हेटौँडाको दुध पाउडर प्लाण्ट आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरिने

तु खबर संवाददाता
२०७८ जेष्ठ २७,बिहीबार १७:०४
file photo

मकवानपुर । बागमती प्रदेश सरकारले हेटौंडामा स्थापना भइरहेको दुध पाउडर प्लाण्टलाई आगामी आर्थिक वर्षमा सम्पन्न गरिने घोषणा गरेको छ ।

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् ।

साथै उनले प्रदेश सरकारले दूध उत्पादक कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै कृषकको खातामा जम्मा गरिने उल्लेख गरे ।

यसैगरी प्रदेशमा संचालनमा रहेका विद्युतीय संचार माध्यमलाई प्रदेश सरकार मातहतमा दर्ता र नविकरणको व्यवस्था गरी आवश्यक प्रोत्साहनको कार्यक्रम ल्याइने भएको छ ।

प्रदेशमा सरकारको एक स्थानीय तह एक नर्सरी कार्यक्रम पनि संचालन गरिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*