काठमाडौं महानगरपालिकाद्वारा खुला रुपमा फोहोर बाल्न निषेध
काठमाडौं महानगरपालिकाले वायु प्रदूषण नियन्त्रणका लागि खुला स्थानमा फोहोर बाल्न पूर्ण प्रतिबन्ध लगाएको छ। महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो कार्य नगराउन सबैलाई अनुरोध गरेको हो।
सूचनामा उल्लेख भएअनुसार, चिसो मौसम सुरु हुनासाथ काठमाडौंमा वायु प्रदूषणको मात्रा अत्यधिक रूपमा बढ्ने र यसले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकाले खुला रूपमा प्लास्टिक, रबर, टायर तथा अन्य फोहोर पदार्थ जलाउने कार्यले वायु गुणस्तर झनै खराब पार्ने चेतावनी दिइएको छ।
महानगरपालिकाले यस्तो कार्य सार्वजनिक स्थानमा देखिए तत्काल कारबाही गर्ने जनाएको छ। साथै, फोहोर व्यवस्थापनका लागि वैकल्पिक उपाय अपनाउन, वातावरणीय सरसफाइमा सहयोग गर्न र नागरिक सचेतना बढाउन अनुरोध गरिएको छ।
महानगरले यो निर्णय वातावरण संरक्षण ऐन, २०७६ तथा ठोस फोहोर व्यवस्थापन ऐन, २०६८ का प्रावधानअनुसार गरेको बताएको छ।




