गोली चलाएको आरोपमा वली पक्राउ

बुटवल । दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादका कारण गोली चलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तुल्सीपुर उपमहानगरपालिका–८ का पूर्णबहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।
प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ ।
प्रहरीका अनुसार, वलीले चलाएको गोली कसैलाई लागेको छैन । उनले कसलाई गोली हान्न खोजेका हुन् भन्ने बारे नखुलेको र उक्त घटनाको विषयमा आवशयक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।