बाग्मती गाउँपालिका

लोकतान्त्रिक गठबन्धनको फापरबारी परिचालन समिति

मकवानपुर, ६ मंसिर । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत मकवानपुरको क्षेत्र नम्बर १ बागमती गाउँपालिका वडा नम्बर ७ फापरबारी पाथिभरामा निर्वाचन परिचालन समिति गठन गरिएको छ । नेपाली काँग्रेसका डिल्लीराम घोरासैनी संयोजक र कृष्ण बहादुर थोकर सहसंयोजक रहने गरी १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि कुप नारायण […]

फापरबारीमा वाम गठबन्धनको चुनावी अनुगमन

हेटौँडा, ५ मंसिर । वाम गठबन्धनको चुनाव अनुगमन समितिले सोमबार मकवानपुरको पूर्वी क्षेत्र फापरबारीसम्म अनुगमन गरेको छ । बकैयाको हात्तीसुँडेमा र फापरबारी पार्टी कार्यालयमा वाम गठबन्धनमा सामेल दुबै पार्टीका अगुवा कार्यकर्ताहरुसँग भेटघाट, छलफल गरी निर्वाचको स्थिति बारे जानकारी लिएको थियो । समसामयिक राजनीति र दुबै पार्टी बीचमा भएको गठबन्धन र एकताको औचित्यबारे अनुगमन टोलीका नेता […]

काँग्रेसमा सत्ताबाट हट्नुपर्छ भन्ने डर छ–दाहाल

बाग्मती, ५ मंसिर । मकवानपुरको राईगाउँमा सोमबार वाम गठबन्धनको जनसभा भएको छ । सभालाई सम्बोधन गर्दै मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले कांग्रेस अहिले सत्ताबाट हट्नु पर्ने भयो भन्ने त्रासबाट बिक्षिप्त बनेको आरोप लगाएका छन् । जनसभामा बोल्दै दाहालले आफ्नो स्वार्थ लुकाउन कम्युनिष्टले जित्दा अधिनायकवाद आउने भन्दै काँग्रेसले जनतालाई भ्रम छरेको […]

तिनभंगालेमा लोकतान्त्रिक गठबन्धनको कार्यक्रम, बाग्मतीमा समिति गठन

बकैया, ४ मंसिर । आसन्न निर्वाचनको चुनावी अभियान अन्तर्गत लोकतान्त्रिक गठबन्धनको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को बकैया गाउँपालिका २ को धियालक्षेत्रमा घरदैलो र कोणसभा सम्पन्न भएको छ । धियालको तिनभंगालेमा आईतबार आयोजित कोणसभामा लोकतान्त्रिक गठबन्धनकोतर्फबाट नेपाली काँग्रेसका प्रदेशसभा सदस्य १ क का उम्मेदवार धर्मराज लामिछानेले सडकलगायतका भौतिक पूर्वाधार निर्माण नभएका स्थानमा विकास योजनाहरु ल्याउन […]

कमल थापाको दबाबले काम गरेको होईन–विद्यूत प्राधिकरण

मकवानपुर (राईगाउँ), २९ कात्तिक । सरकारका उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाको दबावले मकवानपुरको बाग्मती गाउँपालिकास्थित राईगाउँमा विद्यूतको कार्य नगरिएको नेपाल विद्यूत प्राधिकरण हेटौँडा हेटौँडा वितरण केन्द्रले जनाएको छ । राईगाउँमा विजुली पुर्याउनका लागि थापाले विद्युत प्राधिकरणका कर्मचारीहरु प्रयोग गरिरहेको भन्ने समाचार सही नभएको केन्द्रका प्रमुख सन्दिप श्रेष्ठले जनाएका छन् । प्राधिकरणले कानुन बमोजिम टेण्डर […]

कमल थापाको दबाबमा आचारसंहिता विपरित विद्युतका कर्मचारी राईगाउँमा

मकवानपुर (राईगाउँ), २९ कात्तिक । सरकारका उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाले निर्वाचन जित्न सरकारी संयन्त्रको प्रयोग गरिरहेको खुल्न आएको छ । मकवानपुरको राईगाउँमा विजुली पुर्याउनका लागि उनले विद्युत प्राधिकरणका कर्मचारीहरु प्रयोग गरिरहेका छन् । फापरबारीको लम्कनासम्म बिजुली पुगेको छ । त्यसभन्दा उता बिजुली नपुर्याई नहुने अवस्था पनि छ । तर, चुनावको मुखमा आएर १५ […]

बाग्मती गाउँपालिका परिचय

समावेश भएका साविक गा.वि.स. र न.पा.हरु : राईगाउँ, फापरबारी, बेतिनी गा.वि.स. जनसंख्या :३०४९५ क्षेत्रफल : ३११.७९ वर्ग  कि.मि. केन्द्र : साविक फापरबारी गा.वि.स.को कार्यालय वडा संख्या : ९ सिमाना : पूर्व : सिन्धुली जिल्ला पश्चिम : बकैया गाउँपालिका उत्तर : ललितपुर र काभ्रे जिल्ला दक्षिण : बकैया गाउँपालिका र रौतहट जिल्ला वडा विभाजन : वडा नम्बर समावेश भएका साविक गा.वि.स./न.पा.हरु साविक वडा […]