बाग्मती गाउँपालिका

हत्या आरोपमा मकवानपुरका सात जना पक्राउ

हेटौंडा, २ माघ । कुटपिट गरेर हत्या गरी फरार रहेका मकवानपुरका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनीहरुलाई चपुरबाट मंगलबार पक्राउ गरेको हो । रौतहटको चन्द्रपुर नगरपालिका १ बस्ने सर्लाही जिल्ला बाग्मती नगरपालिका ९ घर भएका ५० वर्षीय जितबहादुर बलमपाखी मगरलाई कुटपिट गरेर हत्या गरी फरार रहेका सातजना पक्राउ परेका हुन् […]

मकवानपुरमा मोटरसाईकलको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु

हेटौंडा, २४ पुस । मकवानपुरको बाग्मती गाउँपालिका–४ बुद्धचोकस्थित मोटरसाईकलले ठक्कर दिँदा एक जना बालिकाको मृत्यु भएको छ । बुद्धचोकस्थित सडकमा बुधबार साँझ ना ६१ प ७९१८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३ वर्षीया बालिका अमृता थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले […]

बागमतीका विद्यार्थीलाई न्यानो कपडा

हेटौंडा, १३ पुस । मकवानपुरको पुर्वी क्षेत्र बागमती गाउँपालिकाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले बागमती–३ सल्लेनीस्थित विष्णु आधारभुत विद्यालयमा अध्यनरत २ सय ६२ जना विद्यार्थीलाई न्यानो कपडाको रुपमा स्वीटर प्रदान गरेको हो । प्रदेश ३ का प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी तथा संघका अध्यक्ष समिरलाल डङ्गोलले […]

हेटौँडामा आजबाट बीपि कप सुरु, उद्घाटन खेलमा बकैया गापा र हेटौँडा– १ बिच प्रतिस्प्रधा हुने

मकवानपुर, १० पुस । मकवानपुरको हेटौँडा–४ हुप्राचौरमा आजबाट बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुदैछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको फुटबल प्रतियोगिताको बिहिबार (आज) बिहान ११:३० बजे उद्घाटन हुने आयोजकले जनाएको छ। आज हुने उद्घाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा– १ बिच प्रतिस्प्रधा हुने […]

मकवानपुरमा विमान दुर्घटना भएको आशंका मात्रै

मकवानपुर, ९ पुस । मकवानपुरको मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकाको सीमामा रहेको जंगलमा विमान दुर्घटना नभएको प्रहरीले पुष्टि गरेको छ । बुधबार (आज) बिहान मकवानपुरगढी, भीमफेदी गाउँपालिका र ठिंगन गाउँपालिकाको सिमानामा रहेको बतासे डाँडाको खोँचमा धुँवाको मुस्लो देखिएपछि विमान दुर्घटना  भएको हुन सक्ने आशंका गरिएको थियो । विमान दुर्घटना भएको खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल […]

मकवानपुरमा सवारी दुर्घटना हुँदा घलानसहित दुई जनाको मृत्यु

मकवानपुर, ८ पुस । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मकवानपुरको बाग्मती गाउँपालिकामा बा ८९ प ३३३१ नं. को मोरटरसाईकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति बाग्मती गाउँपालिका वडा नं. ७ झुरझुरेस्थित उक्त मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो […]

जनयुद्वमा हराएका मकवानपुरका २५ जनाको खोजी जारी

हेटौंडा, ७ पुस । १० वर्षे जनयुद्वको क्रममा हराएका मकवानपुरका २५ जनाको हमलसम्म पत्ता लाग्न सकेको छैन् । २०५४ सालदेखी जनयुद्वको क्रममा विभिन्न समयमा जिल्लाका २५ जना बेपत्ता भएका थिए । बेपत्ता भएको दुई दशकभन्दा धेरै भैसक्दा पनि उनीहरुको पत्ता लाग्न नसकेको छानबिन आयोगले जनाएको छ । आयोगका अनुसार, उनीहरुको खोजी कार्य जारी रहेको छ […]

