हेटौँडाका २ जनालाई कोरोना हुँदाको जस्तै लक्षण, आइसोलेशनमा राखी उपचार हुँदै, परिक्षणको लागि स्वाब काठमाडौँ पठाइयो

मकवानपुर, १५ चैत । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका २ जनालाई श्रमिक माद्यमिक विद्यालयमा बनाइएको आइसोलेशनमा राखी उपचार सुरु गरिएको छ ।

उहाँहरुको स्वाब परिक्षणको लागि काठमाडौँ पठाइसकिएको संयोजक भोला चौलागाईले जानकारी दिनुभयो ।

हेटौंडा वडा नं. ४ र ५ का दुई जना व्यक्तिमा ज्वरो आउने र सुख्खा खोकी लाग्ने लक्षण देखिएपछि दुबै जनालाई आइसोलेशनमा राखी उपचार गरिँदैछ ।