्यवसायीहरुले उक्त मार्ग बन्द गर्न चेतावनी दिएका हुन् । अहिले उक्त स्थानमा बीरगंजबाट आएका टाटा मोवाई, डिआईहरुले तरकारी बोकिरहेका […]

भीमफेदी ८ नम्वर वडाअध्यक्ष घिसिङ परिवारसहित अमेरिका गएपछि…

मकवानपुर २१ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ का वडाअध्यक्ष अमेरिका गएपछि वडाअध्यक्ष पदमा उपनिर्वाचन गराउन स्थानीयहरुले माग गरेका छन् । वडाअध्यक्ष जगतमान घिसिङ् परिवारसहित अमेरिका गएपछि रित्त वडाअध्यक्ष पदमा उपनिर्वाचन गराउन माग गर्दै स्थानीयले निर्वाचन आयोगको कार्यालयमा निवेदनसमेत दर्ता गराएका हुन् । वडा सदस्य नवराज अधिकारीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएर गत चैत्र […]

मकवानपुरका ११ सय महिलाले गरे सुरक्षित गर्भपतन

मकवानपुर १९ साउन । गत आर्थिक वर्ष २०७५–०७६ मा मकवानपुरमा एक हजार ९९ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४–०७५ मा ८ सय ९९ जना महिलाले सुरक्षित गर्भपतन लिएकामा गत जेष्ठसम्म एक हजार ९९ जनाले सुरक्षित गर्भपतन सेवा उपलब्ध गरेका हुन् । हाल मकवानपुरमा सूचीकृत […]