आज नेप्से ४५.११ अंकले वृद्धि, २ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्सेमा वृद्धि आएको छ । आज नेप्से ४५ दशमलव ११ अंकले बृद्धि भई १९०५ को विन्दुमा कायम भएको छ ।
यस्तै, आज नेप्से सूचीकृत भएका २९४ कम्पनीको ६५ लाख ३० हजार कित्ता शेयर खरिद बिक्री भएको छ भने २ अर्ब ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
त्यस्तै, आज शेयर बजारका सम्पूर्ण उपसूचकहरुमा पनि हरियाली छाएको छ ।



