कर्णालीका मुख्यमन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

तु खबर संवाददाता
२०७९ पुष २८, बिहीबार १७:२०

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा (आर्ट) ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुखयमन्त्री शर्माले प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीताको शपथ ग्रहण गरेका हुन् ।

माओवादी संसदीय दलका नेता शर्मा बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।

यस्तै, आजै मुख्यमन्त्री शर्माले एमालेबाट र माओवादीबाट १–१ जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । एमालेबाट विनोद कुमार शाह र माओवादीबाट मुगुका मंगल शाही मन्त्री बन्ने भएका हुन् ।