बागमती गाउँपालिकाका १७ जनाले लगाए भेरोसेल खोप

तु खबर संवाददाता
२०७८ जेष्ठ २५,मंगलवार १९:५३
file-photo

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको चिनिया (भेरोसेल) खोपको पहिलो मात्रा आजबाट लगाउन सुरु गरिएको छ ।

देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाउन सुरु गरेसँगै मकवानपुरको बागमती गाउँपालिकामा पनि आजबाट उक्त खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश गुप्ताका अनुसार, बागमतीको गाउँपालिकाको वेतिनि स्वास्थ्य चौकीमा मंगलबार १७ जनाले खोप सेवा लिएका छन् ।

गाउँपालिकामा उक्त खोप लगाउन सो उमेर समूहका ८ सय ७० जना नागरिक रहेको र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरबाट ४ सय २० भाइल खोप उपलब्ध भएको उनले बताए ।

त्यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र अन्य गाउँपालिकाहरुमा बुधबारबाट उक्त खोप लगाउन सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

मकवानपुरका सबै स्थानीय तहका लागि स्वस्थ्य आपूर्ती केन्द्र मार्फत् प्राप्त कुल ६ हजार ५ सय भाइल खोप प्राप्त भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*