जम्कट्टेलले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन माग

तु खबर संवाददाता
२०७८ जेष्ठ २८,शुक्रबार १२:२५

हेटौंडा । नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक दीपक निरौलाले माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले बोल्नु भएका केही शब्दहरु संसदीय मर्यादा विपरित भएकाले संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममाथि आज सुरु भएको छलफलमा सुरुमै बोलेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले प्रदेश प्रमुख बिष्णु प्रसाद प्रसाईंलाई ‘बिचारा’ भनेकोले सो शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*