नीति तथा कार्यक्रममाथि शालिकराम जम्कट्टेलको प्रतिक्रिया – सरकारले जनताको आँखामा छारो हाल्यो

तु खबर संवाददाता
२०७८ जेष्ठ २७,बिहीबार १८:०४
file photo

हेटौंडा । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको आँखा छारो हाल्ने किसिमको भएको प्रतिक्रिया दिएका छन् ।

बागमती प्रदेश सरकारले आज ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संक्षिप्त टिप्पणी गर्दै नीति तथा कार्यक्रम हावादारी भएको प्रतिक्रिया दिएका हुन् ।

सरकारले यस्तो बेला जनतालाई केन्द्रविन्दुमा राखेर नयाँ कार्यक्रम ल्याउनुपर्नेमा कुनै गतिलो कार्यक्रम ल्याउन नसकेको बताए । कोरोना संक्रमण नियन्त्रणको लागि ठोस् कार्यक्रम नआएको जम्कट्टेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*