हेटौँडासहित तीन आर्युवेदिक केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्नति गरिने

तु खबर संवाददाता
२०७८ जेष्ठ २७,बिहीबार १७:१२

मकवानपुर । बागमती प्रदेश सरकारले तीन जिल्लामा रहेको आर्युवेदिक केन्द्रलाई विस्तार गरी अस्पतालको रुपमा स्तरोन्नति गरिने भएको छ ।

प्रदेश सरकारले मकवानपुरको हेटौँडा, नुवाकोट र रामेछाप जिल्लामा रहेको आयुवेर्दिक केन्द्रलाई विस्तार गरी प्रादेशिक आर्युवेदिक अस्पतालको रुपमा विस्तार गरिने भएको बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले जानकारी दिए ।

प्रदेश प्रमुख प्रसाईले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् ।

उनले मदन भण्डारी स्वास्थ्य विज्ञा प्रतिष्ठानलाई व्यवस्थापन र शैक्षिक कार्यक्रम संचालनको लागि आवश्यक बजेट विनियोजन गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*