बाग्मती गाउँपालिका

अपडेट : करेन्ट लागेर मगर र तामाङको मृत्यु

मकवानपुर १३ जेठ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित कोगटेमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत भएको छ । मृत्यु हुनेहरुमा सिन्धुलीका २८ वर्षीय विरबहादुर मगर र नुवाकोटका ३५ वर्षीय विशाल तामाङ रहेका छन् । करेन्ट लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा सिन्धुलीका २५ वर्षीय गोपाल रमौली र दाङका ४५ वर्षीय […]

मकवानपुरको बागमतीमा करेन्ट लागेर २ जनाको मृत्यु, २ जना घाईते

मकवानपुर १३ जेठ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित गाउँमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । गाउँपालिकास्थित कोगटेमा बागमती हाइड्रोपावरका लागि विद्युतीय सामाग्री बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना ४ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सनलाईमा छोएपछि विद्युत सर्ट भई करेन्ट लागेको थियो । करेन्ट सर्ट भएपछि ट्रकमा सवार २ जनाको घटनास्थलमै मृत्यु […]

बाग्मती गाउँपालिकामा काँग्रेसको प्रशिक्षण कार्यक्रम

मकवानपुर १२ जेठ । नेपाली काँग्रेस बागमती गाउँपालिका–८ मा वडा भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । शनिबार जागरण अभियानअन्तर्गत भएको पार्टीको भेलामा सयौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो । काँग्रेस बागमती गाउँपालिका–८ का सभापति सूर्यमान थोकरको अध्यक्षतामा भएको भेलामा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला […]

मकवानपुरको बाग्मतीमा ४४ जना महिलाले गराए नि : शुल्क सुरक्षित गर्भपतन

मकवानपुर १० जेठ । मकवानपुरको बाग्मती गाउँपालिकामा नि : शुल्क सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्यामा वृद्धि भएको छ । बाग्मती गाउँपालिकाको राईगाउँमा अवस्थित ‘राई गाउँ स्वास्थ्य चौकी १, २ र ३ मा गरिएको सर्वेक्षण अनुसार सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्या वृद्धि भएको हो । बिहिबार महिला, बालबालिका तथा वातावरण सुधार केन्द्र (ओचिन) मकवानपुरको आयोजना तथा […]

नव निर्मित प्रहरी चौकी भोर्लेनीको भवन उद्घाटन

मकवानपुर ३० वैशाख । मकवानपुरको बागमती गाउँपालिका वडा नंं. ५ स्थित भोर्लेनिमा रहेको प्रहरी चौकी भोर्लेनी मकवानपुरको नव निर्मित भवनको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । आईतबार प्रदेश ३ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाको प्रमुख आततिथ्यतामा समुदघाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त भवन निर्माणका लागी जिल्ला मकवानपुर बागमती गाउँपालिका वडा नं. […]

बाग्मति नदीमा मोटरबोटको परिक्षण संचालन आज हुँदै

मकवानपुर, ०१ बैशाख । बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोटको परिक्षण आज हुँदैछ । परिक्षणपछि व्यवसायिक रुपमा मोटरबोट सञ्चालनमा आउने मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ का साँसद कृष्ण प्रसाद दहालले बताए । रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गर्ने उद्धेश्यले आज परिक्षण गर्न लागिएको हो । प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण […]

क्यान्सर पीडित मकवानपुरका भुजेल सहयोगको आशमा

मकवानपुर १६ चैत्र । मकवानपुरको बाग्मति गाउँपालिकाका एक क्यान्सर पीडितले सहयोगका लागि आग्रह गरेका छन् । बाग्मति गाउँपालिका वडा नम्बर ४ का बुदे भुजेलले सहयोगको लागि आग्रह गरेका हुन् । भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराईरहेका उनले आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाई भएको भन्दै सहयोगका लागि आग्रह गरेका छन् । पारिवारिक अवस्था निकै कमजोर […]

