बागमती प्रदेश सरकारः एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गरिने

तु खबर संवाददाता
२०७८ जेष्ठ २७,बिहीबार १६:५४

मकवानपुर । बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गरिने भएको छ ।

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेशमा रहेको ३ सय ८३ वटा विद्यालयमा उक्त कार्यक्रम विस्तार गरिने घोषणा गरेका हुन् ।

उनले प्रदेश सरकार मातहतको सम्पती संरक्षणका लागि एकीकृत विवरण तयार गरी संरक्षणका कार्यहरु संचालन गर्ने भएको बताए ।

यसैगरी, राष्ट्रिय गौरवको आयोजनाहरुको मुल्याङ्कन गरी आवश्यक बजेट, बहुवर्षीय र क्रमागत योजनाहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने छ भने अन्य योजनालाई दोस्रो चरणमा बजेट प्रदान गरिने यनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*