दिव्यसेवा निकेतनलाई सहयोग हस्तान्तरण

तु खबर संवाददाता
२०७८ जेष्ठ २८,शुक्रबार १५:५४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १५ मा रहेको दिव्यसेवा निकेतन, जेष्ठ नागरिक आश्रयस्थललाई २५ हजार रुपैयाँ बराबरको खाद्यन्न हस्तान्तरण गरिएको छ । हेटौंडाका व्यवसायीहरु मिलेर आश्रम स्थललाई खाद्यन्न सहयोग गरेका हुन् ।

हेटौंडा–७ निवासी हेम अधिकारीको नेतृत्वमा राम भट्ट, महेश सापकोटालगायतका व्यक्तिहरुले सो आश्रयस्थललाई खाद्यन्न सहयोग गरेका हुन् । कोरोना संकटका बेला आश्रयस्थलमा आश्रितहरुलाई थोरै भएपनि सहयोग होस् भनेर आफूहरुले खाद्यन्न उपलब्ध गराएको अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*