मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई निर्वाचन आयोगको मान्यता

तु खबर संवाददाता
२०८२ कार्तिक १६, आईतवार १५:११

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ। साम्पाङ आइतबार आयोग पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गरेका हुन्।

निर्वाचन आयोगले पार्टीलाई औपचारिक रूपमा दर्ता गर्दै माटो’ चुनाव चिन्ह तोकेको छ। पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी रहेका छन्।
पदाधिकारीमा अध्यक्ष हर्क साम्पाङसहित उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन्।

गत असोज १२ गते हर्क साम्पाङले स्वयं आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका थिए। आयोगको निर्णयसँगै साम्पाङको श्रम संस्कृति पार्टी अब औपचारिक रूपमा राष्ट्रिय राजनीतिक दलका रूपमा परिचित भएको छ।