बाग्मती गाउँपालिका

नेकपा अध्यक्ष प्रचण्ड आज मकवानपुरको बागमती गाउँपालिका आउँदै, के-के छन् कार्यक्रम ?

मकवानपुर २ माघ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मकवानपुर आउँदै छन् । बाग्मती गाउँपालिकाको खर्चमा उनी हेलिकप्टर चढेर मकवानपुरको बाग्मती गाउँपालिका आउँदैछन् । गाउँपालिकाका अध्यक्ष सर्केश घलानले नेकपा अध्यक्ष प्रचण्डलाई गाउँपालिकाको भवन उद्घाटनका लागि आमन्त्रण गरिएको तु खबरलाई बताए । उनका अनुसार अन्य विभिन्न कार्यक्रम समेत आज तय गरिएको छ […]

निःशुल्क प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न

मकवानपुर ३० पुस । पहाडी र गाउँ नै गाउँले भरिएको हाम्रो देश नेपालमा अझै पनि स्वास्थ्य सेवा सर्बसाधरण नेपालीको पहुँचमा पुग्न सकेको छैन । आधारभूत स्वास्थ्य सेवा ज्ञान र चेतनाको कमी प्राथमिक उपचारको अज्ञानताका कारण हजारौं नेपालीले बर्षेनि अकालमा ज्यान गुमाउनु परेको तितो यथार्थलाई मध्यनजर गर्दै युवा समाजसेवि तथा निर्मल हेल्थ क्लिनिकका प्रोपाइटर निर्मल तिमल्सिनाले […]

मकवानपुरको बाग्मतीमा नेकपाका अध्यक्ष प्रचण्ड आउने

मकवानपुर २७ पौष । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ २ गते मकवानपुरको बागमती गाउँपालिकामा आउने भएका छन् । माघ २ गतेको दिन गाउँपालिकामा राखिएका विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड बागमती गाउँपालिका आउन लागेका हुन् । प्रचण्डले त्यसदिन साढे १२ बजे झुरझुरेमा रहेको गाउँपालिकाको कार्यालय उद्घाटन कार्यक्रम, करिब १ गते झुरझुरे सहिद […]

फापरबारीमा निःशुल्क आँखा परीक्षण शिविर

हेटौंडा २१ पौष । बागमती गाउँपालिकास्थित फापरबारीको स्वास्थ्य चौकीमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ मिट टाउन काठमाडौं र रोटरी क्लब अफ मकवानपुरको आयोजनामा शुक्रबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो । निःशुल्क आँखा परीक्षण शिविरमा करिब २०० जनाले आँखा परीक्षण गराएका थिए । यिनीहरु मध्ये ३१ जनामा मोतियाविन्दु भेटिएको […]

रामबहादुर बम्जन उर्फ लिटिल बुद्धले के के मच्चाए बितण्डा ?

मकवानपुर १३ पौष । बारा जिल्लाको रतनपुर गाविसमा रहेको सामुदायिक बनमा तपस्या गरेर आफु ‘लिटिलबुद्ध’ हुँ भन्दै जनतालाई भ्रममा पार्दै आइरहेका रामबहादुर बम्जन विरुद्ध उजुरी परेको छ । मकवानपुरका २ जनालाई बेपत्ता पारेको भन्दै उनीविरुद्ध मकवानपुर प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले उनलाई खाजेर पक्राउ गर्ने प्रयास गरिरहेको छ । सुरुवाती चरणमा तपस्या गरेर बसेका भनिएका […]

मकवानपुरको बाग्मतीमा प्रधानध्यापकको पिकनिक, शिक्षा सम्मन्वय समिति गठन

मकवानपुर १३ पौष । मकवानपुरको बाग्मती गाउँपालिकाका प्रधानध्यापकहरुको पिकनिक तथा संयूक्त बैठक आज सम्पन्न भएको छ । जनता मा.वि स्रोत केन्द्रको आयोजना बाग्मती गाउँपालिकाको वडा नम्बर ९ को पर्यटकिय क्षेत्र बेतिनि अमले चौरमा सम्पन्न भएको जनता मा.वि.का प्र.अ बसन्त राईले जानकारी दिए । बागभैरव मा.वि.का प.अ, हुद्ध बहादुर दलार्मी मगरको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष सर्केश […]

