मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८० पुष १२, बिहीबार १४:२५
सांकेतिक तस्वीर

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ लामसुरेधापमा रहेको मानव सेवा आश्रममा आश्रित दुई जनाको मृत्यु भएको छ ।

२०७६ मा बागलुङबाट उद्धार गरिएको र आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानव र गत असार २७ गते बकैया–३ हात्तिसुँडेबाट उद्धार गरिएको र हाल आश्रममा बस्दै आएका २५ वर्षीय अमित विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पूजाको गत मंगलबार र अमितको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको मृत्यु कालगतिले भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।