बागमती प्रदेश सरकारद्वारा कोरोना नियन्त्रण र उपचार सेवालाई स्तरीय बनाउने घोषणा

तु खबर संवाददाता
२०७८ जेष्ठ २७,बिहीबार १६:४५

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कोरोना नियन्त्रण र उपचार सेवालाई स्तरीय बनाउने घोषणा गरेको छ ।

बिहिबार बसेको प्रदेशसभाको बैठकमा बागमती प्रदेश प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुराको घोषणा गरेका हुन् ।

प्रदेश प्रमुख प्रसाईले आगामी आर्थिक वर्षमा कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न योजनाहरु लागु गर्ने र उपचार सेवालाई प्रभावकारी बनाउने घोषणा गरेका हुन् ।

आगामी वर्ष बागमती प्रदेश सरकारले कोरोना संक्रमणको उपचारलाई स्तरीय बनाउन सुविधा सम्पन्न अस्पताल, उपकरण र यन्त्रको उचित व्यवस्थापन गरिने उनले जानकारी दिए ।

त्यस्तै, प्रदेश सरकारले कोरोना प्रभावित परिवारलाई सम्बोधन गर्न आवश्यक आर्थिक सहायता कार्यक्रम र युवाहरुलाई उद्यमशीलतामा जोड्न स्वरोजगार मूलक उत्पादनमा आधारित अनुदानका कार्यक्रम तर्जुमा गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*