भीमफेदी गाउँपालिका

भीमफेदीमा दुर्घटना भनिएको घटना शंकास्पद, हत्याको आशंका

हेटौंडा, ६ माघ । मकवानपुरको भीमफेदी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको भनिएको घटना शंकास्पद बनेको छ । प्रहरीले नै घटना शंकास्पद रहेको भन्दै अनुसन्धान अघि बढाएको छ । हिजो आइतबार सडक भन्दा ५–६ मिटर तल ना ५२ प ४६१६ नम्बरको मोटरसाइकल रुखमा अड्किएकोे अवस्थामा भेटिएको थियो । उक्त घट्नामा पर्साको पर्साैनी गाविस वडा ८ […]

भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउने

हेटौंडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बाग्मती प्रदेश सरकारले अग्रसरता देखाएको छ । प्रदेश सरकारले अहिले सो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम गरिरहेको छ । सुरुङमार्ग निर्माणका लागि यसै वर्ष नै ठेक्का दिने तयारी गरिरहेको छ । सुरुङमार्ग निर्माणको अनुमति पाएको निजी क्षेत्रका नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) ले अहिलेसम्म सिन्कोसमेत भाँच्न नसक्दा […]

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको लागि यसै वर्ष ठेक्का लगाउने तयारी

काठमाडौं, २९ पुस । बागमती प्रदेश सरकारले ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ को निर्माणको लागि यसै वर्ष ठेक्का लगाउने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हाल यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको छ । मन्त्रालयका सचिव तेजराज भट्टका अनुसार सुरुङमार्गको डिजाइनको काम सकिनासाथै फागुन–चैतमै आयोजना निर्माणका लागि ठेक्का लगाइने छ […]

मकवानपुरको भीमफेदीमा कार दुर्घटना, एकको मृत्यु

हेटौंडा, २५ पुस । मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । गएराति विरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार भीमफेदी गाउँपालिका वडा नं. ९ अघोरमा दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा ४५ वर्षीय सन्तोष सल्वा कुमार रहेका […]

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मकवानपुरका मगर पक्राउ

मकवानपुर, २० पुस । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट वारुदखानास्थित सडकबाट प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मकवानपुरका एक जना पक्राउ परेका छन् । प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ३ घर भई हाल दुवाकोट बस्ने २९ वर्षीय उत्तम थापा मगरलाई शनिबार पक्राउ गरेको हो । सोही स्थानमा […]

समृद्धिका लागि स्थानीय तहको भूमिका अपरिहार्यः प्रमुख आयुक्त

हेटौंडा, १८ पुस । भीमफेदीमा स्थानीय सरकार संचालन विधि र सूचनाको हकसम्बन्धि अभिमुखीकरण भएको छ । शुक्रबार भीमफेदी गाउँपालिकाको आयोजनामा अभिमुखीकरण भएको हो । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले समृद्धिका लागि स्थानीय तहको भूमिका अपरिहार्य रहेको बताएका छन् । प्रमुख आयुक्त बाँस्कोटाले सहजीकरणका क्रमममा स्थानीय सरकारले विकट क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने […]

इन्द्रसरोवर दूर्घटना अपडेट : तीन जनाको मृत्यु, ५ जना घाईते

हेटौँडा, ११ पुस । मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ ओखरे डाँडा नजिकै आज शुक्रबार भएको सुमो दूर्घटनामा परी तीन जनाको मृत्यु भएको छ  । चन्द्रनिगापुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३४३३ नं. को सुमो अन्दाजी ३ सय मिटर तल खसी दूर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको भीमफेदी प्रहरीले जनाएको छ । मृतकको सनाखत […]

हेटौँडामा आजबाट बीपि कप सुरु, उद्घाटन खेलमा बकैया गापा र हेटौँडा– १ बिच प्रतिस्प्रधा हुने

