मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा आज सुनुवाई हुँदै

तु खबर संवाददाता
२०७८ जेष्ठ २५,मंगलवार ०९:४०

काठमाडौं । मन्त्रिपरिषद् विस्तार विरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ ।

मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठसहित पाँच जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा भर्चुअल माध्यमबाट सुनुवाई गर्नेगरी सर्वोच्च अदालतले पेशी तोकेको छ ।

केपी शर्मा ओलीले जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको रिट निवेदकले दावी गरेका छन् । प्रधानमन्त्रीले जसपाका महन्त ठाकुर पक्षलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*