जनमतको मात्र नभइ कम्युनिष्ट मिसन पनि पुरा गर्नुपर्ने

मकवानपुर ९ पौष । प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु)ले जनताले दिएको जनमतको मात्र नभइ कम्युनिष्ट मिसन पनि पुरा गर्नुपर्ने बताएका छन् । नेकपा बागमती गाउँपालिका वडा नम्बर ४ र ५ को संयुक्त आयोजनामा भएको अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पुलामीले जनमतसँगै कम्युनिष्ट मिसन पुष्टि गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको बताएका हुन् । नेकपाका स्थानीय नेता […]

चुरे संरक्षण समिमिलते मकवानपुरको विद्यालयहरुमा गर्याे नोट कपी वितरण

हेटौंडा,२ पौष । राष्ट्रपति तराई मधेश चुरे संरक्षण समितिले पूर्वी मकवानपुरको विभिन्न विद्यालयहरुमा चुरे सम्बन्धी सन्देश लेखेको नोट कपी वितरण गरेको छ । समितिले बाग्मती ६ फापरबारीस्थित जनता मा.वि.मा एक कार्यक्रमकाबीच कपी वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य लिला आलेको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको […]

आगलागीबाट करिब ८ लाख बराबरको धनमाल क्षति

मकवानपुर १६ मंसिर । मकवानपुर बागमती गाउँपालिका–८ दमै खोल्सामा शनिबार आगलागी भएको छ । सोही ठाउँ बस्ने मानबहादुर योन्जनको कच्ची घरमा करेन्ट सर्ट भई आगलागी हुँदा घर, सुन तथा नगद ७० हजार जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

१४ बर्षदेखि हेटौंडाको वाशुदेव सभागृह बेरोजगार ! प्रदेश सरकार किन लाचार ?

बलराम पुडासैनी मकवानपुर १२ मसिंर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा रहेको वाशुदेव सभागृह १४ बर्षदेखि बेरोजगार छ । वि.स. २०६० सालमा हेटौंडा नगरपालिकाका तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा निर्माण शुरु गरिएको वाशुदेव सभागृह अहिलेसम्म पनि निर्माणाधिन अवस्थामै छ । त्यसबेला विभिन्न कार्यक्रम वा सभासम्मेलन गर्नका लागि सभाहलको आवश्यकता महशुस भएपछि तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा सभागृह […]

नख्खुजेल तोडेका मकवानपुरका लामा अहिले पाटन अस्पतालमा, सरकार मौन !

मकवानपुर ११ मसिंर । लामो समय राजनितिक जिवन बिताएका विरबहादुर लामा अहिले स्वास्थ्य अवस्थाका कारण अस्पतालमा छन् । २०३३ सालमा नख्खुजेल तोडेका लामा अहिले जिवन र मरणको अवस्थामा छन् । केहि दिनदेखि उनी काडमाडांैको पाटन अस्पतालमा उपचाररत छन् । उनको आर्थिक अवस्था निकैनै नाजुक छ । उनी अहिले उच्च रक्तचाप मधुमेय, तथा मृगौला सम्बन्धी रोगका […]

सांसद कृष्ण दाहालले संसद विकास कोषको ४ करोड मकवानपुरमा लगानी गर्ने

मकवानपुर २९ कात्तिक । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्ण प्रसाद दाहालले आफ्नो सँंसद विकास कोषमा आएको ४ करोड रुपैंया विकास निमार्णको काममा खर्च गर्ने बताएका छन् । उनले आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त विषयमा जानकारी दिएका हुन् । उनले कोषमा आएको ४ करोड रकम आफ्नो क्षेत्रमा पर्ने उपमहानगर र […]

मकवानपुरको बाग्मतीमा घुम्ति शिविर जारी

मकवानपुर १६ कात्तिक । मकवानपुरको पूर्वी बाग्मती गाउँपालिकामा नागरिकता घुम्ती शिविर सञ्चालन भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिसहित जिल्ला प्रशासन कार्यालयको नौ जनाको टोलीले तीन दिन घुम्ति शिविर सञ्चालन गरेको हो । टोलीले हालसम्म ६, ७ र ८ नम्बर वडामा गरी पाँचसय ५६ जनालाई नागरिकता बितरण गरिसकेको गाउँपालिका अध्यक्ष सर्केस घलानले बताए । यो […]