मकवानपुर, १० पुस । मकवानपुरको हेटौँडा–४ हुप्राचौरमा आजबाट बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुदैछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको फुटबल प्रतियोगिताको बिहिबार (आज) बिहान ११:३० बजे उद्घाटन हुने आयोजकले जनाएको छ। आज हुने उद्घाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा– १ बिच प्रतिस्प्रधा हुने […]

मकवानपुरमा विमान दुर्घटना भएको आशंका मात्रै

मकवानपुर, ९ पुस । मकवानपुरको मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकाको सीमामा रहेको जंगलमा विमान दुर्घटना नभएको प्रहरीले पुष्टि गरेको छ । बुधबार (आज) बिहान मकवानपुरगढी, भीमफेदी गाउँपालिका र ठिंगन गाउँपालिकाको सिमानामा रहेको बतासे डाँडाको खोँचमा धुँवाको मुस्लो देखिएपछि विमान दुर्घटना  भएको हुन सक्ने आशंका गरिएको थियो । विमान दुर्घटना भएको खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल […]

जनयुद्वमा हराएका मकवानपुरका २५ जनाको खोजी जारी

हेटौंडा, ७ पुस । १० वर्षे जनयुद्वको क्रममा हराएका मकवानपुरका २५ जनाको हमलसम्म पत्ता लाग्न सकेको छैन् । २०५४ सालदेखी जनयुद्वको क्रममा विभिन्न समयमा जिल्लाका २५ जना बेपत्ता भएका थिए । बेपत्ता भएको दुई दशकभन्दा धेरै भैसक्दा पनि उनीहरुको पत्ता लाग्न नसकेको छानबिन आयोगले जनाएको छ । आयोगका अनुसार, उनीहरुको खोजी कार्य जारी रहेको छ […]

प्रदेश ३ सरकारको नजगरमा पाहाखेती

मकवानपुर । प्रदेश नं. ३ सरकारले पाहा संरक्षण तथा यसको व्यवसायीक खेतीको सम्भावना देखिएको यसबारे अध्ययन सुरु गरेको छ । मकवानपुरको भीमफेदी र कैलाश गाउँपालिकाका उच्च क्षेत्रबाट पाहा संकलन गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिएको आजको हेटौँडा सन्देशमा समाचार छ । मकवानपुरको पुरानो क्षेत्र […]

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घर निर्माण

हेटौँडा, ६ पुस । मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घरहरु निर्माण भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आईतबार (आज) हेटौंडामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रमका यसबारेमा जानकारी दिइएको हो । जिल्लामा पहिचान भएका कुल लाभग्राही भुकम्प पीडित ३४ हजार ३ सय १९ परिवार मध्येमा […]

मकवानपुरमा २० वटा योजना निमार्णका लागि १५ करोड

हेटौंडा । मकवानपुर जिल्लाको विकासका लागि केही दिन अगाडी मात्र १५ करोड २७ लाख रुपैयाँको २० वटा योजना निर्माण गर्ने गरी बजेट छुट्टीएको छ । जिल्लामा सडक निर्माण, खानेपानी, विद्यालय लगायतका विकासका काममा संघीय सरकारले व्बजेट निकासा गर्न लागेको हो । अतिरिक्त बजेट अन्तरगत संघीय सरकारले यो बजेट पठाउन लागेको हो । बजेट भाषणामा राखिएका […]

परिचयपत्र पाउनु मात्र ठूलो कुरा होइन : अध्यक्ष लामा

हेटौंडा, ४ पुस । मकवानपुरको भीमफेदी गाउँपालिकाले गाउँ–गाउँमा गएर जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । गाउँका सबै टोलमा पुग्न नसकेपनि वडाका केन्द्रमा गएर जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । जेष्ठ नागरिक परिचयपत्र वितरण गरिदै आएको बताउँदै अध्यक्ष लामाले भने –‘गाउँमै गएर जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गर्दै […]