एसइई परिक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण

मकवानपुर ८ चैत्र । यही चैत्र १० गतेदेखि सुरु हुने एसइई परीक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ हेटौंडाले जनाएको छ । १० गतेदेखि सुरु हुने परिक्षाको लागि मकवानपुरबाट ५ […]

मकवानपुर केन्द्रविन्दु भएर गयो भुकम्प

मकवानपुर,४ चैत्र । मकवानपुरमा केन्द्रविन्दु भई आज बिहान ४.१ रेक्टर स्केलको भुकम्प गएको छ । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भई २०७२ साल बैशाख १२ गतेको भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँसहित मकवानपुर, धादिङ्ग, नुवाकोट र काभ्रेमा पनि महशुस भएको छ ।

नेता बानियाँद्वारा राईगाउँ स्वास्थ्यचौकीलाई एम्बुलेन्स वितरण

मकवानपुर, ०१ फागुन । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँद्वारा राईगाउँ स्वास्थ्यचौकीलाई बुधबार एम्बुलेन्स र सुरुमा संचालनको लागि ५० हजार रुपियाँ हस्तान्तरण गरेका छन् । बाग्मती गाउँपालिका वडा नं. २ राईगाउँका वडा अध्यक्ष एवं राईगाउँ स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर भ्लोनको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य […]

गाउँपालिकामा मनलाग्दी : आधिकारिक धारणा कस्ले राख्ने हो ?

मकवानपुर । गाउँपालिकाहरुले आफ्ना कार्यालयको आधिकारिक धारणा को मार्फत् सार्वजनिक गर्ने भन्ने निक्र्यौल नगर्दा अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य सबैले मनलाग्दी बोल्दै हिड्न थालेपछि यसले अन्यौल सिर्जना गरेको छ । गाउँपालिकाभित्र दीर्घकालिन असर पर्ने विषयहरुमा समेत निर्वाचित जति सबैले आफूलाई लागेको कुरा बोल्दै हिड्न थालेका छन् । गाउँपालिकाको धारणा कसले सार्वजनिक गर्ने हो, अहिले पनि अन्यौलै […]

मकवानपुरमा ७७ हजारले गराए स्वास्थ्य विमा

मकवानपुर २७ माघ । मकवानपुर जिल्लामा ७७ हजार जनाले स्वास्थ्य विमा गराएका छन् । स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत जिल्लाको १३ हजार ४ सय १२ परिवारका ७७ हजार २ सय ८७ जनाले बीमा गराएका स्वास्थ्य विमा कार्यक्रमका जिल्ला संयोजक नरबहादुर खड्काले जानकारी दिए । जिल्लामा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकामा विमा भएको छ । स्वास्थ्य विमा […]

आगलागी पीडित मकवानपुरको लोप्चन परिवारलाई सहयोग प्राप्त

मकवानपुर २६ माघ । बाग्मती गाउँपालिका–८ स्थित धनसाईमा भएको आगालागी पिडित र्हक बहादुर लोप्चन परिवारलाई सहयोग प्राप्त भएको छ । स्थानिय व्यावसायी हेमन्त लामा र निर्मल हेल्थ क्लिनिका प्रोपाइटर निर्मल तिमल्सिनाले पिडित परिवारलाई घरैमै पुगेर २ बोरा चामल, नुन, तेल, दाल, चामल, भुजा सहयोग गरेका हुन् । माग २५ गतेका दिन भएको आगलागीबाट लोप्चनको घर […]

भोलि शैक्षिक हड्ताल : ज्वाला

मकवानपुर । विप्लवले नेतृत्व गरेको नेकपाको विद्यार्थी संगठनले भोलि देशभरि शैक्षिक हड्ताल गर्ने भएको छ । मकवानपुर पार्टी संयोजक ज्वालाले बताए अनुसार, मकवानपुरमा पनि विद्यार्थी संगठनले शैक्षिक हड्ताल गर्नेछ । विप्लव आवद्ध विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्दू विकलाई झुठा मुद्धा लगाई पक्राउ गरिएको आरोप सो पार्टीनिकट विद्यार्थी संगठनको छ । यससँगै एनसेलले कर छली गरेकोमा […]