मकवानपुरमा ७२ वर्ष कटेका वृद्धले नागरिकता प्राप्त

मकवानपुर १५ कात्तिक । मकवानपुरमा ७२ वर्ष कटेका वृद्धले नागरिकता लिएका छन् । नागरिकता लिने उमेर १६ वर्ष भएतापनि उनले वृद्धभत्ता बुझ्ने उमेरमा नागरिकता लिएका हुन् । बागमती गाउँपालिका वडा नम्बर ६ बस्ने जितबहादुर मोक्तानले जन्मेकोे ७२ बर्षपछि नागरिकता लिदाँ खुशी भएका छन् । किशोरावस्था हुँदा जिल्लामा कयौं पटक धाउदाँ समेत नबने पछि चुप लागेर […]

जनताकै घरदैलोमा नागरिकता वितरण शिविर शुरु

बागमती १५ कात्तिक । मकवानपुरको बागमती गाउँपालिकामा बुधबार देखि नागरिकता वितरण शिविर शुरु भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले शिविरको उद्घाटन गरेका हुन् । जनतालाई जनताकै घर दैलोमा सेवा दिने उदेश्यले गाउँपालिकाको पहलमा शुरु भएको शिविरमा बुधबार पहिलो दिन वडा नम्बर ६, ७ र ८ का वडा बासीका लागि फापरबारीमा संचालन गरेको […]

नागरिकता दिन मकवानपुरका सिडिओ आफैँ पुगे बाग्मति गाउँपालिका

मकवानपुर १४ कात्तिक । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ सर्वसाधारणलाई नागरिकता दिन आफैं बाग्मती गाउँपालिका पुगेका छन् । सदरमुकामबाट टाढा रहेका सर्वसाधारणलाई नागरिकता बनाउन कठिन भएको भन्दै घुम्ती शिविर मार्फत नागरिकता वितरण गर्न सिडियो आफैं बाग्मती गाउँपालिका पुगेका हुन् । ‘सर्वसाधारणलाई नागरिकता दिने काम जिल्ला प्रशासन कार्यालयको हो ।’ सिडिओ तामाङले भने । त्यसकारण […]

अग्रणी सहकारीद्वारा फापरबारीको सिर्जनशील समूहलाई उद्यम गर्न ५ लाख

मकवानपुर । अग्रणी बचत तथा ऋण सहकारी सस्था हेटौंडाले फापरबारीको सिर्जनशील युवा समूहलाई उद्यम गर्नका लागि ५ लाख रुपैयाँ निव्र्याजी ऋण उपलब्ध गराएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत समूहलाई रकम उपलब्ध गराइएको हो । आज सो रकम हस्तान्तरण गर्ने औपचारिक कार्यक्रममा संघीय सँसदका अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र जिल्ला युवा समिति अध्यक्ष सन्तोष […]

तामाङ घेदुङ मकवानपुरद्वारा ‘ताम्सालिङ जागरण अभियान’ प्रारम्भ

मकवानपुर, ०६ असोज । नेपाल तामाङ घेदुङ मकवानपुरले ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान प्रारम्भ गरेको छ । घेदुङ मकवानपुरको शनिबार बसेको बैठकले मकवानपुरका विभिन्न स्थानीय तहमा ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान सञ्चालन गर्ने कार्यक्रमको कार्यतालिका समेत तय गरेको नगर घेदुङ सचिव सुवाश घिसिङले जानकारी दिए । बैठकको निर्णय अनुसार यही असोज १९ गते […]

मुख्यमन्त्री ज्यू ! कानुन विपरीत काटिएका सालका रुख कहाँ गाएब भो ?

बलराम पुडासैनी मकवानपुर, ५ असोज । हेटौंडा स्मारक विकास समिति नवलपुर परिसरमा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति अन्र्तगतको वनबाट ५० वटा भन्दा बढी सालका रुख नियम विपरीत कटान भएका छन् । अहिले हेटौंडा स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेल छन् । उनी स्मारक विकास समितिका अध्यक्ष मात्रै होईनन् प्रदेश नम्बर ३ का मुख्यमन्त्री समेत […]

हेटौंडामा २५ मिटर सडक विस्तार प्रकरण : मुख्यमन्त्री पौडेलनै बाधक

बलराम पुडासैनी मकवानपुर १ असोज । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा २५ मिटर सडक विस्तारको विषयमा मुख्यमन्त्री डोरमणी पौडेलनै बाधकको रुपमा देखिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हेटौंडाको समग्र विकासमा जोड दिन्छु भन्दै जनतालाई आफ्नो पक्षमा पारी चुनाव जितेका पौडेलसंग अहिले प्रदेशका सम्पुर्ण जिल्लाको विकासका कार्यक्रम त कता हो कता हेटौंडाकै विकासको समेत भिजन […]