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घर निर्माण

हेटौँडा, ६ पुस । मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घरहरु निर्माण भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आईतबार (आज) हेटौंडामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रमका यसबारेमा जानकारी दिइएको हो । जिल्लामा पहिचान भएका कुल लाभग्राही भुकम्प पीडित ३४ हजार ३ सय १९ परिवार मध्येमा […]

मकवानपुरमा २० वटा योजना निमार्णका लागि १५ करोड

हेटौंडा । मकवानपुर जिल्लाको विकासका लागि केही दिन अगाडी मात्र १५ करोड २७ लाख रुपैयाँको २० वटा योजना निर्माण गर्ने गरी बजेट छुट्टीएको छ । जिल्लामा सडक निर्माण, खानेपानी, विद्यालय लगायतका विकासका काममा संघीय सरकारले व्बजेट निकासा गर्न लागेको हो । अतिरिक्त बजेट अन्तरगत संघीय सरकारले यो बजेट पठाउन लागेको हो । बजेट भाषणामा राखिएका […]

मकवानपुरको बाग्मतीमा ८० प्रतिशत घरधुरी लालपुर्जा विहीन

मकवानपुर । मकवानपुरको बाग्मती गाउँपालिकाका करिब ८० प्रतिशतभन्दा बढी घरधुरी लालपुर्जाविहीन छन् । चुरे जंगलमा पर्ने उक्त गाउँपालिका ललितपुर, काभ्रे र सिन्धुली जिल्लाको सिमानामा पर्छ । आठ दशकअघि जग्गा नापी भए पनि हालसम्म उनीहरूले लालपुर्जा पाएका छैनन् । १९९१ सालमा पहिलोपटक जमिन नापी भएपछि केहीले लालपुर्जा प्राप्त गरेका थिए । ०३२ सालमा उक्त गाउँपालिकाको सबै […]

नेकपा मकवानपुरद्वारा जिम्मेवारी बाँडफाड

हेटौंडा, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको तेस्रो बैठकले पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाड गरेको छ । बैठकले पार्टीे मकवानपुरको प्रतिनिधि सभा, प्रदेश सभाका निर्वाभन क्षेत्र, १० वटै स्थानीय तह, विभागिय जिम्मेवारी र संगठन तर्फको जिम्मेवारी समेत बाँडफाड गरेको सोमबार पत्रकार सम्मेलनमार्फत नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिएकी हुन् । कार्यक्रममा नेकपाका केन्द्रीय […]

कुवामा डुबेर मकवानपुरकी एक महिलाको मुत्यु

मकवानपुर, ३० मंसिर । पानी लिन जाँदा कुवामा डुबेर मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नं. १ भैसेदुरकी ३८ वर्षीया सन्चमाया बाइवा रहेको प्रहरीले जनाएको छ। उनी सोमबार (आज) घर नजिकै ८–९ फिट गहिरो कुवामा पानी लिन गएकी थिएन् । पानी लिन जाँदा कुवामा खसेकी उनको स्थानीय अस्पतालमा उपचारको […]

‘उम्किन्छन्’ काम नगर्ने ठेकदार

मकवानपुर । प्रदेश ३ का विभिन्न जिल्लामा करोडौंका आयोजना अलपत्र छन्। ठेकदार सम्पर्कमै नआएपछि कतिपय ठाउँमा नयाँ सम्झौता गरिएको छ । तर, राजनीतिक आडमा ठेक्का लिएर काममा लापरवाही गर्ने ठेकदारलाई कारबाही नभएको सिन्धुलीको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतको दुखेसो छ। सिन्धुलीमा मदन भण्डारी लोकमार्गअन्तर्गत कमला नदी, मध्यपहाडी लोकमार्गअन्तर्गत बहादुर खोला र खाङसाङको सोखु खोलामा पुल […]