‘अब १५/२० दिनमा दमकल आउँछ ’ : मेयर महत

मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर हरिबोल महतले अबको १५/२० दिनभित्र नयाँ दमकल आउने बताएका छन् । तु खबरसँग कुराकानी गर्दै मेयर महतले केही काम बाँकी भएकाले सो पूरा गरी ढिलोमा २० दिनभित्र हेटौंडा उपमहानगरपालिकामा नयाँ दमकल आउने बताएका हुन् । एउटा गतिलो दमकल नहुँदा हेटौंडा उपमहानगरपालिकावासीलाई निकै समस्या पर्ने गरेको छ । केही समय अघि […]

बाग्मती गाउँपालिकाको सोनाम ल्होसारमा सार्वजनिक विदा

मकवानपुर १६ माघ । पूर्वी मकवानपुरको बाग्मती गाउँपालिकाले तामाङ्ग समुदायको नयाँ वर्ष सोनाम ल्होसार पर्वको सार्वजनिक विदा दिएको छ । माघ ९ गते वडा अध्यक्ष सर्केश घलानको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको बैठकले २८५५ औं सोनाम ल्होसारमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले सूचना प्रकाशित गर्दै गाउँपालिकाभित्र रहेको सबै […]

झुरझुरे भिडन्तका घाईतेलाई सम्मान

मकवानपुर १० माघ । मकवानपुरको पूर्वी क्षेत्र झुरझुरेमा भएको भिडन्त १३ औं बर्ष प्रवेश गरेको अवसरमा सम्मान तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । पूर्वी मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ४ स्थित झुरझुरेमा कार्यक्रम आयोजना गरि घाईते भएकालाई सम्मान तथा सहादत प्राप्त गरेका काशीनाथ लामिछाने लगायतलाई श्रद्धाञ्जली प्रदान गरिएको हो । झुरझुरे सहीद पार्क समितिले आयोजना […]

“टुर दि फापरबारी–२०१९” हुने

हेटौँडा,९ माघ । हेटौँडा राईडर्स क्लबको आयोजनामा हेटौँडाबाट बाग्मती गाउँपालिकाको फापरबारीसम्म “टुर दि फापरबारी–२०१९” हुने भएको छ । बुधबार हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि माघ ११ र १२ गते “टुर दि फापरबारी–२०१९” हुने आयोजकले जानकारी दिएको हो । माघ ११ गते बिहान हेटौँडाबाट सुरु हुने यात्रा माघ १२ गते हेटौँडामा फर्किएर यात्रा […]

नेकपा अध्यक्ष प्रचण्डले गरे बागमती गाउँपालिकाको १४ कोठे भवन उद्घाटन

मकवानपुर २ माघ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुरको बागमती गाउँपालिका आएका छन् । उनी आज हेलिकप्टर चढेर मकवानपुरको बाग्मती गाउँपालिकामा आएका हुन् । नेकपा अध्यक्ष प्रचण्डले पुर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ झुरझुरेमा सहिद पार्कको शिलान्यास, ८९ लाखमा निर्माण गरिएको १४ कोठे भवनको उद्घाटन, आजबाट […]

मकवानपुरको बाग्मतीमा आइपुगे नेकपाका अध्यक्ष प्रचण्ड

मकवानपुर २ माघ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुरको बाग्मती गाउँपालिका आइपुगेका छन् । उनी हेलिकप्टर चढेर मकवानपुरको बाग्मती गाउँपालिकामा भखरै आएको नेकपाका नेता कमानसिं पाख्रिनले जानकारी दिएका छन् । प्रचण्डले पहिले गाउँपालिकाको भवन उद्घाटन, त्यसैगरी झुरझुरे सहिद पार्क उद्घाटन र आजबाट सुरु हुने बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिताको समेत उद्घाटन […]