सम्बन्धविच्छेद गर्न भीमफेदीकी ८४ वर्षीया पाख्रिन अदालतमा

मकवानपुरको भीमफेदी गाउँपालिका–५ की ८४ वर्षीया टीकाकुमारी पाख्रिन  म्बन्धविच्छेदको निवेदन लिएर जिल्ला अदालत पुग्दा कर्मचारीहरू नै छक्क परे । किनकि जिल्लामा सबैभन्दा बढी उमेरकी वृद्धाले निवेदन लिएर आएको यो नै पहिलो घटना थियो। ‘अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै छन्,’ स्रेस्तेदार केशवराज कौशिक भन्छन्, ‘चारबीस पार गरिसकेकी वृद्धाले सम्बन्धविच्छेदको माग गरको े यो नै पहिलो घटना भयो।’ […]

नेकपा मकवानपुरद्वारा जिम्मेवारी बाँडफाड

हेटौंडा, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको तेस्रो बैठकले पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाड गरेको छ । बैठकले पार्टीे मकवानपुरको प्रतिनिधि सभा, प्रदेश सभाका निर्वाभन क्षेत्र, १० वटै स्थानीय तह, विभागिय जिम्मेवारी र संगठन तर्फको जिम्मेवारी समेत बाँडफाड गरेको सोमबार पत्रकार सम्मेलनमार्फत नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिएकी हुन् । कार्यक्रममा नेकपाका केन्द्रीय […]

हेटौँडा–४, पारिजातपथबाट अटो चोरी

हेटौँडा, ३० मंसिर । मकवानपुरको हेटौँडाबाट गएराति ना १ ह ७४२८ नम्बर को अटो चोरी भएको छ । हेटौँडा–४, पारिजातपथ नजिकै रानीदरबार भित्र ओम्याक्स हल अगाडि रोकी राखेको हरियो रंगको उक्त अटो गएराति चोरी भएको हो । मकवानपुरको भीमफेदी गाउँपालिका–३ घर भइ हाल हेटौँडा–४ बस्ने सन्दीप थापाको कान्छी आमा रिता थापाको नाममा भएको उक्त अटो […]

मकवानपुरको भीमफेदीबाट लागूऔषध चरेश १० किलोसहित दुई जना पक्राउ

हेटौँडा, २७ मंसिर । मकवानपुर प्रहरीले भीममफेदी गाउँपालिका–२ स्थित सडकखण्डबाट लागूऔषध चरेश १० किलो २ सय ५० ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट प्रहरी नायब निरीक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिणामको चरेशसहित बिहिबार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा पचरौटा नगरपालिका वडा नं. ७ […]

काँग्रेस मकवानपुरको ३ गाउँपालिकामा सभापति चयन, भीमफेदीमा श्रेष्ठ

हेटौंडा, २४ मंसिर । नेपाली काँग्रेस मकवानपुरले मकवानपुरका ३ गाउँपालिका सभापत चयन गरेको छ । केन्द्रीय प्रतिनिधि एवम् निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले स्थानीय तहअन्तरगत सभापति चयन गर्न बाँकी ५ गाउँपालिका मध्ये ३ गाउँपालिकाको सभापति चयन गरिएको जानकारी दिए । समायोजनसंगै नेपाली काँग्रेस क्षेत्र नम्बर २ को भीमफेदी गाउँपालिका सभापतिमा सञ्जिव श्रेष्ठ, कैलाश गाउँपालिका सभापतिमा सूर्यबहादुर […]

भीमफेदी कारागारका बन्दीहरुको अवस्थाबारे अध्ययन प्रतिवेदन प्रस्तुत

मकवानपुर, २३ मंसिर । ७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा हेटौंडामा बन्दीको अधिकार तथा भीमफेदी कारागारका बन्दीहरुको अवस्थाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको छ । कार्यक्रम नेपाल मानव अधिकार संगठन मकवानपुर, एम्नेस्टी इन्टरनेश्नल नेपाल समुह ६७ हेटौंडा र एम्नेस्टी फरेष्ट्री युथ नेटवर्क हेटौंडाले संयुक्त रुपमा आयोजना गरेको हो । हेटौंडामा आयोजना गरिएको कार्यक्रममा लैङ्गिक हिंसा […]