विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौँ । गृह मन्त्रालयले विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढङ्गबाट गर्न आग्रह गर्दै आज एक विज्ञप्ती जारी गरेको छ । विरोधका कार्यक्रमहरु आयोजना गर्दा हिंसात्मक नहुने गरी अर्को पक्षलाई असर नपर्ने गरी गर्न गृह मन्त्रालयले आग्रह गरेको हो ।
निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको स्मरण गराउँदै मन्त्रालयले सभा, सम्मेलन, वैठक र विरोधका कार्यक्रमहरु सञ्चालन गर्दा शान्तिपूर्ण ढंगबाट अन्य पक्षलाई असर नपर्ने एवम् उक्साहट नहुने गरी गर्न आग्रह गरेको हो । शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न पनि मन्त्रालयले आग्रह गरेको प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ ।