मकवानपुरको बाग्मतीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

हेटौँडा, १७ मंसिर । मकवानपुरको बाग्मती गाउँपालिमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । सोमबार राति भोर्लेनिबाट झुरझुरे आउँदै गरेको ना १ ह ६३१७ नम्बरको अटो उकालोमा ब्याक भएर बाग्मती गाउँपालिका वडा नं. ५ लिलावनमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा अटोमा सवार बाग्मती […]

काँग्रेस मकवानपुरको प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहको सभापति चयन, हेटौँडामा पराजुली

मकवानपुर, ५ मंसिर । नेपाली काँग्रेस मकवानपुरको दुई प्रतिनिधिसभा, चार प्रदेशसभा र ५ वटा स्थानीय तहको सभापति चयन गरिएको छ । समायोजनसँगै नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल र २ नम्बर क्षेत्रीय सभापतिमा यतिराज सापकोटा चयन भएका छन् । त्यसैगरी क्षेत्र नम्बर १ को प्रदेशसभा क मा डिल्लीप्रसाद घोरासैनी, क्षेत्र नम्बर […]

खोलामा डुबेको अवस्थामा मृत भेटिए मकवानपुरका विक

मकवानपुर, २२ कात्तिक । मकवानपुरको बागमती गाउँपालिकाको बागमती खोलामा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । खोलाले बगाएर ल्याएको अवस्थामा बागमती गाउँपालिका वडा नं. ५ का ३९ वर्षीय बीरबहादुर विक मृत फेला परेको इलाका प्रहरी कार्यालय फारबारीले जनाएको छ । स्थानीयले पुरुष डुबेको अवस्थामा देखेपछि प्रहरीमा खबर गरेका थिए । विक घरबाट मेलामा […]

विष सेवन गरी मकवानपुरका मगरले गरे आत्महत्या

मकवानपुर, २१ कात्तिक । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ का अर्जुन मन्साई मगरले विष सेवन गरी आत्महत्या गरेका छन् । मगरले खेतबारीमा प्रयोग हुने विषाधि सेवन गरेर मृत्यु भएको हात्तिसुडे प्रहरीले जनाएको छ । आफनै लसुन बारीमा विषाधि सेवन गर्दागर्दै स्थानियले देखेर बचाउन प्रयास गरेपनि अस्पतालमा नै उनको मृत्यु भएको हो । केही महिना […]

मकवानपुरमा डेंगु रोगको प्रभाब बढ्दै

हेटौँडा, ८ कात्तिक । मकवानपुर जिल्लामा अहिले जाडोको मौसम सुरुवात भएपनि डेंगु रोगका बिरामीको संख्या बढ्दै गएको छ । मकवानपुरमा आज (शुक्रबार) अपराह्न सम्ममा २ हजार १ सय ४५ जना डेंगु रोगीका बिरामीहरुको पहिचान भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्लाको सिमानामा पर्ने प्रदेश नं. २ बारा जिल्लाको अमलेखगञ्जबाट डेंगु रोगबाट प्रभाबित भई […]

मकवानपुर जिल्लामा डेंगु रोगको प्रभाब घट्दै

मकवानपुर, २४ असोज । मकवानपुर जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपनगरपालिका क्षेत्रमा अहिले डेंगु रोगको प्रभाब घट्दै गएको छ । मकवानपुरको मनहरी, भीमफेदी, बकैयाँ, बाग्मती, राक्सिराङ गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपनगरपालिकाको विभिन्न वडामा डेंगु रोगको प्रभाब घट्दै गएको हो । गत साउनको पहिलो हप्तादेखि यही असोजको २३ गतेको अपराह्नसम्ममा एक हजार ६ सय जना […]

मकवानपुरको सरकारी कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने

मकवानपुर, ६ असोज । मकवानपुरको सरकारी कार्यालयका कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक तथा टुईटर चलाउन नपाउने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आईतबार बसेको ५० औं बोर्ड बैठकले सो निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । यस्तै बैठकले आउँदै गरेको बडा दशै, तिहार, छठलगायतका पर्वका […]